कन्हैया सिंह परियारको छोडी गयौ गीत सार्वजनिक

इनेप्लिज २०७८ माघ १४ गते २३:४७ मा प्रकाशित

अमेरिकाको बाल्टिमोरमा लामो समय देखि बस्दै आएका गायक कन्हैया सिंह परियारले छोडी गयौ नामक गीत सार्वजनिक गरेका छन् । उक्त सङ्गीत भिडियो (श्रब्य दृश्य)मा कलाकार रुडी शर्मा ,अपेक्षा सिंह तथा रमेश आचार्यले भूमिका निर्वाह गरेका छन् ।

उक्त गीतको छायांकन अमेरिकाको न्यूयोर्कमा गरिएको हो । शब्द र संगीत ज्योती प्रकाशको रहेको छ भने संयोजन बिष्णु अधिकारीले गरेका छन ।

उक्त गीतको निर्देशन,सम्पादन तथा छायांकन ओम कर्मचार्यले गरेका हुन भने ओम मेगा न्युयोर्कले भिडियो निर्माण गरेको हो ।

प्रतिक्रिया