ए मेरो माया गर्ने हजुर तिमिले मलाई बोलाई देउन
तिम्रो मनमा भएको मायाको कथा मुखले भनिदेउन
तिमि टाढा भयौ तिम्रो मायाको आभास भएन मलाई
आएर मनमा भएको मायाको कथा सुनाउ तिमिले मलाई
मेरो दिलमा बास गर तिमि मेरो पल पलको साथि बन
सुत्दा देखिने सपनामा आउ मेरो दिलमा डेरा गरि बस्न
मायाको मिठा मिठा कहानिहरु सबै सुनाउनुपर्छ मलाई
तिमि टाढा भयौ तिम्रो मायाको आभास भएन मलाई
दुनियाले के के भन्छन यो मनले के के कुरा सोध्छ
तिम्रो सत्य कथा सुनाउ त झुट सधै टेक्दो रहेनछ
कुनै कुरा नलुकाएर मनका सबै कुरा भन मलाई
तिमि सँग भएका घटनाहरु सबै सुनाउने गर मलाई
तिमि टाढा भयौ तिम्रो मायाको आभास भएन मलाई
आएर मनमा भएको मायाको कथा सुनाउ तिमिले मलाई
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल,डोटी,नेपाल
प्रतिक्रिया