काठमाडौं, १४ माघ ।नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय गायिका रानी शाक्यले रमाइलो गीत ‘सुटुक्कै’ रिलिज गरेकी छिन।सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र राजु कार्कीको एरेन्जमेन्ट रहेको गीतलाई गायिका शुक्रबार रानी शाक्यको युट्युब च्यानल( Rani Shakya) र संसारभरका लोकप्रिय डिजिटल प्लेटफर्म मार्फत एकैसाथ सार्वजनिक गरिएको हो।
पछिल्लो समय म्युजिक भिडियोमा चर्चित जोडी विना राउत,सरोज राना प्रजाको अभिनय रहेको गीतको भिडियोमा मनकृष्ण महर्जनको सिनेमाटोग्राफी र बाङडे प्रसादको सम्पादन रहेको छ।भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया