आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:४८
वासिङटन डिसी 01:03

मेरिल्याण्डमा ३ अग्निनियन्त्रकको मृत्यु, आंशिक भवन भत्किएपछि एक गम्भीर अवस्थामा

इनेप्लिज २०७८ माघ ११ गते २:५४ मा प्रकाशित

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सोमबार एक घरमा आगो निभाउन जाँदा तीन अग्नि नियन्त्रकहरुको मृत्यु भएको छ भने र एकको अवस्था गम्भीर रहेको अग्नि नियन्त्रण प्रमुख नाइल्स फोर्डले एक पत्रकार सम्मेलनमा भने।

फोर्डले सामाजिक संजाल मार्फत प्रकाशन गरेको ट्वीट अनुसार भवन आंशिक रूपमा भत्किँदा जलिरहेको घर भित्र चार अग्निनियन्त्रकहरू फसेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।

एक अग्निनियन्त्रकलाई तुरुन्तै बाहिर निकालियो र मेरिल्याण्ड बिश्वबिद्यालयको चिकित्सा केन्द्रको आघात केन्द्रमा सारिएको छ ।

अग्निनियन्त्रकहरू मध्ये दुईलाई शक ट्रमा सेन्टर(आघात केन्द्र )मा लगियो, जहाँ उनीहरूलाई मृत घोषित गरियो, नाइल्सले भने। चौथो अग्नि नियन्त्रकलाई घटनास्थलमै मृत घोषित गरिएको थियो।

दमकल प्रमुखले बाल्टिमोर शहर अग्नि विभागका सहायक पल बुट्रिम, अग्नि नियन्त्रक तथा उप चिकित्सा-सहायक केल्सी साडलर र आकस्मिक चिकित्सा केनी लाकायो भएको पहिचान गरिएको छ ।

अर्का चिकित्सा सहायक तथा अग्नि नियन्त्रक जोन म्याकमास्टर आघात केन्द्रको सघन कक्षमा उपचार गराई रहेका मेरील्याण्ड विश्वविद्यालयका चिकित्सकथोमस स्केलियाले पत्रकार सम्मेलनमा भने।

चिकित्सक स्केलियालेका अनुसार साड्लर र लाकायोलाई आगोको घटनास्थलमा हृदयघात भएको थियो र अस्पतालमा मृत घोषित गरिएको थियो। आगलागीको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

बाल्टिमोरका नगर प्रमुख ब्रान्डन स्कटले पत्रकार सम्मेलनमा भने, “आज, बाल्टिमोरले हाम्रो शहरको लागि अन्तिम बलिदान दिने हामीमध्ये तीनजना बहादुरहरूलाई गुमाएको छ।” “यो हाम्रो शहरको लागि, हाम्रो अग्नि नियन्त्रण विभागको लागि र सबैभन्दा महत्त्वपूर्ण रूपमा हाम्रा अग्नि नियन्त्रकहरूको परिवारको लागि दुखदायी त्रासदी हो।”

बाल्टिमोर नगर परिषदका अध्यक्ष निक मोस्बीले भने, “यीनीहरू बाल्टिमोर शहर दमकल बिभागका सदस्य मात्र होइनन्, यी हाम्रा नायकहरू हुन्।”

“हामी आजको यो घटनालाई ,यो भयानक घटनालाई व्यर्थमा जान दिन सक्दैनौं। तर हामीले उनीहरूले दैनिक रूपमा गर्ने कामको कदर गर्ने कुरा सुनिश्चित गर्नुपर्छ।” उनले भने ।

प्रतिक्रिया