अमेरिकाको इलिनोएमा प्रेमीको हत्या गरेको आरोपमा प्राध्यापकलाई ५३ वर्षको कारागार सजाय
अमेरिकाको इलिनोए राज्यमामा प्रेमीको हत्या गरेको आरोपमा प्राध्यापकलाई ५३ वर्षको कारागार सजाय सुनाईएको छ ।
एक न्यायाधीशले नर्थवेस्टर्न युनिभर्सिटी(बिश्वबिद्यालय)का पूर्व प्राध्यापकलाई सन् २०१७ मा आफ्नो प्रेमीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा मंगलबार ५३ वर्षको जेल सजाय सुनाएका छन् ।
कुक काउन्टीका न्यायाधीश चार्ल्स बर्न्सले ट्रेन्टन कोर्नेल-डुरान्लेउको हत्यालाई “निर्दयी ” र ”फासी ”भनेका थिए। गत अक्टोबरमा प्रथम श्रेणीको हत्याको दोषी पाएका ४७ वर्षीय विन्डहम ल्याथेमलाई सजाय सुनाए ।
नर्थवेस्टर्नले एक प्रख्यात माइक्रोबायोलोजिस्ट(सूक्ष्मजीव बैज्ञानिक) ल्याथेमलाई बर्खास्त गरे पछि उनी हत्या पछि शिकागो क्षेत्रबाट भागेका थिए भनि एबिसीन्युजले समाचार लेखेको छ ।
डुरान्लेउलाई ७० पटक भन्दा ज्यादा छुरा प्रहार जुलाई २७ ,२०१७ मा ३ जना मिलेर गरेका थिए । स्वयम प्राध्यापक ल्याथेम ,एन्ड्रयु वारेन र एक बेलायती व्यक्ति जसलाई पैसा तिरेर हत्या गर्न बोलाएको अभियोजकहरुले बताए ।
२०१९ मा वारेनले ४५ वर्षको जेल सजायको बदलामा ल्याथेम विरुद्ध बयान दिन आह्वान गरेको निवेदन सम्झौता अन्तर्गत हत्याको दोषी स्वीकार गरेका थिए ।
वारेन, जो हत्याको समयमा अक्सफोर्ड विश्वविद्यालयका वित्तीय अधिकारी थिए । ल्याथेमको सुझावमा कर्नेल-डुरान्लेउलाई मार्न सहमत हुनु अघि उनी ल्याथेम लाई भेट्न र एकअर्कालाई मार्ने सम्झौतामा भाग लिन इङ्गल्याण्डबाट शिकागो आएका थिए ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया