आइतबार, जेठ ८ २०७९
काठमाडौं ११:१७
वासिङटन डिसी 01:32

टेक्ससका एक व्यक्तिले यहुदी सभाघरमा बन्धक बनाएका व्यक्तिलाई बन्दुक बेचेकोमा आरोप

इनेप्लिज २०७८ माघ १३ गते २:४९ मा प्रकाशित

टेक्ससका एक व्यक्तिले यहुदी सभाघरमा बन्धक बनाएका व्यक्तिलाई बन्दुक बेचेकोमा आरोप लगाईएको छ । बन्धक बनाउने मलिक फैसल अकरमलाई बन्दुक बेचेको कथित रूपमा संघीय हतियार अपराधको आरोप लगाइएको छ।

यस महिनाको करिव १० दिन अगाडी टेक्ससको यहुदीहरुको एक सभाघरमा बन्धकहरूलाई अपहरण गर्न उनले बेचेको बन्दुक प्रयोग गरेका थिए ।

टेक्ससको उत्तरी जिल्लाका लागि अमेरिकी वकिलको कार्यालयले बुधबार उनलाई आरोप लगाईएको घोषणा गरेका छन् ।

हेनरी “माइकल” विलियम्सलाई कानून उल्लङ्घन गरेको आरोप लगाइएको छ । उनले अकरमलाई बन्दुक बेचेको आरोप लगाइएको बन्दुकको स्वामित्वमा राख्न उनिलाई अनुमति थिएन भनि सिबिएसन्युजले समाचार लेखेको छ ।

अकरम एक बेलायती नागरिक गत वर्षको अन्तमा संयुक्त राज्य अमेरिकाको यात्रा गरेका थिए । उनले कलिभल टेक्ससमा यहुदीको बेथ इजरायल नामक यहूदी उपासनागृहका चार सदस्यहरूलाई बन्धक बनाएका थिए । त्यहाँ बन्धक भएका सबै ४ जना भाग्न सफल भएका थिए भने प्रहरीको आक्रमणबाट जनवरी १५ का दिन अकरमको मृत्यु भएको थियो ।

प्रतिक्रिया