अमेरिका नेपाल शिक्षा सदनको बार्षिकोत्सव सरस्वती पूजाको दिन हुने
अमेरिकाको भर्जिनिया राज्य स्थित मनासस शहरमा क्रियाशील नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सहयोगि समाज (एएनएचएस) द्वारा सञ्चालित नेपाली पाठशाला अमेरिका नेपाल शिक्षा सदन (एएनएचएस एकाडेमी) को छैंठौं बार्षिकोत्सव कार्यक्रम यही फेब्रुअरी ०६, २०२२ आइतबार सरस्वती पूजाको दिन हुने भएको छ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको प्रकोप बढ्दै गएकोले यस बर्ष पनि Zoom Online बाट गरिने कार्यक्रम बिहान १० बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुने अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष कमल भट्टराईले बताउनुभयो।
सरस्वती पूजा तथा सरस्वती बन्दनाबाट शुरु गरिने कार्यक्रममा सोही शिक्षा सदनमा अध्ययनरत बालबालिकाहरुले प्रस्तुत गर्ने बिबिध साँस्कृतिक कार्यक्रमहरुको साथ सम्पन्न हुने अमेरिका नेपाल शिक्षा सदनका को–अर्डिनेटर भूपाल पौडेलले जानकारी दिनुभएको छ।यस पटक शिक्षा सदनमैं अध्ययन गर्ने विद्यार्थीहरुः कञ्चन दाहाल,अक्षत ढुंगाना र सोफिया आचार्यले कार्यक्रम सञ्चालन गर्नेछन्।उनिहरुलाई शिक्षिका तनुजा पोखरेल अधिकारीले सहजीकरण गर्ने पनि बताइएको छ।
कार्यक्रमलाई सफल बनाउनको लागि डि.सी. मेट्रो क्षेत्रमा बसोबास गर्ने सबै नेपालीलाई सहभागिताको लागि आग्रह पनि गरिएको छ।
कार्यक्रम सहभागिताको लागि Zoom ID र विवरण तल उल्लेख गरिएको छ ।
मिति : फेब्रुअरी ०६,२०२२ आइतबार (सरस्वती पूजाको दिन)
समय ः विहान १० बजेदेखि २ बजेसम्म
स्थान ः Zoom Online
Zoom ID : 856 6656 4886 (पासवर्ड नचाहिने)
कार्यक्रम ः
१. सरस्वती बन्दना र सरस्वती पूजा ।
२. बालबालिकाहरुका प्रतिभाहरुको प्रस्तुति (नृत्य, गीत……बिबिध)।
३. ANHS Academy को बार्षिक प्रतिवेदन प्रस्तुति ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया