आइतबार, जेठ ८ २०७९
काठमाडौं ०९:३२
वासिङटन डिसी 23:47

अमेरिकाको टेनेसीको एक राजमार्गमा ९ जना प्रहरीलाई गोली हान्ने संदिग्ध जवाफी कारवाईमा मृत्यु

इनेप्लिज २०७८ माघ १४ गते १२:२९ मा प्रकाशित

अमेरिकाको टेनेसी राज्यको न्यासभिल शहरको एक राजमार्गमा ९ जना प्रहरीलाई गोली हान्ने संदिग्ध मारिएका छन् । नौ अधिकारीहरूले आधा घण्टाको अवरोध पछि न्यासभिल अन्तरराज्य ६५ राजमार्गमा संदिग्ध एक पैदल यात्रीलाई गोली चलाउदा उनको मृत्यु भएको हो ।

गत बिहिबार जनवरी २७ का दिन आधा घण्टाको झडपपछि गोली प्रहार भएको थियो । प्रहरी वक्तब्यका अनुसार मारिने ती व्यक्तिको ३७ वर्षीय ल्यान्डन ईस्टेपको भएको पुष्टि भएको छ ।

उनि उक्त चल्तीको राजमार्गमा बीचमा बसेका थिए । उनी आक्रोशित थिए र आफ्नो बायाँ हातमा सन्दुक काट्ने (बक्स कटर) बोकेका थिए, न्यासभिल महा नगर प्रहरी विभागका प्रवक्ता डन आरोनले भने।

अधिकारीहरूले स्थितिलाई कम गर्ने प्रयास गरे तर तीन सँस्थाका नौ अधिकारीहरूले उनले गोली हाने ।

प्रहरीहरुले यो घटनाको अनुसन्धान गरि रहेको समाचार सिबिएसन्यूजले समाचार लेखेको छ । अन्य कोही पनि घाइते नभएको बताईएको छ । उक्त घटना २ बजे भन्दा अगाडी भएको थियो भने राजमार्गमा कैयौ घण्टा सम्म बन्द गर्नु परेको थियो ।

प्रतिक्रिया