बाइडेन प्रशासनले ठूला व्यवसायहरूलाई लक्षित कोभिड-१९ खोप र परीक्षण नियमन फिर्ता लिने
बाइडेन प्रशासनले ठूला व्यवसायहरूलाई लक्षित कोभिड-१९ खोप र परीक्षण नियमन फिर्ता लिने भएको छ ।
बाइडेन प्रशासनले यस महिनाको सुरुमा नियमलाई रोक लगाउने सर्वोच्च अदालतको निर्णय पछि ठूला व्यवसायहरूलाई लक्षित गरी कोभिड-१९ खोप र परीक्षण नियमन अन्ततगत्वा फिर्ता लिने भएको छ ।
अमेरिकी श्रम विभागको व्यावसायिक सुरक्षा र स्वास्थ्य प्रशासनले मंगलबार खोप फिर्ता लिने जनाएको छ । र १०० वा बढी कर्मचारीहरू भएका व्यवसायहरूको लागि आपतकालीन अस्थायी मानक परीक्षण गर्नेछ, सँस्थाको अधिकारिक अन्तर्जालस्थल (वेबसाइट)उक्त कुरा उल्लेख गरिएको छ ।
अमेरिकी श्रम विभागको व्यावसायिक सुरक्षा र स्वास्थ्य प्रशासनले जनवरी २६ बुधबारदेखि लागु हुने गरि यो नियमन फिर्ता लिने छ ।
राष्ट्रपति जो बाइडेनले व्यवसायहरूलाई स्वेच्छाले आवश्यकताहरू कार्यान्वयन गर्न आह्वान गरेका छन्।
बाइडेन प्रशासनले जारी गरेको जनादेशलाई आफ्नो कानुनी लडाई समाप्त गरेको छ । श्रम विभागका प्रवक्ताका अनुसार ओएसएचएले अदालतलाई जनादेशसँग सम्बन्धित सबै मुद्दाहरू खारेज गर्न अनुरोध गर्नेछ।
बाइडेन प्रशासनले रिपब्लिकन नेतृत्वको राज्यहरू, निजी व्यवसायहरू, धार्मिक समूहहरू र राष्ट्रिय व्यापार संघहरूबाट दर्जनौं मुद्दाहरूको सामना गरेको थियो भनि सिएनबिसीले समाचार लेखेको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया