बाइडेनद्वारा ब्रेयरको सेवानिवृत्तिको घोषणा
फेब्रुअरीको अन्त्यसम्ममा अस्वेत महिलालाई सर्वोच्च अदालतमा मनोनयन गर्ने वाचा
इनेप्लिज
२०७८ माघ १४ गते २:१२ मा प्रकाशित
राष्ट्रपति जो बाइडेनले बिहीबार औपचारिक रूपमा सर्वोच्च अदालतका न्यायाधीश स्टीफन ब्रेयरको सेवानिवृत्तिको घोषणा गरे ।
उनको “उल्लेखनीय” सेवाको लागि धन्यवाद दिँदै र अदालतमा पहिलो अश्वेत महिलालाई मनोनयन गर्ने आफ्नो प्रतिबद्धता पुन: दोहोर्याएका छन् ।
“मैले मनोनयन गर्ने व्यक्ति असाधारण योग्यता, चरित्र, अनुभव र इमान्दारीता भएको व्यक्ति हुनेछ र त्यो व्यक्ति संयुक्त राज्यको सर्वोच्च अदालतमा मनोनीत हुने पहिलो अश्वेत महिला हुनेछ,” बाइडेनले भने।
“मैले राष्ट्रपतिको चुनावी अभियानमा त्यो प्रतिबद्धता गरेको थिएँ, र म त्यो प्रतिबद्धतालाई निरन्तरता दिनेछु।”
“मेरो विचारमा यो लामो समयदेखि बाँकी छ,” उनले फेब्रुअरीको अन्त्यसम्ममा आफ्नो छनोट गर्ने उल्लेख गर्दै भने।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया