आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:२०
वासिङटन डिसी 00:35

वाशिंगटन डिसीमा दिन दहाडै दुई किशोरहरु एक अर्कालाई गोली हानाहान गरे पछि यातायात थप्प ,दुई युवकबाट ३ बन्दुक बरामद

इनेप्लिज २०७८ माघ १३ गते ०:३६ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा दिन दहाडै दुई किशोरहरु एक अर्कालाई गोली हानाहान गरे पछि दुई युवकलाई पक्राउ गरिएको छ । बन्दुक निकाली ताके पछि सवारी साधन रोकिएका र थप्प भएका थिए ।

जनवरी २६ बुधबारका दिन उत्तरपूर्व डिसीमा उक्त घटना भएको हो । गोलाबारी दिउँसो २ः४५ बजे भएको डिसी प्रहरी बिभागले जनाएको छ । डिसी स्थित न्यूयोर्क मार्ग (एभेन्यु)र फ्लोरिडा मार्ग( एभेन्यु)हरूमा १४ र १३ वर्षका दुई जना किशोरहरुलाई पक्राउ गरी तीनवटा बन्दुक बरामद गरिएको उनीहरुले बताए ।

उनीहरुलाई प्रकाउ गर्ने क्रममा एक प्रहरी अधिकारीलाई सामान्य चोट लागेको प्रहरीले बताएको समाचार डब्लुटिओपीले समाचार लेखेको छ ।

। तर चोट बन्दुकको गोलीबाट नभएको जनाए । उनिहरुको उक्त कार्यबाट यात्रुहरुको सुरक्षालाई ध्यान दिदै यातायात केही समयको लागी बन्द गरिएको थियो ।

लगभग एक घण्टा यातायात ढिलो भएको थियो भने त्यस पछि खुला गरिएको प्रहरीले बताए ।

तस्बिर :एबिसीन्युज७

प्रतिक्रिया