आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:१५
वासिङटन डिसी 00:30

अमेरिकामा कोरोना संक्रमण आकासियो ,पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट ६ लाख ५२ हजार संक्रमित,२,३५२ जनाको मृत्यु

अमेरिकामा कूल ४ करोड ५१ लाख ९९ हजार मानिस कोरोनामुक्त

इनेप्लिज २०७८ माघ १२ गते ११:४५ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ६ लाख ५२ हजार २ सय ७८ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट २ हजार ३ सय ६२ जनाको मृत्यु भएको छ ।

गत जनवरी २५ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण दुई हप्ताको अवधिमा औसतमा १४ प्रतिशतले घटेको छ। अमेरिकामा हाल सम्म कूल ४ करोड ५१ लाख ९९ हजार मानिस कोरोनामुक्त भएका छन ।

न्यूयोर्क टाइम्सले जनवरी २५ मंगलबारको दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ८ लाख ७० हजार ८ सय ३७ जनाको निधन भएको छ भने दैनिक औसतमा ३५ प्रतिशतले मृत्यु दर बढेको छ ।

न्यूयोर्क टाइम्सले दैनिक र दुई हप्ताको औसतमा उक्त तथ्यांक निकालेको हो ।

यसै गरी गत मंगलबारका दिन सम्म कूल ७ करोड २२ लाख ९ हजार ३ सय ६५ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल १ लाख ५५ हजार २ सय ४७ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा ९ प्रतिसत वृद्धि भएको छ । यस्तै २५ लाख ९६ हजार ४ सय २५ जनाले कोरोना जाँच गराएका छन् ।

यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६३.५ प्रतिशत पुगेको छ । अमेरिकामा १८ बर्ष भन्दा माथिकाले पूर्ण खोप ७३.९ प्रतिशतले लगाई सकेका छन् । यसैगरी १२ बर्ष माथिका उमेरकाले ७२.३ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६७.५ प्रतिशत पूर्ण खोप लगाई सकेका छन।

त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकाले पूर्ण खोप ८८.२ प्रतिशत लगाई सकेको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म कूल २१ करोड ६ लाख ८२ हजारलाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )लिनेको संख्या ८ करोड ४८ लाख नाघेको छ ।

कूल जन संख्यामा अभिवर्धक खुराक लगाउनेको संख्या ४०.३ %, ६५ बर्ष भन्दा माथिकाले ६३ .२ % ,१८ बर्ष भन्दा माथिकाले ४३ .४ % र ५० बर्ष भन्दा माथिका ले ५४.७ % ले लगाएको सिडिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया