आइतबार, जेठ ८ २०७९
काठमाडौं ०९:२५
वासिङटन डिसी 23:40

टेक्सस ह्युस्टनका तीन प्रहरी अधिकारीहरू माथि गोली प्रहार गर्ने संदिग्ध पक्राउ

इनेप्लिज २०७८ माघ १४ गते ११:४२ मा प्रकाशित

जनवरी २८। अमेरिकाको टेक्सस राज्यको ह्युस्टन शहरका तीन प्रहरी अधिकारीहरू माथि गोली प्रहार गर्ने संदिग्धलाई पक्राउ गरि हिरासतमा लिइएको छ । गत बिहिबार जनवरी २७ का दिन उनले एक सवारी साधन लुटेर भागेका  आफूलाई एक घरमा मोर्चा बनाएको ह्युसटन प्रहरीले बताए ।

“संदिग्ध सेतो मर्सिडीज सवारी साधनमा घटनास्थलबाट भागेको र खोजी भइरहेको ,” प्रहरीले सामाजिक संजाल ट्वीट मार्फत जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा ह्युसटन प्रहरी प्रमुख ट्रोय फिनरले संदिग्धले पूर्ण स्वचालित बन्दुक प्रयोग गरेको बताए ।

संदिग्धको पहिचान भएको र उनि ह्युस्टनका ३१ वर्षीय रोलान्ड काबालेरोको भएको दुई वरिष्ठ कानून प्रवर्तन अधिकारीहरूले एनबीसी न्यूजलाई बताए।

तीन घाइते अधिकारीहरू बिहीबार राती स्थिर अवस्थामा रहेका थिए र निको हुने आशा गरिएको फिनरले भने। घटना बिहिबार दिउँसो ३ बजे सुरु भएको थियो

त्यसपछि संदिग्ध उसेतो मर्सिडीज-बेन्जलाई बन्दुकले देखाएर जबर्जस्ति लिएर भागेका थिए । ह्युस्टनको उत्तरपूर्वमा रहेको आवासीय क्षेत्रको एक घरमा लगे, जहाँ उनले आफूलाई धेरै घण्टासम्म मोर्चा बनाएका थिए ।

बेलुका ८ बजेभन्दा केही समय अगाडि प्रहरीले संदिग्धलाई नियन्त्रणमा लिएका थिए । उसले हात उठाएर घरबाट बाहिर निस्केको फिनरले भने।

संदिग्धको घाँटीमा बन्दुकको गोली लागेको थियो र उनलाई अस्पताल लगिएको जानकारी दिए । प्रहरीसँगको गोली हानाहानबाट उनीलाई चोट लागेको हो वा होइन भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया