अमेरिकामा जन्मेका र हुर्केका बालबालिकहरुको अभिनय तथा नृत्य रहेको साथै अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको म्युजिक भिडियो “दिलमा थुनेर..” हजुरहरु समक्ष युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
नारायण थापाको पहिलो प्रस्तुती रहेको यस म्युजिक भिडियोको गितलाई कमला थापाले स्वर दिनु भएको छ भने रचना र संगीत बाबुल गिरीको रहेको छ।
सिनेम्याटोग्राफ/ सम्पादन बिक्रान्त श्रेष्ठ र बिशाल श्रेष्ठ (नाम्लो) ले गर्नु भएको छ।
पहिलो पटक म्यूजिक भिडियो मार्फत डेब्यु गर्नु भएका मोडलद्वय आभाष थापा र ऐश्वर्या निरौलालाई दिया पौडेल, सदिक्षा मुडवारी, बिनिशा अधिकारी, आरजु कार्की, ओजस्वी के सी, स्लेष्मा पन्त,रियाना नेपाल र नीलु ढुंगेलले साथ दिनु भएको छ।
निर्देशन तथा कोरियोग्राफी नवीन केसी/ लुना श्रेष्ठ (केसी डान्स सेन्टर) रहेको यस भिडियोमा अभिनय तथा नृत्य गर्ने सबै नानीहरु केसी डान्स सेन्टर कै प्रशिक्षार्थी हुनुहुन्छ।
प्रतिक्रिया