आइतबार, जेठ ८ २०७९
काठमाडौं ०९:५२
वासिङटन डिसी 00:07

एट्लान्टा-क्षेत्रका जिल्ला वकिललाई ट्रम्पले चुनाव नतिजा उल्टाउने प्रयासको हस्तक्षेपको छानबिन गर्न विशेष न्यायपीठ बस्न अनुमति

इनेप्लिज २०७८ माघ ११ गते १:२६ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियामा २०२० को चुनावी नतिजालाई उल्टाउने प्रयासको अनुसन्धान गर्न एट्लान्टा-क्षेत्रका जिल्ला वकिल(सरकारी वकिल)लाई यस वसन्तमा विशेष ग्रान्ड जूरी (बृहत निर्णायक समिति )बस्न अनुमति दिइने भएको छ ।

फुल्टन काउन्टी जिल्ला अधिवक्ता फानी विलिसले गत हप्ता आगामी मे २ देखि सुरु हुने विशेष बृहत न्यायपीठ (ग्रान्ड जूरी )बस्न अनुरोध गरेकी थिइन् । फुल्टन काउन्टी उच्च अदालत (सुपीरियर कोर्ट)का न्यायाधीशहरूले सोमबार अनुरोधलाई स्वीकृत गरेका छन् ।

यद्यपि विशेष न्यायपीठसँग अभियोग जारी गर्ने अधिकार छैन, यो कदमले विलिसलाई ट्रम्प अनुसन्धानमा प्रमाण जुटाउनमा केन्द्रित समूह (प्यानल )बस्न अनुमति दिनेछ।

उनिलाई साक्षीहरूलाई बयान दिन बाध्य पार्न र थप प्रमाणहरू जम्मा गर्न उपस्थिति-पत्र (समन ) जारी गर्नको लागि यस्तो ठूलो निर्णायक समिति चाहिने उनले बताइन ।

२०२२ को अर्ध बार्षिकमा ट्रम्प विरुद्ध आरोप लगाउने कि नलगाउने भन्ने बारे निर्णय गर्ने अपेक्षा रहेको उनले बताइन ।

उनले गत हप्ता लेखेकी थिइन् कि उनको कार्यालयले “सन् २०२० मा जर्जिया राज्यको निर्वाचन प्रशासन सहितको उचित सम्भाव्यता जनाउने सूचना प्राप्त गरेको छ। संयुक्त राज्यको राष्ट्रपतिको चुनाव सम्भावित आपराधिक अवरोधहरूको अधीनमा थियो, “फुल्टन काउन्टीको उच्च अदालतका मुख्य न्यायाधीश क्रिस्टोफर ब्राशरलाई पठाइएको पत्रमा उक्त कुरा उल्लेख गरिएको भनि सिएनएनले समाचार लेखेको छ ।

जर्जिया अनुसन्धान ट्रम्पले पद छोडेको एक वर्ष पछि अन्य थुप्रै अनुसन्धान मध्येको यो अनुसन्धान पनि एक हो। पूर्व राष्ट्रपति ट्रम्प संगठनलाई न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले नागरिक अनुसन्धान र म्यानह्याटन जिल्ला न्यायधिवक्ता कार्यालयले आपराधिक अनुसन्धान गरि गरिरहेका छन्।

प्रतिक्रिया