डिसीको डेज-इन अतिथिगृहमा भोज भै रहेको समयमा गोलाबारी हुँदा एक महिलाको निधन ,४ जना घाइते
वाशिंगटन डिसीको डेज-इन अतिथि गृहमा एकाबिहानै गोलाबारी हुँदा एक महिलाको निधन भएको छ भने ४ जना घाइते भएका छन् ।
उक्त घटना डिसीको उत्तरपश्चिममा भएको हो । प्रहरीका अनुसार उत्तरपश्चिमको डेज-इन पाहुना घर(होटल) भित्रको एक कोठामा भोज भै रहेको समयमा
बन्दुकधारीले गोली चलाउँदा एक महिलाको मृत्यु हुनुको साथै चार जना घाइते भएको प्रहरी बिभागले जनाएको छ।
प्रहरीलाई बिहान ३:३० बजे गोली चलेको खबर गरे पछि प्रहरीहरु डेज इन नामक अतिथि गृहमा बोलाइएको थियो। उक्त अतिथि गृहको प्रवेश गृह(लबी) दुईजना महिलालाई र अर्को एउटा कोठामा गोली लागेको अवस्थामा फेला परेको डीसी प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताए।
दुई जना पुरुष आफैं अस्पताल गएका थिए भने र अर्की महिला गोली लागेर घाइते भएकी थिइन् । मारिएकी महिलाको तत्काल पहिचान हुन नसकेको कोन्टीले बिहीबार पत्रकार सम्मेलनमा भने।
घटनास्थलबाट एउटा बन्दुक बरामद भएको उनले बताए भनि एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया