अंग्रेजी सबटाइटल सहितको गीत ‘मुना तिमी घर जाऊ’ सार्वजनिक (भिडियो)

इनेप्लिज २०७८ माघ १७ गते ११:१६ मा प्रकाशित

आफूले सानो उमेरदेखि नै केही सृजना कोर्ने भएकोले आफ्ना भित्रि अन्तरात्माका कुराहरु भन्न, बोल्न, लेख्न पाउने एकमात्र माध्यमको रुपमा गीत संगीतलाई मान्दै आएका विस्व गौडेलले बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाई माया गर्न छाडेका छैनन । यस्कै परिणाम स्वरुप आफ्नै शब्द रचनामा नयाँँ सांगितिक भिडियो ‘मुना तिमी घर जाऊ’ भिडियो सार्वजनिक गरेका छन दिपक शर्माको स्वर तथा संगीतमा ।

सांगितिक भिडियो चलनचल्तीको गीतभन्दा भिन्न लाग्ने खालको छ र गीतको भिडियो पनि गीतको कथा अनुसारकै रहेको छ । भिडियोमा गीतको अंग्रेजी सबटाइटल पनि राखिएको छ ।

गीत र भिडियोले परदेश गएको आफ्नै साथीकी श्रीमतीसँगको सम्बन्ध र त्यसबाट निम्तिने घटनालाई देखाईएको छ । ऋषि बरालले निर्देशन गरेको भिडियोमा जिबि चिरन, दिपेश परियार र मनिषा ओझाको अभिनय रहेको छ भने गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन् ।

यस गीतको अडियो तथा भिडियो प्रोडक्शन ब्लेक ब्रोज इन्टरटेनमेन्टले गरेको छ । उत्पादन समूहमा ब्लेक गौडेल, ब्रेनन गौडेल र सन्ध्या थापा रहेका छन् । प्रविन घिमिरेले छायांकन गरेको यो भिडियोमा सम्पादन तथा कलर ग्रेडिंग भने बिनोद बमले गरेका छन् ।

प्रतिक्रिया