आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:१९
वासिङटन डिसी 00:34

सर्वोच्च अदालतका न्यायाधीश स्टीफन ब्रेयरले अवकाश लिने ,बाइडेनले महिला न्यायधिश ल्याउने सम्भवना

इनेप्लिज २०७८ माघ १२ गते २३:४० मा प्रकाशित

सर्वोच्च अदालतका न्यायाधीश स्टीफन ब्रेयरले करिब २८ वर्ष सेवा गरेपछि अवकाश लिने भएका छन् । उनले अवकाश लिने समाचार आउन साथ राजनैतिक तरङ्ग ल्याएको छ । हाल रिपब्लिकनका ६ र डेमोक्रेटिकका ३ मात्र सर्वोच्चमा न्यायधिशहरु रहेका छन् ।

पूर्व राष्ट्रपति बिल क्लिन्टनले ब्रेयरलाई सर्वोच्च अदालतको सहयोगी न्यायाधीशको रूपमा मनोनीत गरेका थिए । र ,उनले अगस्त ३ ,१९९४ मा आफ्नो स्थान ग्रहण गरेका थिए ।

स्मरण रहोस ,राष्ट्रपति जो बाइडेन चुनावी अभियानमा अस्वेत महिलालाई सर्वोच्चको लागि न्यायाधिश बनाउने प्रतिबद्धता गरेका थिए । यता सिनेटका बहुमत नेता चक शूमरले सर्वोच्च अदालतमा राष्ट्रपति जो बाइडेनको उम्मेदवार पुष्टि गर्न द्रुत समय सीमा हेरी रहेको सिएनएनले समाचार लेखेको छ ।

उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधिश एमी कोनी ब्यारेटलाई २०२० मा अदालतमा पुष्टि गर्न प्रयोग गरेको समान समयसिमा अनुसरण गर्नेछन भनि परिचित स्रोतले जानकारी गराएको भनि सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

ब्रेयर उदारवादी भएकोले उनको बदलामा अन्य कोही राखेता पनि रिपब्लिकन र डेमोक्रयाटिकको संख्यामा कुनै परिवर्तन हुदैन । डेमोक्र्याटिकबाट १ थपिएता पनि कुल ३ जना न्यायधिश डेमोक्र्याटिकका हुनेछन् । अर्थात् अहिले पनि रिपब्लिकनका ६ र डेमोक्र्याटका ३ नै छन् ।

उनको सेवानिवृत्ति आगामी ग्रीष्म ऋतु २०२२ मा सकिदै छ ।

सेप्टेम्बर २०२० मा ८३ वर्षको उमेरमा रुथ बेडर गिन्सबर्गको निधन भएपछि, ब्रेयर न्याय सेवा गर्ने सबैभन्दा वृद्ध हुन् । ब्रेयरको राजीनामासँगै न्यायाधीश क्लेरेन्स थोमस ७३ वर्षको उमेरमा अदालतको सबैभन्दा वृद्ध सदस्य बन्ने छन् ।

प्रतिक्रिया