आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:२७
वासिङटन डिसी 00:42

अमेरिकामा पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट ६ लाख १८ हजार संक्रमित,२,४६६ जनाको मृत्यु

इनेप्लिज २०७८ माघ १३ गते ११:४२ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ६ लाख १८ हजार २ सय ३१ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट २ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ ।

गत जनवरी २६ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण दुई हप्ताको अवधिमा औसतमा २१ प्रतिशतले घटेको छ।

न्यूयोर्क टाइम्सले जनवरी २७ बिहिबारको दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ८ लाख ७४ हजार ७ सय ३३ जनाको निधन भएको छ भने दैनिक औसतमा ३४ प्रतिशतले मृत्यु दर बढेको छ ।

यसै गरी गत बुधबारका दिन सम्म कूल ७ करोड २८ लाख ९७ हजार ३ सय ६६ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल १ लाख ५३ हजार ३ सय ६ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा ५ प्रतिसत वृद्धि भएको छ ।

यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६३.५ प्रतिशत पुगेको छ । अमेरिकामा १८ बर्ष भन्दा माथिकाले पूर्ण खोप ७३.९ प्रतिशतले लगाई सकेका छन् । यसैगरी १२ बर्ष माथिका उमेरकाले ७२.३ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६७.५ प्रतिशत पूर्ण खोप लगाई सकेका छन।

त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकाले पूर्ण खोप ८८.२ प्रतिशत लगाई सकेको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म कूल २१ करोड ८ लाख ५० हजारलाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )लिनेको संख्या ८ करोड ५२ लाख १८ हजार नाघेको छ ।

कूल जन संख्यामा अभिवर्धक खुराक लगाउनेको संख्या ४०.४ %, ६५ बर्ष भन्दा माथिकाले ६३ .३ % ,१८ बर्ष भन्दा माथिकाले ४३ .५ % र ५० बर्ष भन्दा माथिका ले ५४.९ % ले लगाएको सिडिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया