काठमाडौं।कोरोना महामारीका बारेमा थप निर्णय लिन काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयको बैठक बसिरहेको छ।
प्रमुख जिल्ला अधिकारीहरू बैठकले यसबारे समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जोर-बिजोर प्रणाली लागु गरेको छ।
त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आएपछि त्यसबारे निर्णय लिन बैठक बसेकाे जनाइएकाे छ।
प्रतिक्रिया