ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने, घिमिरेले गर्दैछन् निर्देशन

इनेप्लिज २०७८ माघ १५ गते ११:५२ मा प्रकाशित

काठमाडौ निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ।विसं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धृलीगढीमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को आलेखमा निर्देशक घिमिरेले पटकथा सम्बाद तयार गरेका छन्।उक्त चलचित्रका लागि चलचित्र बिकास बोर्डबाट प्रतिलिपी अधिकार र छायांकन इजाजत प्रमाणपत्र प्राप्त भएको घिमिरेले बताए।चलचित्र सास इन्टरटेन्मेन्ट सिनेमा प्रालीको व्यानरमा निर्माण हुनेछ।

सास अधिकारीले निर्माण गर्ने चलचित्रको छायांकन सिन्धुली,काभ्रे र काठमाडौमा हुने जनाइएको छ।निर्देशक घिमिरेले लामो समयदेखिको खोज,अध्ययन र अनुसन्धान गरेर चलचित्रको मस्यौदा तयार पारेको र त्यसलाई निर्माता अधिकारीले निर्माण गर्न लागेको जानकारी दिए।युद्धको कथालाई सिन्धुलीगढीमार्फत बाचन गरी बीरताको गाथा सन्सारलाइ सुनाउन पाउँदा गर्ववान्वित भएको र जिवन्त कार्य गर्न पाउँदा सारै हर्सित भएको अधिकारीले बताए।उनले चलचित्रलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले सहयोग गर्ने बताएका छन्।चलचित्रको पोष्ट प्रोडक्सनको काम भारतको मुम्बईमा हुनेछ।

निर्माता अधिकारीले चलचित्रलाई हिन्दी र अंग्रेजी भाषामा स्वराङ्कन गरिने जानकारी दिए।चलचित्रका लागि मुख्य कलाकारमा मनोज भेटवाल डिरेक्टर फ फोटोग्राफी हेडमा युवराज राई र बाँकी कलाकार अडिशनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताइएको छ।बिदेश ब्यवस्थापनमा शुक्र राइ र भारतिय ब्यवस्थापनमा उपहार लामिछने रहेका छन भने यूरोप अमेरिकामा निर्माता स्वयम्ले जिम्मेवारी लिएको चलचित्रको निर्माण टिमले कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारी गरेको छ।निर्माता अधिकारी लामो समय युरोप र अमेरिकाको बसाईपछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ नेपाल फर्केका हुन्।उनी यही चलचित्रबाट निर्माताको रुपमा डेब्यु गर्दैछन्।

प्रतिक्रिया