अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ५ लाख ८९ हजार संक्रमित,२,५३० जनाको मृत्यु
अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ५ लाख ८९ हजार २ सय २५ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट २ हजार ५ सय ३० जनाको मृत्यु भएको छ ।
गत जनवरी २७ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण दुई हप्ताको अवधिमा औसतमा २७ प्रतिशतले घटेको छ।
न्यूयोर्क टाइम्सले जनवरी २८ शुक्रबारको दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ८ लाख ७७ हजार ८ सय १५ जनाको निधन भएको छ भने दैनिक औसतमा ३४ प्रतिशतले मृत्यु दर बढेको छ ।
यसै गरी गत बिहिबार दिन सम्म कूल ७ करोड ३४ लाख २३ हजार ८ सय १५ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल १ लाख ५१ हजार ६६ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा १ प्रतिसत वृद्धि भएको छ ।
अमेरिकामा हाल सम्म कूल २१ करोड ११ लाख ६२ हजारलाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )लिनेको संख्या ८ करोड ६४ लाख ८४ हजार नाघेको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया