मेरिल्याण्ड हयात्सभिलका नगर प्रमुख केभिन वार्डले आफै गोली हानी आत्महत्या
अमेरिकाको मेरिल्याण्ड राज्यको हयात्सभिलका नगर प्रमुख केभिन वार्डले आफै गोली हानी आत्महत्या गरेका छन् । उनले आफैले चलाएको बन्दुकको गोलीको चोटपटकको कारण मृत्यु भएको नगरले जानाएको छ ।
वार्डको गत मङ्गलबार मृत्यु भएको जो । “नगर प्रमुख एक मूल्यवान र विश्वसनीय नेता र हयात्सभिलका सबै मानिसहरूका लागि एक प्रखर अधिवक्ता थिए। हामी यस क्षतिमा मर्माहत भएका छौं र नगर प्रमुखको परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं, ” नगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
वार्डले पहिलो पटक २०१९ मा नगरको लागि अन्तरिम नगर प्रमुख रूपमा सेवा गरेका थिए भने पछि २०२१ नगर प्रमुखमा निर्वाचित भएका थिए । ४४ बर्षिय वार्ड डेमोक्र्याक थिए ।
वार्डको शव युनाइटेड स्टेट्स पार्क प्रहरी अधिकारीहरूले फोर्ट मार्सीमा भर्जिनियाको म्याक्लिनको उद्यान (पार्क)मा फेला पारेको एबिसीन्युज७ ले समाचार लेखेको छ । नगर प्रमुख हुनु अगाडी उनि नगर परिषदका सभापति पनि थिए ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया