युकेबाट आयो ‘बलेको आगो’

इनेप्लिज २०७८ माघ १६ गते १६:०५ मा प्रकाशित

 

काठमाडौं,१६ माघ।गायक राजकुमार सिंहले ‘बलेको आगो’ बोलको आफ्नो नयाँ गीतको म्युजीक भिडियो सार्वजनीक गरेका छन्।बेलायतका बिभिन्न रमणीय स्थलमा खिचिएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन्।

आरडिआर इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरिएको भिडियोमा अभिनेता ध्रुव दत्त,रोशना कार्की र दुर्गा सिंहको अभिनय छ।

प्रेमी–प्रेमीकाबीचको सम्बन्धमा आउने असमझदारी र त्यसले दिने पीडालाई प्रस्तुत गरिएको भिडियोको छायांकन तथा सम्पादन सुमन श्रेष्ठले गरेका हुन्।

केशब बैरागी काइँलोको शब्द रचना र सुनील राईको संगीत तथा नवीन निरौलाको कलर ग्रेडिङ रहेको भिडियोको प्रस्तुतकर्ता राजकुमार सिंह हुन भने दुर्गा सिंह निर्माता छिन्।गीतको भावअनुरुपको भिडियो निर्माण गरिएकाले स्रोता–दर्शकले मन पराइरहेको निर्देशक गुरुङले बताएका छन्।

प्रतिक्रिया