“छन्दमा टुक्का अभ्यास श्रृङ्खला-१६” अन्तर्गत बालगीति लय (लाेक छन्द) मा टुक्का लेखन अभ्यास सम्पन्न।

इनेप्लिज २०७८ माघ १५ गते ०:२० मा प्रकाशित
काठमाडाैं,टुक्का साहित्य समाज काे आयाेजनामा २०७८ माघ १२ गते बुधवार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-१६” अन्तर्गत बालगीति लय  (लाेक छन्द) मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ।

टुक्का साहित्य समाजका अध्यक्ष / प्रशिक्षक ताराप्रसाद चापागाईंकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ५२ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे।

अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का” लेखनमा विविधता ल्याउने क्रममा छन्दमा टुक्का लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सञ्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिदै आएकाे छ।

बालगीति लय (लाेक छन्द)

~ यो छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ बालगीति लय १२ अक्षर हुन्छन्।
~ बालगीति लय काे सुत्र:-
~  ४+३+२+३=१२ अक्षर

अभ्यासका क्रममा सङ्कलन भएका बालगीति लय (लाेक छन्द) मा सिर्जना गरिएका टुक्काहरू

[१]
१.
आउ बस काखैमा माया लगाऊ
सधैँ साथ बसाैँ है टाढा नजाऊ।
२.
आमा बाबु इश्वर हाम्राे सहारा
हेँला गरे आँसुकाे लाग्ने छ भारा।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी।

[२]
सधैभरि काममा ध्यान लगाऊँ
पढिवरी बच्चाले कर्म जगाऊँ ।
✍️ पवन कुमार बुढाथाेकी
काठमाडाैँ।

[३]
१.
सानासाना नानीको राम्रो कहानी
लेख्न मन लागेको आज बिहानी।
२.
सुन सुन नानी हो कथा सुनन
सुने पछि राम्ररी मन्मा गुनन।
३.
बाल गीत कहानी लेख्न आउला
पढी लेखी संसार हेर्न पाउला।
✍️ गुणनिधी घिमिरे
माेरङ्ग,हाल अमेरिका।

[४]

पूर्णिमाको रातमा जुन हरायो
निष्ठुरीले मलाई गुण गरायो।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ

[५]
१.
हामी साना बालक भोलि बढ्नेछौं,
साना भनि नहेप राम्रो पढ्नेछौँ ।
२.
खोला तिर भेटियो चरी नाचेको
हेरपारी हिमाल कति हाँसेको।
३.
बाङ्गा बाङ्गा खुट्टीले सिन्की खादौँला,
कख गघ लेखेर प्रीति गासौँला।
✍️ बेदु न्यौपाने
काठमाडौ।

[६]
सानासाना बालक हामी देशको
पहिचान लिएर आउँ भेषको।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया

[७]
आज हामी कोपिला फूल भोलिका
बोली भाषा आफ्नै छ मुल खोलीका।
✍️ कमला  देवकोटा
पाल्पा, हाल – काठमाडौ।

[८]
१.
पठाउनु मलाई मिठो बिचार,
मिसायर मायाको न्यानाे पियार।
२.
छोराछोरी सुन्दर हामी भएर
लेखपढ गरौँला स्कुल गएर।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराहि-१८

[९]
हामी सबै बालक पढ्ने डटेर
बढाउने देशको नाम खटेर।
✍️ दीपक ठटाल जलन
खरसाङ्ग,दार्जिलङ्ग।

[१०]
हेलमेल गरहै राम्रो काममा
सधैभरि आउँछ शुभ नाममा।
✍️ अम्बिका अधिकारी
बिर्तामाेड,झापा।

[११]
१.
कथा सुन नानी हो,आफ्नी आमाको
ख्याल राख्नु सधैँ नै,आफ्नै जामाको।
२.
उठ्नुपर्छ बिहानै, छिटो गरेर
ढोग्नुपर्छ बाआमा, शिर धरेर।
३.
ज्ञानी बन्नु सधैँ नै, चोरी नगर्नु
ढाँटी छली ल्याएर,घर नभर्नु।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०,मोरङ
हाल-प्रवास

[१२]
१.
पहाडकी छोरी म नाम इन्दिरा
माया गर्दा भन्नु भो मेरी मन्दिरा।
२.
पहाडको  शितल हावा मधुरो
म छोरीको सपना नहोस् अधुरो।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु।

[१३]
साना साना बालक सारै छाै ज्ञानी,
हाँसी खुशी लेख्ने पढ्ने छ बानी।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर,कटुञ्जे।

[१४]
सम्बन्धको डोरीले प्रेम पलायो,
अञ्जानमै प्रियसी मुटु जलायो।
✍️ गंगा खड्का
बूढानीलकण्ठ,काठमाडौँ

[१५]
देश लुट्छ स्यालले सिंह डराए,
दुलो ढुक्छ बिरालो मुसा हराए।
✍️ होम प्रसाद न्यौपाने
धरान,सुनसरी।

[१६]
मायालुको नजर सारै रसिलो
बोलिचाली सरल मुखै हसिलो।
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ।

[१७]

हुनुपर्छ चलाख नानी फुर्तिलो,
सधैंभरि मायालु तिमी गुनिलो।

सागसब्जी खाएर ठुलो भएको,
तरकारी नखाने रोगी रहेको।
✍️ भगवती दवाडी
झापा।

[१८]
१.
साना साना कलिला बाबु नानीकाे,
ख्याल राख्नु पिताले आनीबानीकाे।
२.
लेख्न पढ्न सिकाउ घर पिँढीमा,
खुट्टा चाल्न सिकाउ दैला छिँडीमा।
✍️ रामकृष्ण दुवाडी
पाेखरा।

[१९]

साना साना नानीको पढ्ने बानीले
पछि बन्छ भविष्य बुझ ज्ञानीले।

नयाँ नाना लाएर कति रमेका
फुरुङ्ग छन् खुसीले खेल्न जमेका।

मान्नुपर्छ भनेको बाबा आमाले
कति राम्रो सुहाको रातो जामाले।
✍️ कोकिला चौधरी
बाँके।

[२०]
१.
अभिमानी देशका छोरा पाएका
देश लुटि सुखका दिन छाएका।
२.
माटो बेचि देशका कान तानेका
भाग्यमानी भएर चुली हानेका।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४
बिगारे जुम्ला ।

[२१]
खानुपर्छ नानी हो घिऊ गाईको
माया गर्नु बेस्सरी सानु भाइको।
✍️ तिला लेकाली
बेलबारी,माेरङ्ग।

[२२]
कोरोनाको बिग्बिगी अझै घट्ने हैन
बाल बालिकाले खोप लगाको छैन।
✍️ सुरेखा चाम्लिंग
भक्तपुर।

[२३]

साना साना हामी छौँ, ज्ञानी बनेर,
कति खुसी हुने छौँ,राम्रो भनेर।
२.
लुकि छिपि खेलेको,भई रमाई,
साथी साथी हासेर,हात समाई।
३.
कति ज्ञानी भनेर,भने बाबाले,
खुसी हुँदै तानेर,राखे आमाले।
✍️ दुर्गा आचार्य
मोरङ।

[२४]
१.
फर्क फर्क प्रवासी,राम्रो भेषमा,
श्रम गरि खाउँला,आफ्नै देशमा।
२.
हरियाली प्रकृति,गाउँ घरमा,
कुहुकुहु गर्दैछे,चरी बरमा।
✍️ अरुण कुमार भुजेल
गोरूबथान कालेबुङ्ग,भारत।

[२५]
१•
फूलबारी भरि नै फुले कोपिला,
पुतली र माहुरी भए जोसिला।
२•
गुलाबको फूलले काॅढा छोएको,
बिहानीको शीतले मुख धोएको।
३.
बतासले बासना बोकी उडायो,
हावाहुरी लाएर डाली चुॅडायो।
✍️ घनश्याम पौडेल
सृजना चोक,पोखरा।

[२६]
१.
प्रगतिको  शिखर तिमी चढेर,
आकाशको तारा झैँ चम्क पढेर।
१.
अन्धकार नासिन्छ दियो बालेर,
दियो बल्छ सधैँ नै तेल हालेर।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।

[२७]
१.
रास्ट्रप्रेमी भावना बोकी साथमा
भरौँ ज्ञान शब्दको पोखी माथमा।
२.
आफ्नै हात पाखुरा उच्च ठानेर
गराैँ सेवा देशकाे स्वर्ग मानेर।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा।

[२८]
१.
गर्नुपर्छ विकास आफ्नै देशको,
अपमान नगरौं भाषा-भेषको।
२.
हरियाली पहाड सेता हिमाल,
भू-स्वर्ग हो धर्तीको देश नेपाल।
३.
स्वाभिमानी नेपाली झुक्न जान्दैनौं,
तिरस्कार सहेर बस्न मान्दैनौं।
✍️ शम्भु लाल श्रेष्ठ
नागार्जुन-१ रानीवन, पानीट्यांकी, काठमाडौं।

[२९]
१.
बारबार लेख्ने छु बाल कविता,
मेला घुम्न गएर हेर्छौ रमिता।
२.
खानपाए खुसी छ मुख सबैको,
मात्र राम्रो देखिन्छ सधै परैको।
३.
दुखसुख जान्दैनौँ कोही बच्चाले,
कमाउँन सक्दैनौँ हामी कच्चाले।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा

[३०]
नानीबाबु  इमानी हुन्छन् नहेप
इच्छाहरू जब्बर राख्छन् नचेप।
✍️ मनोहरी पौडेल
गैडाकोट १,नवलपुर।

[३१]
१.
पर्खी बस नानी हो आँखा छोपेर
दुध रोटी दिन्छु म खाऊ चोपेर।
२.
साथीसँग मिलेर गीत गाउनु
खाना खाँदा राम्ररी मुख बाउनु।
✍️ रचना शर्मा प्रतीक्षा
ललितपुर।

[३२]
१.
ओमिक्रोन डरमा बसौँ घरमा
नजाऔँन बाहिर अरु भरमा।
२.
हाँस्नखेल्न लाग्दछ मन थुनियो
परिवार रमाई माया बुनियो।
३.
प्रविधिको लिएर ज्ञान सिकियो
हामी बच्चा सबैको इच्छा मिसियो।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक।

[३३]
१.
आाज्ञाकारी बालीका नानी असल
पढ लेख बनाउ सानी पसल।
२.
डाडै पिच्छे मुलुक बन्यो खसले
सय राज्य मधेस खन्यो जसले।
✍️ संझना `कुसुम´
पाेखरा।

[३४]
१..
साना साना बालक,हामी कोपिला
ताते गर्दै हिड्नेछौ,हुदै जोसिला।
२.
आहा कति राम्रो छ,देश नेपाल
हाम्रो खेल्ने मैदान, धेरै बिशाल।
३.
एक एक जोडेर,बन्छ हजार
राम्रो नाना लगाइ, घुम बजार।
✍️ जि कुमार गौतम
भद्रपुर -१ (पृथिविनगर) झापा।

[३५]
उसै गरी चयन गर मायामा,
कसै गरी विरह नहोस् कायामा।
✍️ म्यामराज राई
भोजपुर

[३६]
१.
खेल नानी मिलेर कला देखाउ
ज्ञानी मान्छे बनेर नाम लेखाउ।
२.
सबै मिली सजाउ घर आँगन ,
चाड आयो तिहार भैलो माँगन।
३.
माया गर्छ सबैले तिमी बालक ,
भोली बन्छौ अवश्य देश चालक।
✍️ कर्ण दयाल
मेलौली नगरपालिका ७ बैतडी

[३७]
१.
माघमा सबै तातो लुगा लगाऊँ
केटाकेटी सबैले जाडाे भगाऊँ।
२.
बालकको हेराई साह्रै रसिलो
बोली पनि सरल मुख हँसिलो ।
✍️ दुर्गा भट्टराई
मोरङ

[३८]
१.
मिलिजुली हामीले केही गराैँन
मरुभूमि बिचमा बाली भराैँन।
२.
सुनाखरी फूलेकाे हाम्रा पाखामा
फुलाउने तरिका बस्याे आँखामा।
✍️ प्रेम कला चापागाईं
मेचीनगर १२ झापा

[३९]
१.
नानी बाबु आउनु खेल खेलौना
घाम पानी नभनी दुख झेलौला।
२.
साथी सँग मिलेर हात समाऊ
खेल खेली सबैले आज रमाऊ।
✍️ तारा घिमिरे
संखुवासभा ।

[४०]
१.
साना नानी कलिला फूल कोपिला,
कर्णधार देशका हुने जोसिला।
२.
झिलिमिली पारन भोलि देशमा,
विश्व सामु विकास तिव्र रेसमा।
✍️ बिबस पारदर्शी
भद्रपुर -२,झापा।

[४१]
१.
लुकिलुकि खेल्दछौँ हामी हासेर,
रमाउदै गाउदै माया गासेर।
२.
पढी लेखी असल बन्नु पहिले,
बा-आमाको वचन सुन्नु जहिले।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा।

[४२]
१.
खेतबारी खनेर बिउ रोपेछन्
भाग्य लेख्ने तिनले मसी चोपेछन् ।
२.
विधाताले लेखेको टार्न सकिन्न
नचाहिँदो अत्याचार कैमले बकिन्न ।
✍️ पुष्पा सायरा
बिराटनगर ।

[४३]
१.
दुख मात्र सबैले दिन्छन् मलाई
त्यस्ताको त कहिले नहोस् भलाई।
२.
मनभरी पीडाको भारी बोकेर
कति बाचौं धर्तीमा सास रोकेर।
३.
हेर्छन् किन मलाई सबै हेपेर
बाचेकी छु मनमा पिर खेपेर।
✍️ ललिता अभागी
सुनकोशी५ सिन्धुली।

[४४]
१.
आजकाल सम्मान, गर्न हरायाे,
ससुराली जाँद याे, मन डरायाे।
२.
हजुरको यादमा, मन याे रुन्छ,
हरेक ती कहानी दिल नै छुन्छ।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही  १४ बुटवल

[४५]
बाघ आयो भनेर लाटो डरायो
भाग्दा भाग्दै हेरन जुत्ता हरायो।
✍️ पदमा शर्मा आँचल
कालाचिनी, भारत ।

[४६]
१.
हाँस्दै खेल्दै स्कुलमा हामी गएर
क ख ग घ पढेका ज्ञानी भएर ।
✍️ सरस्वती श्रेष्ठ
इटहरी ।

[४७]
१.
जाडोयाम न्यानाेकाे लुगा लाउने
उफ्रिएर खेलेर खुसी छाउने ।
✍️ राम रावल सागर
कैलाली ।

[४८]
१.
भाँडाकुटी खेलौँला खेल्न आउनु,
ठोकीठोकी थपडी गीत गाउनु।
२.
हिँडहिँड  संगिनी  ढिला नगर,
भुतप्रेत निस्कन्छ खोली बगर।
३.
समयमै सुतौँला,भोलि उठौँला,
हातमुख धोएर  पढ्न जुटौँला।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

[४९]
१.
छुनुमुनु गरेर पाठो रमायो,
सानु भाइ आएर च्याप समायो।
२.
सानी छोरी काखैमा ठुली आँखैमा,
सुनाखारी फुले झैँ  डाडा पाखैमा।
३.
छोराछोरी मिलेर स्कुल गएका,
गृहकार्य सकेर ज्ञानी भएका।
✍️ नवशिला
बेलबारी २ लालभित्ती मोरङ ।

[५०]
बजेट त आउँछ गाउँ गाउँमा
माेटाउँछन् ती नेता हाम्रै नाउँमा।
✍️ बबिता बिष्ट
दैलेख ।

[५१]
देखाउनु जसरी पनि चम्केर,
प्रगतिको पथमा तिमी लम्केर।
✍️ पूर्णबहादुर बहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

[५२]
के नै छ र मसंग दिऊँ हाँसेर
रित्तिएकाे मनले प्रीति गाँसेर।
✍️ निर्मला शाही ठकुरी
दैलेख ।

>>> जय टुक्का! जय साहित्य!! <<<

प्रतिक्रिया