आइतबार, जेठ ८ २०७९
काठमाडौं ०९:१५
वासिङटन डिसी 23:30

फ्लोरिडामा बिमान परिचारिकालाई यौन आक्रमण गरेकोमा एक व्यक्तिलाई ६ महिना कारागारको सजाय

इनेप्लिज २०७८ माघ १३ गते २३:४२ मा प्रकाशित

फ्लोरिडामा बिमान परिचारिकालाई यौन आक्रमण गरेकोमा एक व्यक्तिलाई ६ महिनाको कारागारको सजाय सुनाईएको छ । उनले बिमान परिचारिकालाई हातपात गरेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको हो ।

इनियो सोकोरो जायासलाई फ्लोरिडाको दक्षिणी जिल्लाको अमेरिकी जिल्ला अदालतमा सोमबार सजाय सुनाइएको अदालतको कागजातले जनाएको छ।

जायासलाई अगस्त ६, २०२१ मा अमेरिकी एयरलाइन्स(हवाईजहाज )को उडान १७२३ मा सवार मेक्सिको क्यानकुनबाट मायामी अन्तर्राष्ट्रिय विमानस्थलको लागि यात्रा गरेको घटनापछि अभियोग लगाइएको थियो।

आपराधिक उजुरीकोको शपथ पत्र अनुसार बिमान परिचारिकाले जायास सुतेको विश्वास गर्दै उनको काखमा खाजाकोपोका राखिन । जब उनी फर्किन्,  परिचारिकाको शरीरका विभिन्न संवेदनशिल भागमा जबर्जस्ती समातेको शपथ पत्रमा भनिएको छ।

शपथ पत्र (एफिडेभिड)अनुसार उडानमा रहेका एक यात्रुले घटनाको विवरण कानून प्रवर्तनलाई बताएका थिए । साथै जायासले गत अक्टोबरमा आक्रमण गरेको स्वीकार गरेका थिए भनि सिएनएनले समाचार सिएनएनले लेखेको छ ।

प्रतिक्रिया