डिसीमा प्रहरीलाई गोली हानी फरार रहेका संदिग्ध पक्राउ
इनेप्लिज
२०७८ माघ १२ गते २:४६ मा प्रकाशित
डिसी महानगर प्रहरीले मंगलबार जनवरी २५ का दिन उत्तरपश्चिम डिसीका २८ वर्षीय डेभोन ईस्टनलाई पक्राउ गरेका छन् ।
उनले डिसी महानगर प्रहरी अधिकारीलाई आइतवार उत्तरपश्चिमको स्प्रिंग सडकको १३०० भवन क्षेत्रमा गोली हानेका थिए । उनलाई उनको निवास भित्रबाट अवैध बन्दुक बरामद गरिएको प्रहरीले जनाएका छन् ।
प्रहरीका अनुसार राति ९ बजेतिर प्रहरी अधिकारी एकजना संदिग्ध व्यक्तिको नजिक पुगेका थिए । उक्त मानिसले बन्दुक निकाले र प्रहरी अधिकारी गोली हानेका थिए ।
बन्दुकको गोली लागेर घाइते भएका अधिकारीलाई उपचारका लागि क्षेत्रीय अस्पतालमा लगिएको थियो।
ईस्टनलाई सशस्त्र हुँदा मार्ने लक्ष्य साथ आक्रमणको आरोप लगाइएको छ । साथै एक प्रहरी अधिकारी माथि हमला, हिंसा र खतरनाक अपराधको समयमा बन्दुक राख्ने, र गैरकानूनी रूपमा बन्दुक राखेको आरोप लगाईएको छ भनि एबिसी७न्युजले समाचार लेखेको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया