साहित्यिक क्षेत्रका मेरा अनुभवहरु

अरुणबहादुर खत्री “नदी” २०७८ माघ १० गते ११:३६ मा प्रकाशित

 

मैैले साहित्यिक क्षेत्रमा कलम चलाउन २०३७ सालदेखि थालनी गरेको हुँ।सुरुमा रेडियोनेपालको बालकार्यक्रममा मेरो कथा,कविता,चुट्किलाहरु प्रशारण भैरहन्थ्यो। गोरखापत्रको शनिबार परिशिष्टाङ्गकमा २०४० सालमा मेरो कविता पहिलोपटक प्रकाशित भएको थियो।कविता प्रकाशित हुंदा निकै नै खुसी लाग्यो मलाई। रेडियोनेपालमा बेलुकाको साढे पाँच बजेदेखि छ बजेसम्म बालकार्यक्रम प्रशारण हुने गर्दथ्यो।अहिले पनि हरेक दिन बेलुकी सवा पाँचदेखि साढे पाँचसम्म बालबाटिका कार्यक्रम प्रशारण हुने गर्दछ।अहिले पनि मैले बालकार्यक्रममा बालकथा र बालकविता बेला बेलामा पठाइरहन्छु।मेरो बालकथा र बालकविता अहिले बालकार्यक्रम संचालन गर्ने रिता तिमल्सिना,चन्दा बिष्ट,दिक्षा अवस्थी र रुकमिणी पोखरेलले सुनाइदिने गर्नुहुन्छ।सुरु सुरुमा रेडियोनेपालमा आफ्नो नाम सुन्न पाउँदा निकै नै खुसी लाग्ने गर्दथ्यो।मलाई मेरो नाम रेडियोनेपालमा सुनेर पहिलोपटक २०४० सालमा प्युठान जिल्लाको महेन्द्र माध्यमिक विद्यालयमा पढ्दै गरेको साथी किरण भट्टराईले पठाएका थिए।नचिनेको व्यक्तिले पठाएको चिठी मलाई खोल्न मन लागेन र मेरो दिदीले खोलेर पढेर सुनाउनु भयो।त्यसपछि अरु साथीहरुले पनि मलाई मेरो नाम रेडियोनेपालमा सुनेर र पत्रपत्रिकामा पढेर चिठी पठाउन थाले।करिब एक हजार जनाले मलाई चिठी पठाए होला।मलाई चिठी पठाउने मित्रहरु रामविक्रम थापा,खगेन्द्र गिरी कोपिला,चुडामणी दाहाल विवश, प्रकट पंगेनी शिव,श्रीबाबु कार्की,गोविन्द अर्याल श्रृङ्खला,श्रेष्ठ प्रिया पत्थर, सरस्वती श्रेष्ठ सरु,युक्तप्रसाद श्रेष्ठ,राजाराम रायमाझी,निर्मोही व्यास,मनु ब्राजाकी, साधना प्रतिक्षा,रेखा कौशल रेग्मी,छत्र कार्की क्षितिज,कुमार बजगाई,बुद्धिसागर चपाई, मोहन गाउँले, नवराज शाही,सुविद गुरागाई,ताराकान्त सिग्देल, जिष्णुमोहन भट्टराई,विमलकिशोर के.पी.,रमेश प्रभात,कृष्ण जि.सी.,सागर पण्डित लगायत अरु धेरै हुनुहुन्छ।

मलाई पहिलो चिठी पठाउने किरण भट्टराईको बुबा र मैले भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा संगै बसेर काम गर्न पायौ।मलाई प्युठानबाट चिठी पठाउने मित्र विमलकिशोर के.पी.संग भवन विभागमा संगै बसेर काम गरे।बाग्लुङबाट चिठी पठाउने कृष्ण जि.सी.संग र चितवनबाट चिठी पठाउने सूर्यप्रसाद सापकोटासंग लोक सेवा आयोगमा संगै बसेर काम गर्ने अवसर मिल्यो। लघुकथा,कविता,मुक्तक,बालकथा,कृति समीक्षा,हाइकु विभिन्न साहित्यिक पत्रिकामा प्रकाशित भैरहेका छन्।कृति समीक्षाको लागि कोही कोहीले किताब माग्दा दिन गाह्रो पनि माने।समीक्षा लेखेर कुनै पत्रिकामा छपाउछु नि भन्दा मलाई दिन मन गरेनन्।कोही कोहीले त मेरो किताब पुतलीसडक र भोटाहिटीतिरको किताब बेच्ने पसलमा पाइन्छ नि किनेर भए पनि समीक्षा लेखिदिनु होला नत्र भए पढेर प्रतिक्रिया दिनु होला नि भने।कवि नारायण निरासीसंग उहाँको कवितासङ्ग्रह माग्दा मसंग एकप्रति पनि बाँकी छैन भोटाहिटीको पुस्तक पसलमा पाइन्छ नि भन्नुभयो।मैले देवकोटा शताब्दी स्वर्णपदक ग्रहण गर्नको लागि नइ प्रकाशन घट्टेकुलोमा चिठ्ठी लिन जाँदा इन्दिरा प्रसाई दिदीले मलाई अरुण भाइलाई हामीले सम्मान गरेपछि ठाउँ ठाउँबाट विभिन्न संघसंस्थाहरुले सम्मान गर्छन् भन्नु भएको थियो।साहित्यकार दाजु नरेन्द्रराज प्रसाईले एकपटक मैले काम गर्ने कार्यालय भूमिसुधार तथा व्यवस्थापन विभागको अगाडि नेपाल आर्ट काउन्सील बबरमहलमा नइ प्रकाशनको साहित्यिक कार्यक्रम हुंदा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आइपुग्नु भएपछि मलाई चिनाउनु भएर हाम्रो अरुण नदी भाइ नदी जस्तै शुद्ध छन् उनको पेटभित्र कुनै पाप छैन भनेर चिनाउनु भएको थियो। तीनवटा ज्योतिषीलाई मैले आफ्नो हात हेराउन जाँदा तीनवटै ज्योतिषीले मलाई तपाईले धेरै ठाउँबाट मानसम्मान पाउनु हुन्छ भनेका थिए।मेरो आमाले यस धर्तीबाट हामीलाई छाडेर जानुहुंदा ललिता दोषी,उर्मिला पन्त पाण्डेय,राधा दुलाल कार्की,भाग्यशाली अधिकारी,विद्याप्रसाद घिमिरे,उज्वल जी.सी.,नवराज थापा साहित्यकारहरु मेरो घरमा मलाई भेट्न आउनु भएको थियो।

स्कुलमा पढ्दा शंकरलाल सरले मलाई भानुभक्त नाम राखिदिनु भएको थियो। साहित्यकार प्रा.डा. गार्गी शर्मा दिदी क्षेत्रपाटीमा बस्नु हुंदा बेला बेलामा भेट्न पुग्थे।अहिले मेरो घर नजिक म्हेपीमा बस्नुहुुन्छ।बेला बेलामा म्हेपीको दर्शन गर्न जाँदा पस्छु।उहाँ पनि मेरो घरमा आउनु हुन्छ कहिले काही।गीतकार दिदी शिला पन्त पनि एकपटक मेरो घर खोज्दै मलाई भेट्न २०७७ फागुनको ९ गते आउनु भएको थियो।उहाँको घर सिफलमा म दुईपटक पुगेको थिए।एकपटक म ताहाचलमा रेवती राजभण्डारी दिदीको घरमा पनि पुगे।एकपटक कथाकार दिदी पद्मावती सिंहको घरमा पुगेर भेटघाट गरेको थिए।इन्द्र माली र वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानको घरमा पनि पुग्ने अवसर मिल्यो।तीन पटक म शिवपुरी मा.वि.महाराजगञ्जमा लोक सेवा आयोगको परीक्षामा खटिदा आख्यानकार इल्या भट्टराई दिदीको घर पानीपोखरीमा पुगेको थिए।ललिता दोषीको घर बुद्धनगर बानेश्वरमा पनि म तीन पटक पुगे ललिता दोषीको सासुआमासंग रमाइलो गफगाफ गरे।अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बन्दको दिनमा हिँडेर अफिस जाँदा गौशालामा साहित्यकार दिदी भुवन ढुंगाना र साहित्यकार दाजु ज्ञानुवाकर पौडेलको घरमा पुगेर भेटेको थिए।पुरानो बानेश्वरमा हिरण्यकुमारी पाठक,सुशिला देउजा र हेम हमालको घरमा एकै दिनमा पुगेर भेट गर्न पाएको थिए।बेला बेलामा साहित्यकार दिदी जलेश्वरी श्रेष्ठ दिदीको घरमा पनि पुग्ने गरेको छु ।एकपटक मेरो प्रोस्टेटको अपरेशन भएपछि उहाँ मेरो घरमा भेट्न आउनु भएको थियो।साहित्यकार दिदी रमा शर्मा,राधिका पन्त,श्रीराम राई,गंगा कर्माचार्य पौडेल, ललिता दोषी,तारा के.सी.,सीता बिष्ट कार्की,लिलाराज दाहाल भाई, कौशल्या रिसाल,द्वारिका कुईकेल,ऋषिराम पाण्डे, एम.पि.आस्था,दिनेशविक्रम थापा, रिता खत्री,निर्मलरमण पराजुली,घनबहादुर थापा,प्राज्ञ माया ठकुरी दिदी र मन्दिरा मधुश्री पनि मलाई भेट्न आउनु भएको थियो।गणेशप्रसाद गैह्रे,श्रीओम श्रेष्ठ रोदन दाजु,भाग्यशाली अधिकारी दाजु, प्रमोद स्नेही,दिदीहरु हिरण्यकुमारी पाठक र सुशिला देउजा अस्पतालमा भेट्न आउनु भएको थियो।साहित्यकार एस पि कोइराला,दिनेश अधिकारी,जयदेव भट्टराई,श्रीओम रोदन,गोपाल पराजुलीको घरमा एकपटक पुग्ने मेरो ठूलो धोको छ।

२०६५ सालतिर कवयत्री गीता कार्कीको निवास मेरो घरदेखि नजिकै सामाखुसी रानीबारीमा पुगेको थिए।गीता कार्कीले मलाई के काम परेर आउनु भयो भन्नु भयो ?मैले तपाईको कवितासङ्ग्रह एकप्रति पाइन्छ कि भनेर आएको भने।उहाँले सालका ठुटा र एकटुक्रा घाम कवितासङ्ग्रह एकप्रति दिनु भयो।उहाँसंग करिब आधा घण्टाजति चिया पिउँदै गफमा भुले।कवितासङ्ग्रहको समीक्षा मिर्मिरे पत्रिकामा प्रकाशित गरे।२०६४ सालतिर म लोकसेवा आयोग कमलपोखरीमा हुंदा अफिसबाट घर फर्कदै गर्दा नारायणहिटी दरबारमा परराष्ट्र मन्त्रालयमा पसेर कथाकार रुनुनु चापागाईलाई भेट्न पुगे।उहाँले उहाँको कथासङ्ग्रह समर्पण एकप्रति झिकेर दिनु भयो । कथासङ्ग्रहको समीक्षा पनि लेखेर प्रकाशित गरे। २०६८ सालतिर कवयत्री सन्ध्या पहाडीको घामको अक्षर नामक कवितासङ्ग्रहको समीक्षा लेखेर कृषि विकास वैंकबाट निस्कने समष्टी साहित्यिक पत्रिकामा प्रकाशित भएको थियो।कवि रमेश श्रेष्ठको अक्षरको खेत नामक कवितासङ्ग्रहको समीक्षा लेखेर यादव भट्टराईले निकाल्नु भएको शब्द सिन्धु पत्रिकामा प्रकाशित हुन पाएको थियो।२०७० साल फागुन महिनामा हाम्रो मझेर साहित्य प्रतिष्ठानले मलाई सम्मान गर्न बोलाउदा म चितवन पुगेको दिनको बेलुका मेरो पत्रमित्र रमेश प्रभात, बालकृष्ण थपलिया र भूपिन व्याकुल मलाई स्वागत गर्न आउनु भएको थियो।

कृष्ण शाह यात्री र नवराज रिजाल २०५० तिर म रक्षा लेखा नियन्त्रकको कार्यालयमा काम गर्दा हवाईपत्रमा छापिएको हवाई पत्रिका लिएर मलाई भेट््न आउने गर्नुहुन्थ्यो।कहिले काही रमेशचन्द्र घिमिरे पनि लमजुङबाट काठमाडौं आउदा मलाई भेट्न आउने गर्नुहुन्थ्यो।दुईपटक जुम्लाबाट मेरो पत्रमित्र साथी नवराज शाही पनि मलाई भेट्न आउनु भएको थियो।एकपटक चाहि भेट हुन सक्यो र अर्को पटक चाहि म कार्यालयको कामको सिलसिलामा गोरखा र पोखरामा गएको बेला मलाई भेट्न आउनु भएको रहेछ भेट हुन सकेन । म भवन विभागमा काम गर्दा बसन्तप्रकाश उपाध्याय,शान्ति प्रिय,मनोज पन्त असिम, दिलिपकुमार चौधरीहरु मलाई भेट्न आइरहने गर्नुहुन्थ्यो।म भूमिसुधार तथा व्यवस्थापन विभागमा छदा लेखराम सापकोटा निर्दोषयात्री र प्रमोद स्नेही मलाई भेट्न आइरहनु हुन्थ्यो।कार्यालयको कामको सिलसिलामा पोखरामा जाँदा मैले गीतकार विनोद गौचन,गजलकार प्रकट पंगेनी शिव,रमेशचन्द्र घिमिरे, दिपक समिप,सरस्वती श्रेष्ठ सरु,कवि रमेश श्रेष्ठसंग भेट गरे।मेरो फर्माइस गीतमा नाम आइरहने पत्रमित्र आकाश बास्तोलाको घर खोज्दै पुगे तर उसंग भेटन हुन सकेन उसको बहिनीसंग भेट भयो मेरो।भूमिसुधार कार्यालय महोत्तरी र धनुषामा काजमा जाँदा धनुुषा जनकपुरधाममा पत्रमित्र साथी मुकेश खनालको बुबा र आमासंग, पत्रमित्र भाइ दिनेश गरिब, पत्रमित्र सुजित ढकालको बुबा कन्हैया ढकालसंग, साहित्यकार मुन पौडेलसंग भेट भएको थियो । पत्रमित्र मुकेश खनालको बुबा गौरीशंकर उपाध्यायसँग एउटै विभागमा बसेर २०४६ सालमा तेह्र महिना काम गरेको थिए राष्ट्रिय वाणिज्य बैंक टंगालमा।गोरखामा जाँदा उत्प्रेरणा हवाईपत्रिका निकालेर पठाउनु हुने मित्र सुभास क्षेत्री प्रतिकसंग भेट हुन सक्यो राजकुमार बानियासंग भेट हुन सकेन।२०४५ सालमा होटल शेर्पामा काम गर्दा दस दिनजति विदा स्विकृत गरेर पुस महिनामा म बुबासंग बर्दिया जाँदा ताराताल बर्दियाको पत्रमित्र साथी चिरन्जीवी भट्टराईसंग भेट भयो।तनहुँ दमौलीमा जाँदा रेडियोनेपालमा फर्माइस गीतमा नाम आइरहने पत्रमित्र साथी सागर उदाससंग भेट गर्ने अवसर मिल्यो।चितवनमा जाँदा मेरा पत्रमित्र साथीहरु गजलकार पुष्प अधिकारी अञ्जली, भुपिन,भुषणबाबु श्रेष्ठ,विजयराज बज्राचार्य,रमेश प्रभात,राजाराम खरेलसंग भेट हुन सक्यो।

२०४९ सालतिरको कुरा हो विमोचन मासिक पत्रिकामा पत्रमित्र स्तम्भमा मेरो नाम ठेगाना र घरको फोन नम्बर प्रकाशित हुंदा लैनचौरबाट हरिराम पौडेलजीले मलाई फोन गर्नु भएको थियो । त्यही बेलादेखि उहाँसँग मेरो सम्बन्ध गाँसिन पुगेको छ । उहाँ त्यसबेला मैले कक्षा चारदेखि दशसम्म पढेर २०३९ सालमा एस.एस.सी. दिएको शान्ति विद्या गृह लैनचौरमा उहाँ कक्षा दशमा पढ्दै हुनुहुन्थ्यो । अहिले उहाँसंग मेरो गहिरो सम्बन्ध छ र उहाँले चलाउनु हुने रेडियो सिटीको हरेक शनिबार रातको ठिक ९.०० बजेदेखि १०.०० बजेसम्म आउने चौथो प्रहर कार्यक्रममा मैले आफ्नो सृजना बेला बेलामा फोन गरेर सुनाउदै आएको छु । उहाँको गीतसङ्ग्रहको समीक्षा लेखेर महामण्डल त्रैमासिक पत्रिकामा प्रकाशित पनि गरेको थिए । अनामनगरमा नेपाल बन्दको दिनमा हिँडेर म कवि मुक्तककार दाजु राधेश्याम लेकालीको घरमा पुगेको छु । लेकाली दाजुसंग मेरो सम्बन्ध निकै गाढा भएको छ । अध्यागमन कार्यालय एअरपोर्टमा मैले २ वर्ष ८ महिना काम गर्दा उहाँको परिवार नेपाल बाहिर जाँदा निकै सहयोग गरेको थिए । लोकगीत गायक हिरण्य भोजपुर र उर्मिला श्रेष्ठ अमेरिका जाँदा पनि सहयोग गरेको थिए । वियोगी बुढाथोकी दाजुको परिवार बेलायत जाँदा पनि सहयोग गरेको थिए । रुकु कार्की दिदी अमेरिका जाँदा र लक्ष्मी उप्रेती दिदी इण्डिया जाँदा मेरो भेट हुन पुगेको थियो । ज्ञानेन्दं गदाल, मदन पुरस्कार विजेता अमर न्यौपाने नेपाल फर्कदा मेरो भेट भएको थियो । मणिराज सिंह र कलाधर काफ्ले दाजु र अन्य साहित्यकारहरुले उहाँहरुलाई मैले ठूलो सहयोग गरेको हुंदा उहाँका कृतिहरुमा मेरो नाम राखिदिनु भएकोछ । २०७० सालमा कवि राधेश्याम भट्टराईको घरमा पुगेर उहाँसंग र भाउजुसंग भेटेर साहित्यिक बार्तालाप गर्ने अवसर जुरको थियो । भाउजु अहिले हामीमाझ हुनुहुन्न । साहित्यकार तथा गायक गणेश रसिक दाजुको घरमा पनि बेला बेलामा टंगाल गहनापोखरीमा पुग्थे र दाजुभाउजुसंग रमाइलो कुराकानी हुन्थ्यो । भाउजु अहिले हामीमाझ हुनुहुन्न ।
२०७४ सालमा मैले पोस्टेटको अपरेशन गरेपछि साहित्यकार दाजु विष्णुविभु घिमिरे नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुनुहुदा निकै ठूलो सहयोग गर्नु भएको थियो । सुरुमा विष्णुविभु दाजुसंग विमोचनको कार्यालयमा जाँदा उहाँले विमोचन पत्रिका हेर्ने गर्नुहुन्थ्यो डिल्लीबजारको बाटुलेघरमा पसेर मैले रचनाहरु दिन्थे र मेरा रचनाहरु बेला बेलामा छापिन्थ्यो । मधुपर्कको सहसम्पादक त्रिभुवनचन्द्र वाग्ले दुईपटक मेरो घरमा कवितासङ्ग्रह लिएर मलाई दिन आउनु भयो र विमल भौकाजीले निकाल्नु हुने शारदा मासिक पत्रिकामा उहाँको कवितासङ्ग्रहको समीक्षा छाप्न पाए । २०४९ सालतिर म मालीगाउँमा पुग्दा भिमनिधि तिवारीको छोरीहरु डा. बेञ्जु शर्मा र मञ्जु काँचुलीको घरमा पसेर भेट्ने अवसर मिल्यो । त्यही बेलादेखि उहाँहरुसंग मेरो सम्बन्ध गाँस्यो । दुबै दिदीहरुको कविता र कथासङ्ग्रहको समीक्षा लेखेर मधुपर्क र गरिमामा प्रकाशित भयो । रामकुमार पण्डितले मलाई २०७१ साल प्रकाशित भएपछि नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यिक कार्यक्रममा भेट हुदा देशको खोजी नामक लघुकथासङ्ग्रह दिनु भएको थियो समीक्षा लेख्न भनेर । तर उहाँको लघुकथासङ्ग्रह मेरो खाटमुनी थन्केर बसेको रहेछ । २०७६ सालतिर उहाँले मलाई खै मेरो लघुकथासङ्ग्रहको समीक्षा गरिदिनु भएन नि भन्नु भयो उहाँले सम्झाउनु भएपछि मैले उहाँको लघुकथाको समीक्षा लेखेर भिम खरेल दाजुले निकाल्नु हुने प्रतिनिधि द्वैमासिक पत्रिकामा प्रकाशित भयो र २०७६ भाद्र कुशे औंसीको दिनमा लेखनाथ साहित्य सदनमा उहाँलाई बोलाएर पत्रिका दिन पुगे । त्यसपछि उहाँले कवितासङ्ग्रह मेरो अफिसमा ल्याएर दिनु भयो र अहिले निस्केको कथासङ्ग्रह मेरो घरमा ल्याएर दिनुभयो । डा. रविन्द्र समीर पनि एकताका गोंगबुको बाटोबाट शनिबारको दिन ओहोरदोहोर गर्दा फोन गरेर मलाई बोलाउनु भएर उहाँका कृतिहरु दिने गर्नु हुन्थ्यो । अहिले उहाँको कृतिहरु मैले पाउन सकेको छैन ।

मेरो पुरानो पत्रमित्र साथीहरु गोविन्दराज शिवाकोटी बेहोसी, नारायण कटुवाल, छत्र क्षितिज, बेनामी अज्ञात, गणेश पौडेल अन्जान, हेम भण्डारी, दुर्गा घिमिरे, गजेन्द्र बुढाथोकीसंग आजकल सम्पर्क हुन सकेको छैन । हरेक वर्ष कुशे औंसीको दिनमा लेखनाथ साहित्य सदनमा प्रदान गरिने युवामोती पुरस्कार पाउने चर्चामा नाम चलेका रेडियोनेपालमा कार्यरत डा. नवराज लम्साल, उज्वल जी.सी., गोपीकृष्ण ढुंगाना र ललिता दोषीले युवामोती पुरस्कार पाउन नसक्दा मलाई दुःख लागेको थियो । त्यो पुरस्कार चालिसवर्ष मुनिकालाई मात्रै प्रत्येक वर्ष दुई जनालाई दिने गरेको छ । कोही कोही पत्रमित्र साथीहरुले आफ्नो रचनाहरु मलाई हुलाकबाट पठाउने गर्नुहुन्थ्यो र काठमाडौंको कुनै पनि पत्रिकामा लगेर दिन्थे । छापिएपछि पत्रिका हुुलाकबाट नै पठाइदिन्थे । कालिकोटको पत्रमित्र साथी बुद्धिसागर चपाईको कविता र गजल पनि विभिन्न पत्रिकामा छपाइदिन्थे । बुद्धिसागरको रचना पहिलोपटक मैले नै छापिदिएको हुं । काठमाडौं आएर क्याम्पसमा पढ्न थाल्नुभएपछि पहिलोपटक उसलाई भेट्न भूमिसुधार विभाग पुतलीसडक न्यूप्लाजामा मैले काम गर्दा रत्नराज्य लक्ष्मी क्याम्पसमा पुगे वरिष्ठ साहित्यकार दिदी रमा शर्माले पढाइरहनुु भएको कक्षामा उसंग भेट हुन पुग्यो । पछि उसको सङ्ग्रहहरु निस्केको थाहा पाएपछि पढेर समीक्षा लेख्न माग्दा मलाई दिनु भएन । उसको रारा जलेपछि नामक गजलसङ्ग्रह निस्केको थाहा पाएपछि अफिस जान लाग्दा पुतलीसडकमा प्रमोद स्नेहीसंग भेट हुन पुग्यो र प्रमोदजीले मेरो घर जाउँ अरुणजी भन्नु भएर उहाँको घरमा लैजानु भयो र बुद्धिसागर चपाईको रारा जलेपछि नामक गजलसङ्ग्रह दिनु भयो र गजलसङ्ग्रहको समीक्षा रचना दुईमहिने पत्रिकामा प्रकाशित भयो । अफिस जान लाग्दा एकपटक बागबजारमा सुन्दर गुुरुङको कवितासङ्ग्रहको विमोचनको निम्तो पाएर म पुगे । सुन्दर गुरुङ नेपाल बाहिर बस्नु हुन्थ्यो । उहाँको विमोचन भएको कवितासङ्ग्रह मैले पनि एकप्रति पाएर समीक्षा लेखेर शिवपुरी सन्देश पत्रिकामा छापियो । त्यही कार्यक्रम सकिएपछि जलपान हुंदा हाम्रो सामाखुसी साहित्य समाजको कार्यक्रममा आइरहनु हुने मुक्तककार रुद्र अधिकारीले आफ्नो मुक्तकसङ्ग्रह झोलाबाट झिकेर वियोगी बुढाथोकी दाइलाई दिनु भएको देखेपछि मैले पनि एकप्रति पाउन सकिन्छ समीक्षा लेख्नको लागि भन्दा पुतलीसडकतिर किन्न पाइन्छ नि भन्नु भयो । मलाई मुक्तकसङ्ग्रह दिन मान्नु भएन । एकताका हातैले लेखेर आफ्ना लेखरचनाहरु पत्रिकाको कार्यालयमा लगेर दिएर छाप्दा धेरै साहित्यकारहरुको लेखरचना संकलन गरेर मैले विभिन्न पत्रिकाको कार्यालयमा पुगेर दिएर छपाउने गर्दथे मधुसुदन घिमिरे, रासा, ज्ञानेन्द्र विवश, चेतनाथ धमला, कृष्ण शाह यात्रीहरुले अरुणजीले धेरैको रचना ठाउँ ठाउँमा पु¥याइदिनु भएर ठूलो सेवा गर्नुभएको छ भन्ने गर्दथे । दोभान साहित्यिक त्रैमासिक पत्रिका निकाल्नु हुने बालिका गिरी दिदी म भूमिसुधार तथा व्यवस्थापन विभाग बबरमहल र लोक सेवा आयोग अनामनगरमा छदा मसंग रचना माग्न आइरहनु हुन्थ्यो मैले आफूले लेखेका रचनाहरु दिन्थे र प्रकाशित भएपछि पत्रिका ल्याइदिनु हुन्थ्यो ।

२०५० सालतिरको कुरा हो कान्तिपुर दैनिक पत्रिका मधुपर्क गोरखापत्रको शनिबारमा कवि एवं गीतकार रमेशजङ्ग सिजापतिको कविता गीत लेखहरु पढ्न पाइरहन्थे उहाँको रचना पढेपछि उहाँसंग सम्पर्क गर्न मन लागेर नइ प्रकाशनको टेलिफोन डायरीबाट उहाँको टेलिफोन नम्बर पत्ता लगाएर उहाँसंग चिनाजानी गर्ने अवसर मिल्यो । रत्नपार्कको पाठ्यसामाग्री पसलमा उहाँसंग बेला बेलामा भेटेर रमाइलो गफगाफ गर्थे । चित्रकार डा. रामकुमार भौकाजी नेपाली कला विज्ञानमा पि.एच.डी. गर्ने पहिलो नेपाली, जुजुकाजी रञ्जीत मेकानिकल इञ्जिनियर वरिष्ठ गायक, चित्रकार मोहननरसिंह राणा विश्व हुलाक टिकट दिवसमा १८८ राष्ट्रमा प्रथम भएको र प्राध्यापक डा. दयाराम श्रेष्ठ सम्भवसंग मेरो परिचय पनि गराउनु भएको थियो । कवि रामेश्वर राउत मातृदाससंग मेरो बेला बेलामा फोनमा सम्पर्क भइरहन्थ्यो । म लोक सेवा आयोग अनामनगरमा कार्यरत छदाखेरि कुनै कुनै दिन उहाँले मलाई फोन गर्नुभएर पुुतलीसडकमा पद्योदय मा.वि. रामशाहपथको अगाडि बोलाउनु हुन्थ्यो र त्यहाँको एउटा होटलभित्र पसेर कहिले चिया मात्रै कहिले चिया समोसा खाएर गफगाफ गर्ने गथ्र्यौ र आफ्ना रचनाहरु मलाई लेखेर दिनु हुन्थ्यो र विभिन्न पत्रिकामा लगेर छाप्न दिन्थे । काठमाडौं बाहिरको पत्रिकामा पनि हुलाकबाट पठाएर छापिन्थ्यो । म अध्यागमन कार्यालय एअरपोर्टमा कार्यरत छदा एकदिन नेपाल बन्दको दिनमा बिहानै हिँडेर ज्ञानेश्वरको बाटो हुदै अफिस जान लाग्दा उहाँको घरमा पसेर उहाँको श्रीमती र उहाँसंग गफमा भुल्न पाएको थिए । विराटनगरको पत्रकार शंकर खरेलले उहाँको कथासङ्ग्रहभित्र मेरो नाम दुई ठाउँमा राख्नु भएको छ रे भन्ने बारेमा मैले कवि मुक्तककार चुडामणि नेपाल अकिञ्चनबाट थाहा पाएको छु । रेडियो कान्तिपुरमा के छ नेपालमा स्रोताहरुले फोन गरेर आफ्ना साथीभाइहरुलाई सम्झन पाइनेमा बर्दिबास महोत्तरीको शंकर कार्कीले मलाई सम्झनु हुंदा कार्यालय चलाउनु हुने महेश लिम्बुले अरुण नदीको नाम त पहिला पहिला मैले रसरङ्ग रङ्गमञ्च पत्रिकाहरुमा देखिरहन्थे नि भन्नु भएको रहेछ ।

एकदिन कार्यालयबाट शुक्रबारको दिन घर फर्कदै गर्दा कान्तिपथमा राष्ट्रियसभाको कार्यालयमा पसे । गीतकार दाजु बुद्धवीर लामा कहाँ हुनुहुन्छ भनेर एउटा कर्मचारीलाई सोध्न पुगे । उहाँ अहिले क्यान्टीनमा खाजा खान जानु भएको छ जवाफ आयो । क्यान्टीन कता छ भनेर खोज्दै गए क्यान्टीन देखेपछि बुद्धवीर लामा दाजु लाई पहिलोपटक भेट्ने अवसर मिल्यो । दाइको गीत साह्रै मन पर्छ मलाई सुनिरहन मन लाग्छ नि मैले भने । उहाँले के मगाउ भन्नु भयो मैले चिया र बिस्कुट खान्छु दाइ भने उहाँले चिया र ग्लुकोज बिस्कुट एक पुरिया मगाउनु भयो र चिया बिस्कुट खाँदै गफ ग¥यौ । म अध्यागमन कार्यालय त्रि.अ.वि. मा हुँदा उहाँको पनि त्यही कार्यालयमा सरुवाको पत्र आयो तर उहाँ हाजिर हुन आउनु भएन जागिर नै छाड्नु भयो । साहित्यकार प्रतिक ढकाल दाजुसंग राष्ट्रिय वाणिज्य वैंकमा केही समय संगै बसेर काम गर्ने अवसर मिल्यो । प्राज्ञ गीतकार श्रवण मुकारुङले २०७० साल असार पन्ध्र गतेको दिन नुवाकोटमा साहित्यिक सम्मान कार्यक्रममा संगै एउटै माइक्रोवसमा चढेर बाटोमा गफ गर्दै जाँदा तपाईको सम्मान भन्ने थाहा पाएर म पनि नुवाकोट पहिलो पटक जान लागेको छु नि भन्नु पुगे । उहाँले अरुण नदीजीको हातबाट सम्मान लिने मलाई ठूलो धोको छ भन्नु भयो । किन नि ? भनेर मैले सोधे । अरुण नदी भाइ नदी जस्तै चोखो पवित्र भएकोले नि उहाँले भन्नु भयो । प्राज्ञ कवि मातृका पोखरेल नेपाल विद्युत प्राधिकरणमा काम गर्नु हुंदा म आफ्नो घरको विजुलीको महशुल तिर्न रत्नपार्कमा पसेपछि उहाँसंग भेट भयो र उहाँले हाम्रो विद्युत प्राधिकरणको ज्योति पत्रिकालाई रचना पठाउनु नि भन्नु भयो । मैले त्यो पत्रिकालाई पहिलो पटक इल्या भट्टराई दिदीको कथासङ्ग्रहको समीक्षा लेखेर उहाँलाई अर्को दिन पुगेर दिए । प्रकाशित भयो प्रकाशित भएपछि मलाई तीनसय रुपैया पारिश्रमिक र एकप्रति ज्योति पत्रिका उहाँले दिनु भयो । उहाँले पारिश्रमिक दिने पत्रिकामा रचना माग्नुहुंदा मलाई साह्रै खुशी लाग्यो ।

एकपटक वरिष्ठ गीतकार दाजु दिनेश अधिकारीसंग रेडियोनेपालमा भेट हुन पुग्यो । दाइको अफिस कहाँ हो भनेर साध्न पुगे । उहाँको अफिस महान्यायधिवक्ताको कार्यालयमा म अर्कोदिन उहाँसंग अन्तर्वार्ता लिन प्रश्नहरु लिएर पुगे । उहाँले मैले लेखेको प्रश्नहरुको जवाफ एकहप्तापछि अफिसमा ल्याउनु भयो र म लिन पुगे । राष्ट्रिय वाणिज्य वैंकको मनोभाव पत्रिकामा दिनेशविक्रम थापाजीले प्रकाशित गरिदिनु भयो । अन्तर्वार्ता प्रकाशित भएपछि उहाँ र म दुबैजनाले पारिश्रमिक पायौ । एकपटक कवि अनिल पौडेल दाजुले नदी भाइले साहित्यकारहरुको अन्तर्वार्ता लिदा पारिश्रमिक दिने पत्रिकामा दिए राम्रो हुने थियो भन्नु भयो । उहाँको र त्यतिखेर मधुपर्कको सम्पादक श्रीओम श्रेष्ठ रोदन दाजुको अन्तर्वार्ता लिएर नेपाल राष्ट्र बैंकको मिर्मिरे पत्रिकामा अरबिन्द मालाकार दाजुले प्रकाशित गरिदिनु भयो । अन्तर्वार्ताको पारिश्रमिक पनि पाए मैले । म अध्यागमन कार्यालयमा छदा गजलकार प्रकाश बस्नेत गफाडीले दुईपटक मलाई भेट्न आउनु भएर एकपटक कथासङ्ग्रह र अर्कोपटक गजलसङ्ग्रह दिनु भयो र मैले समीक्षा लेखेर प्रकाशित गरिदिए । कवयत्री रश्मी भट्टले बेला बेलामा मलाई नेपाल बाहिर अमेरिकाबाट सम्झने गर्नु हुन्छ । मेरो कवितासङ्ग्रहको समीक्षा चाडै लेखिदिनु होला भन्नु हुन्छ तर उहाँको कवितासङ्ग्रह भने मैले पाउन सकेको छैन । सिन्धुपाल्चोकबाट डम्बर रसिक भारतीले पनि मलाई लामो समयपछि सम्झेर २०७८ माघ महिनामा फोन गर्नुभएको थियो ।

भूमिसुधार तथा व्यवस्थापन विभाग बबरमहलमा मैले जागिर खादा साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित्लाई बेला बेलामा भेट्न राष्ट्रिय विमा संस्थानमा पुग्दथे । २०५८ सालतिरको कुरा हो राष्ट्रिय विमा संस्थानमा दिउँसो खाजा खाने समयमा जाँदा मलाई रमेशजङ्ग सिजापति दाजुले देख्नु भएर साहित्यकार भाग्यशाली अधिकारी दाजुसंग परिचय गराइदिनु भयो । साहित्यकार दिदी उषा शेरचन, भागिरथी श्रेष्ठ, पद्यावती सिंह, दाजु परशु प्रधान, शताब्दी पुरुष सत्यमोहन जोशी, राष्ट्रकवि माधव घिमिरे, दाजु जयदेव भट्टराई, भुपिन व्याकुल, विष्णुविभु घिमिरे, अमर न्यौपाने, निलम कार्की निहारिका, दुर्गा किरण तिवारी, प्रभा बराल, प्र्रतिक ढकाल, मोहन दुवाल, जय छाङ्छा, श्रवण मुकारुङ, डा. घनश्याम परिश्रमी, गीतकार राजेन्द्र थापा, विनोद नेपाल, डा. राजेन्द्र विमलका सङ्ग्रहहरु पढ्न पाएको छैन । मलाई मेरो रचना प्रकाशित भएको साहित्यिक पत्रिका र निस्केका सङ्ग्रहहरु दिन चाहनु हुनेहरुले अहिले मेरो दिदीले पढाउनु हुने नेपाल युवक मा.वि. पकनाजोलमा र सुशिल मेडिकल हल सरकारी धारा, सामाखुसीमा छाडिदिने गरेर मैले पाउने गरेको छु । म्याग्दीबाट नवप्रतिभा साहित्यिक हवाईपत्रिकामा मेरो लघुकथाले उत्कृष्ट स्थान पाएर प्रमाणपत्र मलाई हुलाकबाट २०६० सालमा आएको थियो । त्यस्तै रत्नराधिका साहित्य परिषद्ले मैले साहित्यिक क्षेत्रमा योगदान पु¥याए वापत हुलाकबाट नै मलाई सम्मानपत्र खामभित्र राखेर आएको थियो । २०७६ सालमा हाम्रो घरको परिवार माघ महिनामा शनिबारको दिन गोदावरी र मनकामना मन्दिर ललितपुरमा घुमेर फर्किदै गर्दा सुनिल पुरी सुनितले मलाई फोन गर्नु भएर मैले एकजना कवयत्री बहिनीलाई लिएर तपाईको घरमा आउदैछु भन्नु भयो हुन्छ नि म पाँच बजेसम्म घर पुगीसक्छु तपाईहरु अगाडि पुग्नुभयो भने मलाई पर्खनु होला भने म नै पहिला पुगे र कवयत्री बहिनी सुमन थापा सङ्गम र सुनिल पुरीजीसंग एकघण्टा जति चिया पिउदै गफगाफ गरे कवयत्री बहिनीले मलाई एउटा कवितासङ्ग्रह माइतीघरको फूल उपहार स्वरुप दिनु भयो मैले उनको कवितासङ्ग्रहको समीक्षा लेखेर प्रकाश साप्ताहिक पत्रिकामा प्रकाशित गरे । वरिष्ठ साहित्यकार दाजु मदनमणि दिक्षितको घर डिल्लीबजार कालिकास्थानमा म २०६८ सालमा पुगेर उहाँसँग भेट गरेको थिए । कमलमणि दिक्षित दाजु सामाखुसी साहित्य समाजको साहित्यिक कार्यक्रममा आउनु हुंदा भेट्ने अवसर जुरेको थियो । एकपटक चर्चित साहित्यकार द्वय निबन्धकार युवराज नयाँघरे र रामविक्रम थापा मेरो अफिसमा एकैदिन मलाई भेट्न आउनु भएको थियो ।

२०६० सालतिरको कुरा हो असोज महिनामा मलाई साहित्यिक क्षेत्रमा लागेको दुई दशक नाघेको हुदा भूमिसुधार तथा व्यवस्थापन विभागमा स्रगै काम गर्ने साथीहरु भूमिराज थापा, भोला पनेरु, बद्रिबहादुर कार्की, जुनु ज्ञवाली, सुभद्रा पोखरेल, गौरी आचार्यहरुले सम्मान गरेका थिए । २०६० साल कार्तिक महिनामा मलाई कवि द्वय भाग्यशाली अधिकारी र रमेशजंग सिजापतीले सामाखुसीको मर्निङ स्टार बोर्डिङ स्कुलमा ढाका टोपी र निधारमा रातो टिका लगाएर सम्मान गरेका थिए । कथाकार तथा गीतकार नेपाल प्रहरीका पूर्व कर्मचारी राजुबाबु श्रेष्ठ र कवि गीतकार विद्याप्रसाद घिमिरेले एकपटक मलाई मेरो घरमा भेट्न आउनु हुदा मेरो आमासंग हामी तपाईको छोरालाई प्रहरी प्रधान कार्यालयको प्रहरी दिवसमा एकपटक सम्मान गर्नेछौ भन्नु भएको थियो । प्रहरी द्वैमासिक पत्रिकामा मेरा रचनाहरु प्रकाशित बेला बेलामा भैरहेका पनि छन् । सिपाही पाक्षिक पत्रिकामा पनि मेरो कविता अहिले पनि बेला बेलामा छापिने गरेका छन् । नेपाल बाहिरबाट अहिले बेला बेलामा कृष्ण बजगाई, पुष्पराज धमला, मोहन आचार्य जलद, रामप्रसाद सापकोटा, ताराप्रसाद चापागाईले मलाई फोन गरिरहनु हुन्छ । सामाखुसी साहित्य समाजले गर्दै आएको कवि गोष्ठीमा २०६४ माघ महिनामा साहित्यकार दिदी गंगा कर्माचार्य पौडेलले मलाई साहित्यमा योगदान पु¥याए वापत ढाका टोपी लगाइदिनु भएर साहित्यिक कृतिहरु उपहार दिनु भएको थियो । सामाखुसी साहित्य समाजमा पाएको दुइटै ढाका टोपी अहिलेसम्म जतन गरेर राखेको छु । २०६९ साल पुस महिनामा लुइसब्रेलको जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञाचक्षु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकार ललिता दोषीले फोन गरेर पहिलोपटक मलाई बोलाएर दोसल्ला ओढाएर सम्मान गरेको थियो । २०५२ सालतिरको कुरा हो मेरो पत्रमित्र साथी विवश पोखरेल काठमाडौं आउनु हुंदा मेरो घरमा टेलिफोन आउन नसक्दा काकाको घरको टेलिफोनमा मलाई फोन गर्नु भएको थियो करिब एक घण्टाजति फोनमा हाम्रो कुराकानी पनि भएको थियो । बेला बेलामा निर्माेही व्यासले पनि बिहान पाँचबजेपछि मलाई फोन गर्नु हुन्थ्यो । अग्नीचक्र मासिक पत्रिकाको सम्पादक र कलश मासिक पत्रिकाको सम्पादकले पनि ती दुबै पत्रिकालाई मैले प्रत्येक महिना साहित्यिक रचना लेखेर पठाइरहने गरेको हुंदा सम्मानित एक न एक दिन गर्छौ भनेका छन् । सबैभन्दा धेरै मैले रामप्रसाद पन्त दाजुको एघारवटा कृतिको र भद्रकुमारी घले दिदीको नौवटा कृतिको समीक्षा लेखेर विभिन्न पत्रिकामा प्रकाशित गरेको छु ।

साहित्यिक कार्यक्रममा धेरै ठाउँमा पुगे पनि । चितवनमा पनि दुईपटक २०७० सालमा पुगे मलाई हाम्रो मझेरी साहित्य प्रतिष्ठानले सम्मानित पनि गरेको थियो अर्को पटक २०७४ साल वैशाख महिनामा पुगे । २०७३ साल मंसिर महिनामा म्याग्दी साहित्य सञ्चारले साहित्यिक कार्यक्रममा मलाई सम्मान गर्ने भनेर निम्तो पाएको थिए कार्यक्रम हुने दुईदिन अघिसम्म जाने विचार गरेको थिए हिँड्ने दिनमा घरमा जरुरी काम परेर पुग्न सकिएन । सनातन धर्म सेवा समितिले सिन्धुलीको कुशेस्वर महादेवको मन्दिरमा मलाई २०७२ साल चैत्र महिनामा सम्मान गरेको थियो । २०७२ पुष महिनामा ओखलढुङ्गामा नमस्ते साहित्य परिषद्ले पहिलो पटक मलाई नै सम्मान ग¥यो । नेपालको साप्ताहिक रुपमा प्रकाशित हुने पहिलो साहित्यिक पत्रिका कपन बानेश्वरले पहिलो पटक समाचार साहित्य सम्मान मलाई प्रदान गरेको थियो । २०७५ फागुनमा झापाको साथी राजकुमार खड्गाले कविगोष्ठीको साथै मलाई सम्मान गर्न निम्तो पठाउनु भएको थियो स्वास्थ्यको कारणले गर्दा त्यतिखेर पुग्न सकिन । नुवाकोटमा तिनपटक पुगे आफू सम्मानित पनि भए । २०७४ सालमा नुवाकोटबाट मलाई युगान्तर पुरस्कार दिने घोषणा गरेको थियो त्यतिखेर आफू स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्लीमा गएकोले पुरस्कार लिन जान सकिएन । नयाँदिल्लीमा करिब दश दिनजति बसेर उपचार गरेर काठमाडौं आइपुगेको एकमहिनापछि निदान हस्पिटल पुल्चोक ललितपुरमा डा. नारायण भुसालले मेरो प्रोस्टेटको अपरेशन राम्ररी गरिदिनु भयो । रेडियोनेपालमा अहिले पनि विभिन्न सन्देश दिने कार्यक्रममा मलाई बाहिर जिल्लाबाट विभिन्न व्यक्तिहरुले सम्झने गर्नुहुन्छ । साहित्यकार रमेशमोहन अधिकारी २०७५ सालतिर काठमाडौं आउनु हुंदा मेरो घरको नजिकै सामाखुसी रानीबारीमा पहिलोपटक भेट हुन पुगेको थियो करिब एकघण्टा जति रानीबारीको एउटा होटलभित्र छिरेर चिया पिउदै रमाइलो गफगाफ गर्न पुग्यौ र उहाँले मलाई उहाँको गुराँस र युद्ध कवितासङ्ग्रह दिनु भएको थियो । कवितासङ्ग्रहको समीक्षा लोकभावना पत्रिकामा प्रकाशित भएको थियो ।

लोक सेवा आयोगमा संगै बसेर काम गर्नुहुने सहसचिव हरिदत्त पाण्डेय सरले पटकन साहित्यिक पत्रिका निकाल्न थाल्नु भएपछि मेरो सृजना प्रकाशित भैरहेका छन् उहाँले नदीजीको साहित्यिक योगदानलाई हामीले पत्रिकाको वार्षिकोत्सव मनाउदा सम्मान अवश्य गर्नेछौ पनि भन्नु भएको थियो । कवि कृसु क्षेत्री नेपाल राष्ट्र बैंकको मिर्मिरे साहित्यिक पत्रिकामा काम गर्नु हुदा अरुणजीको नाम मैले सानैदेखि स्कुल पढ्दादेखि नै रेडियोमा सुनेको हुं नि भन्नु भएको थियो । सहसचिव तथा कवि एवं गीतकार रमेश क्षितिजसंग एकपटक नेपाल प्रज्ञा प्रतिष्ठान हिँडेर जादै गर्दा बाटोमा भेट हुंदा अरुणजीको नाम रेडियोनेपालको फर्माइस गीतमा धेरै आइरहन्छ अरुणजीको नाम नसुन्ने कोही पनि छैनन् काठमाडौं बाहिर जानु भयो भने तपाईलाई पाहुना मानेर एक दुई छाक खाना जसले पनि खान दिन्छन् भन्नु भएको थियो । मेरो पचासको दशकको पत्रमित्र साथी छत्र कार्की क्षितिजले एकपटक काठमाडौं आउनु हुंदा अन्तर्वाता लिनु भएर रसरङ्ग पत्रिकामा प्रकाशित भएको थियो । कवि एवं गीतकार दाजु उज्वल जी.सी. ले पनि एकपटक उहाँको घरमा भेट्न जाँदा मेरो अन्तर्वार्ता लिनु भएर गतिविधि साप्ताहिकमा प्रकाशित गर्नु भएको थियो । अग्नीचक्र मासिक पत्रिकाको सम्पादक प्रकाशक लक्ष्मीनारायण भट्टराईले २०७८ सालमा मेरो अन्तर्वाता लिनु भएर २०७८ भाद्र महिनामा प्रकाशित भएको थियो र पत्रिका निस्केपछि मलाई मेरो घर सामाखुसी सरकारी धारामा ल्याइदिनु भएको थियो । कृष्णप्रसाद पराजुली दाजुले उहाँको घरमा मलाई बेला बेलामा बोलाउने गर्नु हुन्थ्यो उहाँसंग रमाइलो गफ हुन्थ्यो पनि । उहाँले मलाई एकपटक नदी भाइलाई जसरी भए पनि सम्मान गर्छु भन्नु भएको थियो तर पुरा हुन सकेन ।

एकपटक रेडियोनेपालको बालकार्यक्रम संचालन गर्नुहुने गायककार दाजु बासुदेव मुनालले पनि रेडियोनेपालको अरुण नदी भाइ नियमित स्रोता हो नि रेडियोनेपालको सबै कार्यक्रम सुन्ने स्रोता पनि हो नि भन्नु भयो । नदी भाइलाई रेडियोनेपालले एकपटक सम्मान पक्कै गर्नेछ भन्नु भयोे । एकपटक रेडियोनेपालमा कार्यक्रम चलाउने कल्पना घिमिरेले पनि अरुण नदी भाइ त रेडियोनेपालको नियमित स्रोता हो नि रेडियोनेपालले अरुण नदी भाइलाई सम्मान एक न एक दिन अवश्य गर्नेछ भन्नु भयो । कृष्णप्रसाद पराजुली दाइको पचहत्तर वर्षको जन्मोत्सवमा विभिन्न संस्थाहरुले सम्मान गर्दा राष्ट्रिय सभा गृहमा साहित्यकार दिदी भद्रकुमारी घलेले नदी भाइलाई पचास वर्ष पुगेपछि म भव्यसंग सम्मान गरिछाड्ने छु भन्नु भएको थियो उहाँले त्यसो भन्नु हुंदा मलाई साह्रो खुसी पनि लाग्यो र २०७६ मा भद्रकुमारी घले सेवा सदनमा मलाई उहाँले सम्मान गरेर पुरस्कार पनि दिनु भयो । भद्रकुमारी घले दिदीको धेरै किताबहरुको समीक्षा पनि लेखेर प्रकाशित गरे मैले । चिचिला बाल मासिक पत्रिका निकाल्ने दिदी भुवनेश्वरी सत्यालले पनि मलाई उहाँको घरमा मैले आफूले लेखेको बालकथा बालकविता बेला बेलामा दिन जाँदा नदी भाइलाई हामीले पहिलोपटक चिचिला बालपुरस्कार दिन्छौ नि छिटै भन्नु भएको थियो । एकपटक लेखनाथ साहित्य सदनमा र एक पटक बालाजु बाइसधारा भित्र कविगोष्ठीमा पनि उहाँँले नदी भाइलाई हामीले चिचिला बालपुरस्कार दिने भएका छौ पहिलोपटक भन्नु भयो तर पुरा हुन सकेन उहाँले यस धर्तीबाट सधैभरिको लागि विदा लिएर जानु भयो ।

धेरै साहित्यकारहरुको मैले लिएको अन्तर्वार्ता ताहाचलबाट निस्कने विश्वदिप साप्ताहिक पत्रिका, विमोचन मासिक पत्रिका, दायित्व, रङ्गमञ्च, रसरङ्ग, समीरण, महामण्डल, युगान्तर, संसाक, मिर्मिरे, समष्टीमा पनि प्रकाशित भएको थियो । मदन पुरस्कार पाउनु भएको साहित्यकार युवराज नयाँघरेसंग पनि बेला बेलामा फोनमा कुराकानी हुने गर्दछ । निबन्ध र नियात्रामा सक्रिय उचाइमा पुग्नु भएको नयाँघरेसंग मेरो पहिलोपटक २०४४ सालमा मैले खानेपानी तथा ढल निकास संस्थान त्रिपुरेश्वरमा काम गर्दा पाण्डव सुनुवार, मदनदास श्रेष्ठ, हिरण्य भोजपुरे, बुलु मुकारुङ दाजुहरु आ–आफ्नो घरमा खानेपानीको धारा जडान गर्न आउनु हुंदा मेरो चिनाजानी हुन पुग्यो र म रेडियोनेपालको स्रोता हुं नि भनेर मैले आफ्नो परिचय दिए । रेडियोनेपालमा वरिष्ठ गायक पाण्डव सुनुवार दाजुले चलाउनु हुने चौतारी कार्यक्रममा भाग लिन जाँदा युवराज नयाँघरेसंग पहिलोपटक भेट हुन पुग्यो । पाण्डव सुनुवार दाजुले पहिलोपटक रेडियोनेपालमा फोन इन कार्यक्रम पनि चलाउनु हुंदा मेरो फोन २०४७ सालमा लागेको थियो शुक्रबार मैले फोन गरेको थिए र शनिबार घरमा आफ्नो आवाज आफैले सुन्न पाएको थिए । भजन शिरोमणी दाजु भक्तराज आचार्यले गाउनु भएको सुभासचन्द्र ढुंगेलले रचना गर्नु भएको जति चोट दिन्छौ देउ मायालु बोलको गीत फर्माइस गरेको थिए । भजन शिरोमणी भक्तराज आचार्य दाजुको घरमा सुशीला आचार्य भाउजुले एकपटक मलाई लैजानु भएको थियो । त्यसपछि युवासंसार कार्यक्रममा कविता पाठ गर्न जाँदा युवराज नयाँघरे, सानुराजा अन्जान र ज्ञानेन्द्र विवशजीसंग भेट हुन सक्यो ।

कोही कोही आफूसंग परिचय नभएका साहित्यकारहरुको कृति पढ््न पाएर समीक्षा लेखेर प्रकाशित पनि गरेको छु । कोही कोहीले त परिचय हुंदा मलाई तपाईको लघुकथा र प्रतिक्रिया मधुपर्कमा पढ्न पाइन्छ नि भन्ने गर्नुहुन्छ । कोही कोहीले त तपाईको नाम युवामञ्चमा धेरै आउने गर्दथ्यो पनि भन्नु हुन्छ । द युनिभर्सल टाइम्स साप्ताहिक पत्रिकाले दुई पटक मलाई सम्मान ग¥यो नक्सालमा बोलाएर । एक पटक युवा शान्तिदूतको सम्मान पनि ग¥यो । अछामको खप्तड दैनिक पत्रिकाले कार्यक्रम हुने अघिल्लो दिनमा मलाई वार्षिकोत्सवमा सम्मान गर्नको लागि निम्तो आएको थियो टाढा भएकोले पुग्न सकिन । पछि काठमाडौं आउनु हुदा सम्पादकले मेरो प्रमाणपत्र ल्याइदिनु भयो । तनहुंदेखि मलाई बेला बेलामा फोन गरिरहनु हुने मित्र आकाश अधिकारीले पनि अरुणजीलाई तनहुंमा बोलाएर एकपटक सम्मान गर्नेछौ भन्नु भएको थियो । एकपटक काठमाडौंमा आउनुहुंदा सामाखुसीमा आउनु भएर मलाई भेटेर जानुु भएको थियो । कपन बानेश्वर साप्ताहिक पत्रिकाको प्रकाशक निबन्ध आचार्यले पनि अरुण नदी खत्रीको साहित्यिक रचना सबै पत्रिकामा पढ्न पाइन्छ भनेर एकपटक फेसबुकमा लेख्नुभएको थियो । साहित्यकार दिदीहरु गार्गी शर्मा, जलेश्वरी श्रेष्ठ, सुशिला देउजा, रमा शर्मा, हिरण्यकुमारी पाठकले पनि मलाई लेख्न नछाड्नु भन्नु हुन्छ । साहित्यकारहरु रमेशजङ सिजापति, विद्याप्रसाद घिमिरे, दिव्य गिरी, विष्णुबहादुर सिंह, नवराज रिजाल, गगनदिप सर्व, तुलसीहरि कोइराला, राधा दुलाल कार्की, श्रीराम श्रेष्ठ, प्रमोद स्नेही, तारा के.सी. ले पनि बेला बेलामा फोन गर्नुहुन्छ र नदीजीको रचना सधैभरि पढ्न पाइरहु नदीजीको सम्मानपत्र घरको भित्तामा भरिएको होला भन्नु हुन्छ ।

नेपाल बाहिर बस्नु हुनेहरु र काठमाडौं जिल्ला बाहिर बस्नुहुनेहरु कोही कोहीले मलाई काठमाडौं आउदा अवश्य भेट्ने छु पनि भन्ने गर्छन् । भेटेर चिया खाएर रमाइलो गफ गर्नुपर्छ पनि भन्ने गर्छन् । अहिले त फेसबुकको मेसेन्जरबाट र मोबाइलबाट धेरैसंग दिनहु कुराकानी पनि भैरहन्छ साहित्यको बारेमा पनि गफ चल्छ । बर्दियाको मेरो पुरानो पत्रमित्र साथी प्रभात सुवेदी एकपटक मलाई अनामनगर मा अर्कोपटक मेरो घर सामाखुशीमा भेट्न आउनु भएको थियो । बुबाको जागिर छदा बर्दिया पहिला हामी बेला बेलामा पुग्ने गथ्र्यौै नि मैले भने बर्दिया फेरि एकपटक घुम्न आउनु होला नि भन्नु भएको थियो । उदयपुरको कथाकार मित्र टंकबहादुर आले मगरको पनि पहिला रेडियोनेपालको रंगतरंग कार्यक्रममा लघुकथा प्रशारण भैरहन्थ्यो एक पटक मेरो घरमा मलाई भेट््न आउनु भयो । रेडियोनेपालको युवासंसार कार्यक्रममा बेला बेलामा रेडियोनेपालमा पुगेर आफ्नो कविता आफैले वाचन गर्दथे । पहिला मलाई फोन गरेर सम्पर्कमा आउनु हुने साहित्यकारहरु कोही कोही हिजो आज हराउनु भयो । सम्पर्कमा आउन छाड्नु भयो । बनिता साहित्यिक पत्रिका निकाल्नु हुने साहित्यकार दिदी लक्ष्मी उप्रेतीले पनि अरुण भाइलाई हामी एकपटक सम्मान गर्नेछौ भन्नु भएको थियो ।

साहित्यकार मित्रहरु इन्द्रकुमार श्रेष्ठ सरित्, कृष्ण शाह यात्री, सानुराजा श्रेष्ठ अन्जान, रामेश्वर राउत मातृदास, व्याकुल पाठक, ज्ञानेन्दं विवशसंग पहिला निकै भेट र फोनमा कुराकानी हुने गर्दथ्यो हिजोआज हुन सकेको छैन । अहिले कोही पत्रमित्र साथीहरुसंग फेसबुकमा साथी बनेको छु । कोही कोहीसंग फोनमा कुराकानी पनि हुने गर्दछ । अहिले पनि शिवपुरी सन्देश, कलश, शब्द संयोजन, शब्दाङ्कुर, रचना, अभिव्यक्ति, दायित्व, लोक भावना, संसाक, हाम्रो मातृभूमि, नवप्रज्ञापन, जनमत, समीरण, कालिको सुसेली, नवमधुरिमा, समुदाय र सृजना, नारी स्वर, हाम्रो मझेरी, मुना, शारदा, शाल्मली, रुपायन, बनिता, कल्पतरु, चेतना सन्देश, मधुपर्क, लहरा, बिमोचन, प्रतिनिधि, महामण्डल, पटकन, अक्षलोक, हाम्रो पुरुषार्थ, युगान्तर, लगायत विभिन्न साहित्यिक पत्रिकाहरुमा मेरा रचनाहरु प्रकाशित भैरहन्छन् । कवि दिपक सापकोटा सौर्य दैनिकमा काम गर्नु हुंदा मैले बेला बेलामा लघुकथा र कविता लगेर दिन्थे इमेल गरेर पनि पठाइरहन्थे तर उहाँले मेरो कुनै पनि रचना प्रकाशित गरिदिनु भएन । मैले उहाँको अन्तर्वार्ता चाहिँ पूर्ण मासिक र विमोचन मासिक पत्रिकामा लिएर प्रकाशित गरे । उहाँको लोकेशन निबन्ध सङ्ग्रह अनामनगरमा अरुसंगै लिएर समीक्षा लेखेर दायित्व पत्रिकामा प्रकाशित पनि गरे । रेडियोनेपालको बिम्ब प्रतिबिम्ब कार्यक्रम चलाउनु हुने रमेश पौडेलसंग उहाँको सङ्ग्रह माग्न जाँदा दिन मान्नुु भएन । पुतलीसडकतिर किन्न पाइन्छ नि भन्नु भयो । अहिलेसम्म करिब छसय जति कृतिहरुको समीक्षा लेखेर विभिन्न पत्रिकामा मैले प्रकाशित गरे । २०७७ फागुन ४ गते बसन्त पञ्चमी सरस्वती पूजाको दिनमा साहित्यकार द्वय उमेश पाण्डे र तारा के.सी. ले गोंगबु नजिकै बिहान ९.०० बजे निमन्त्रणा गर्नु भएको थियो सम्मान गर्नको लागि कोभिड १९ को डरले गर्दा पुग्न सकिन म । कोभिड १९ सकिएपछि मलाई सम्मान गर्नु होला नि म अवश्य आउनेछु मैले भने ।

एकदिन अनामनगरमा हिँडिरहदा दरबार हत्याकाण्डको बारेमा लेखिएको रक्तकुण्ड किताबका लेखक कृष्ण अविरलसंग भेट हुंदा लघुकथा धेरै लेख्नेमा अरुणजी तपाई एक नम्बरमा पर्नुहुन्छ भन्नु भएको थियो । २०७२ साल वैशाख १२ गतेको ठूलोे भूकम्प भएपछि भूकम्प सम्बन्धी कविता सङ्ग्रह निकाल्नु भएपछि कवि श्याम रिमालसंग एकप्रति कवितासङ्ग्रह मलाई दिनु होला नि म पढेर समीक्षा लेख्नेछु भनेको थिए तर आजसम्म उहाँले दिनु भएन । म जन्मनुुभन्दा छ वर्ष अगाडिदेखि नियमित रुपमा निस्किरहेको रचना द्वैैमासिक पत्रिकाको सम्पादक तथा प्रकाशक उहाँको निवास टंगाल गहनापोखरीमा भेट्न जाँदा रोेचक घिमिरे दाजुले अबदेखि अरुको किताबको समीक्षा किताब मागेर नलेख्नु बरु आफ्नै साहित्यिक विधा लघुकथा लेख्नु गर्नु भन्नु भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति दाजु गंगाप्रसाद उप्रेतीको तिब्बतमा दश दिन र देशान्तर नियात्रासङ्ग्रहको समीक्षा लेखेर प्रकाशित गरेको थिए । उहाँ मेरो जन्मस्थान टंगाल गैरीधारामा बस्नु हुंदो रहेछ । नेपाल प्रहरीमा कार्यरत कथाकार घनबहादुर थापाले मलाई धेरै समीक्षा लेखेर पत्रिकामा छपाउने व्यक्तिमा पर्नुहुन्छ भन्नु भएको थियोे । धनकुटे कान्छाले २०७६ सालमा युवामोती पुरस्कार थाप्न काठमाडौं आउनु हुंदा मलाई भेट्नु हुंदा एकपटक तपाईलाई झापामा बोलाएर भव्य रुपमा सम्मान गर्ने मेरो ठूलो धोको छ भन्नु भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानमा बेला बेलामा साहित्यिक कार्यक्रममा पुग्दा राधा दुलाल कार्कीले विवेक दुलाल क्षेत्रीको हिम आइमाईहरु नामक कवितासङ्ग्रह र महेश्वर पन्तको नबोल्नेहरु नामक कथासङ्ग्रह दिनु भएको थियो । दुबै किताब पढेर समीक्षा पनि लेखेर कपन बानेश्वर साप्ताहिक पत्रिकामा प्रकाशित भएको थियो । २०७५ सालमा पाल्पा जिल्लाबाट पुष्कर अथक रेग्मी मलाई खोज्दै मेरो घरमा आउनु भयो र उहाँले धेरै पहिला मेरो नाम रेडियोनेपालमा निकै सुन्ने गर्नु भएको रहेछ । उहाँलाई मैले राष्ट्रकवि माधव घिमिरेको घरमा लगिदिएको थिए । उहाँले अनुरोध र अन्ततः नामक दुईटा गजलसङ्ग्रह मलाई दिनु भएको थियो ।

अहिले अमेरिकामा बसोबास गर्नु हुने कवि गोवर्द्धन पूजाले मलाई बबरमहलमा भेट हुदा मोटरसाइकलमा उहाँको बासस्थानमा लैजानु भएर मेरो अन्तर्वार्ता लिएर एउटा साप्ताहिक पत्रिकामा प्रकाशित गरिदिनु हुदा मलाई निकै नै खुशी लागेको थियो । पछि उहाँले त्रिपुरेश्वरमा मसंग भेट हुदा मैत्री एफ एम. को कार्यालयमा लगेर अन्तर्वार्ता लिनु भयो । करिब तिनपटक कवि विश्वविमोहन श्रेष्ठ दाजुले पनि मेट्रो एफ.एम. मा फोन मार्फत मसंग अन्तर्वार्ता लिनु भएको थियो । कवि ठाकुर बेलबासेले इमेज एफ एम को कार्यालयमा मलाई बोलाउनु भएर र कवि टंक भट्टराईले गोरखा एफ एम मा मलाई बोलाउनु भएर अन्तर्वार्ता लिनु भएको थियो भने २०७७ सालको असोज महिनामा शनिबारको दिन मसंग टेलिफोनमार्फत नरेश न्यौपानेले जनता एफ एम. मा अन्तर्वार्ता लिनु भएको थियो । काठमाडौंमा आउनु हुंदा एकपटक २०७४ सालतिर उदयपुरको कथाकार मित्र पुण्य कार्की मलाई भेट्न मेरो घरमा आउनु हुंदा एकप्रति उहाँको निबन्ध सङ्ग्रह दिएर मेरोे अन्तर्वार्ता लिएर जानु भएको थियो । मेरो अन्तर्वार्ता उदयपुरबाट निस्कने नव सृजना साहित्यिक पत्रिकामा प्रकाशित पनि गर्नु भयो । साहित्यिक क्षेत्रमा लागेर अरु केही कमाउन नसके पनि नाम चाहि कमाउन सके जस्तो लाग्छ मलाई । करिब तिन दर्जन सम्मानपत्रका फ्रेमहरु मेरो घरको भित्तामा झुण्ड्याउन पाएको छु । कुनै कुनै नयाँ मित्रहरुसंग पहिलोपटक भेट गर्दा मैले आफ्नो नाम बताउदा कोही कोहीले मेरो नाम रेडियोमा सुनेको हुं भन्छन् कोही कोहीले पत्रिकामा पढेको हुं पनि भन्छन् । बाँचुन्जेल साहित्यिक क्षेत्रमा लागेर समय बिताउने धोको छ मेरो । यसैमा म रमाएको छु । अहिले जागिर छाडेर घरमा बस्दा साहित्यिक रचनाहरु सृजना गरिरहेको छु र साहित्यिक कृति र साहित्यिक पत्रिकाहरु पढेर समय बिताउने गरेको छु ।

एकदिन मैले भूमिसुधार तथा व्यवस्था मन्त्रालय सिंहदरबारमा काम गर्दा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा साहित्यकार दाजु सहदेव कोइरालाको अन्तर्वार्ता लिन पुगेको थिए त्यस दिन साहित्यकार एस.पि. कोइरालालाई पहिलो पटक देख्दा यो मान्छेको अनुहार त मैले कता कता पत्रिकामा देखे जस्तो लाग्छ नि मनमनै भने । एस.पि. कोइराला मैले हातले देखाएर उहाँको नाम के हो नि ? सहदेव दाइसंग सोधे । सहदेव दाइले एस.पि. कोइराला हो उहाँ पनि कथा कविता लेखेर छपाइरहनु हुन्छ नि भन्नुभयो । त्यसो भनेपछि चिनापरिचय गर्न मन लाग्यो र मेरो नाम अरुण नदी खत्री हो भने एस.पि. कोइराला दाजुले भाइको नाम मैले युवामञ्च र मधुपर्कमा देखिरहन्छु नि खुसी हुंदै भन्नु भयो । चितवनको गजलकार दाजु गोर्खे साहिलोले पहिला म भूमिसुधार तथा व्यवस्थापन विभाग बबरमहलमा छदा पल्लव पत्रिका निस्केपछि मेरो ठेगानामा पठाइरहनु हुन्थ्यो मेरो रचना पनि प्रकाशित हुने गर्दथ्यो । प्रत्येक वर्ष भाद्र १० गतेका दिन उहाँले आफ्नो जन्मदिनमा साहित्यिक क्षेत्रमा लागेर योगदान पु¥याउनेलाई सम्मान पनि गर्दै आउनु भएको छ । मलाई पनि एकपटक सम्मान गर्छु भन्नुभएको थियो तर आजसम्म गर्नु भएको छैन । धेरैजसो शनिबार बिदाको दिनमा विभिन्न साहित्यिक संस्थाहरुले कविता वाचन, पुस्तक विमोचन र साहित्यकारहरुलाई सम्मानको कार्यक्रम राखेर मलाई निमन्त्रणा बेला बेलामा आउने गर्दथ्यो । शनिबारको दिन कार्यक्रममा जान लाग्दा मेरो आमाले कति हिँड्छस् शनिबारको दिन त आराम गरेर घरमा बसे पनि हुन्छ नि भन्ने गर्नु हुन्थ्यो ।

२०४५ देखि २०६० सालसम्म पशुपति देवपतनबाट कैलाश भण्डारीले निकाल्नु हुने सुगन्ध साहित्यिक पत्रिका लिन बेला बेलामा उहाँको घरमा पुग्दथे । कुनै अंकमा लघुकथा कुनै अंकमा कविता कुनै कुनै अंकमा साहित्यकारको अन्तर्वार्ता पनि प्रकाशित हुने गर्दथ्यो । मलाई पत्रिकाको विशेष सहयोगीमा राख्नु भएर कार्ड पनि मेरो फोटो टासेर दिनु भएको थियो । अहिले हामी माझ उहाँ हुनुहुन्न । कोही कोही साहित्यमा लागेर खटेकाहरु राम्रा राम्रा साहित्यिक रचना लेख्नेहरुले आजसम्म कतैवाट मानसम्मान पाउन सकेका छैनन् । उनीहरुलाई पनि खोजेर भए पनि कुनै साहित्यिक संस्थाले सम्मान गरे धेरै राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ । वरिष्ठ समालोचक दाजु डा. गोविन्दराज भट्टराईले उहाँको निवास ट्याङ्लाफाँटमा मलाई धेरै पटक बोलाउनु भएको थियो पुग्ने ठूलो धोको पनि थियो आजसम्म पुग्न सकेको छैन । साहित्यकार दिदी पुष्पलता आचार्यको घरमा म पहिला निकै पुगे । एकपटक उज्ज्वल जी.सी. दाइसंग पुगे । एकपटक लोक सेवा आयोगको परीक्षामा बानेश्वर क्याम्पस शान्तिनगरमा पर्र्दा म र मेरो श्रीमती दुबैजना पुगेर भेट ग¥यौ । उहाँको घरमा सम्मानपत्रका फ्रेमहरु धेरै देख्न पाउदा साहित्यमा लागेर अरु केही कमाउन नसके पनि सम्मान त कमाउन सकिदो रहेछ जस्तो मलाई लाग्यो । भूमिसुधार विभागमा काम गर्दा शत्रुध्नप्रसाद पुडासैनी, उमाशंकर जोशी र रुद्रप्रसाद पण्डित सरहरुलाई मैले आफ्ना सृजनाहरु लेखेपछि देखाउने गर्दथे । लोक सेवा आयोगमा काम गर्दा हरिदत्त पाण्डेय सरलाई देखाउने गर्दथे ।

भाद्र कृष्ण औँसीको दिनमा प्रदान गरिने युवा मोती पुरस्कार चालिसवर्ष नकटेकाहरुले पाउने पुरस्कार मलाई किन दिएन होला भनेर केही साहित्यकारहरुले मसंग सोधे । मैले खै पुरस्कार मैले मागेर लिने चिज होइन पुरस्कार मलाई दिने निर्णय हुन सकेन । मेरो उमेर अहिले चालिस वर्ष कटिसक्यो अब मलाई दिन मिल्दैन मैले भने । युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्त आचार्यलाई चिनाउनु भएको जस्तै मैले पनि धेरै साहित्यकारहरुसंग रचना मागेर विभिन्न पत्रिकाको कार्यालयमा पुगेर छापिदिएर चिनाइदिने गर्दथे । एकताका नयाँसडकको पिपलबोटतिर बेलुकी चारबजेपछि साहित्यकारहरु पुग्ने गर्दथे । कहिलेकाही म पनि कार्यालय छुटेर त्यही बाटो हिँडेर घर जाँदा पुग्दथे । मेचि अञ्चल पाँचथर जिल्लाको सरकारी विद्यालयको प्रधानाध्यापक लाल अन्जान सम्बाहाम्फेले मलाई एकपटक फोनबाट पाँचथरमा निमन्त्रणा गरेर साहित्यिक कार्यक्रममा सम्मान गर्नेछौं भन्नु भएको थियो ।

संसाक मासिक पत्रिकाले २०७४ सालदेखि विभिन्न विधामा कलम चलाउनेहरुलाई सम्मान गरेर पुरस्कार दिदै आइरहेकोमा २०७८ साल साउन ६ गतेको दिन विभिन्न विधामा कलम चलाइरहने मध्ये छजनालाई सम्मान गर्ने निर्णय गरेपछि राधेश्याम लेकाली दाजुले मलाई फोन गरेर बधाई दिनु भयो । के को बधाई हो दाइ मैले भन्दा नदी भाइलाई संसाक पत्रिकाले सम्मान गर्ने निर्णय आज मात्रै भएको हुंदा बधाइ दिएको हुं भन्नु हुंदा मलाई खुसी लाग्यो । भाद्र १९ गते समीक्षा विधामा मलाई सम्मान ग¥यो । असोज महिनाको ५ गतेको दिन बिहानको ठिक चार बजे बिउँझन पुगेपछि मोबाइलमा फेसबुक खोलेपछि मलाई अंग्रेजीमा बधाई भनेर आयो बालसाहित्य प्रतिष्ठानले साहित्यकार कार्तिकेय घिमिरेको बुबाआमाको नाममा स्थापना गरेको दुर्गादेवी चन्द्रनाथ उत्कृष्ट लेखन पुररस्कार मलाई दिने निर्णय भयो भनेर समाचार पढ्न पाउदा खुसी पनि लाग्यो ।

एकपटक रमेशजङ्ग सिजापति र भाग्यशाली अधिकारी दाजुहरु मेरो घरमा आउनु हुंदा भित्तामा झुण्ड्याइएका मेरो सम्मानपत्रहरु हेरेर सयओटा त पुर्याउनु पर्छ नि भन्नु भयो । नेपालमा बस्नुहुंदा कवि गोबद्र्धन पूजाले अन्नपूर्ण पोष्ट दैनिक पत्रिकामा शनिबार बेला बेलामा मेरो लघुकथा प्रकाशित गरिदिनु हुन्थ्यो । अहिले बेला बेलामा अमेरिकाबाट फेसबुकको मेसेन्जरबाट कुराकानी गरिरहनुहुन्छ मसंग । बाँचुन्जेल फुर्सदको समयमा साहित्यिक पत्रिका र कृतिहरु पढ्ने र आफ्नो मनमा कुनै कुराहरु उब्जिन पुगेका साहित्यिक रचना लेख्ने ठूलो धोको छ मेरो । यो क्रम निरन्तर जारी रहनेछ । साहित्यकार दाजु कवि जीवनाथ धमला नेपाल टेलिभिजनमा काम गर्नु हुंदा उहाँलाई गएर भेटेर साहित्यिक प्रश्नहरु छाडेको थिए । मेरा प्रश्नहरुको जवाफ लेखेर ल्याउनु भएपछि मलाई फोन गरेर बोलाउनु भएर दिनु भयो । मैले आफैले कम्प्युटर टाइप गरेर नुवाकोटको महामण्डल त्रैमासिक पत्रिकामा पठाएर प्रकाशित भयो । २०७६ सालमा कवि द्वय नेपाल टेलिभिजनमा काम गर्नुहुने जीवनाथ धमला र रेडियोनेपालमा काम गर्नुहुने डा. नवराज लम्साल नुवाकोट प्रतिष्ठान नेपालले सम्मान ग¥यो । दुवैजनालाई सम्मान गरेको थाहा पाएपछि मैले फोन गरेर बधाई दिन पुगे । बधाई दिदा जीवनाथ धमला दाजुले अरुण भाइले मेरो अन्तर्वार्ता छापिदिएको हुनाले सम्मानित हुने अवसर मिल्यो भन्नुभयो । मलाई साहै्र खुसी लाग्यो दाइ भने ।

२०४८ सालमा भवन विभाग बबरमहलमा मैले काम गर्दा एकदिन पाँचबजे अफिस छुटेर घर फर्कन लाग्दा सिंहदरबारको पश्चिमी गेटमा पुगेपछि गीतकार सहदेव कोइराला दाजुसंग भेट हुन पुग्यो र उहाँले अरुण भाइ नाटक हेर्न जाने होइन भन्नु भयो । कहिले दाजु ? मैले भने । अहिले नै उहाँले भन्नु भयो जाऊ न त भनेर नाटक हेर्न मलाई नयाँबानेस्वरमा लैजानु भयो । नाटक हेरेर घर फर्कदा इण्डियन एम्बेसीको गेटमा पुगेपछि मेरो छिमेकी घरको साहिला बाजेसंग भेट भयो र उहाँसंग गफ गर्दै घर नौबजे पुगे । मेरो बुबाले त ठाऊ ठाऊमा फोन गर्नु भएको रहेछ म कहाँ पुगी होला भनेर । २०४८ सालमा नै अर्को दिन शुक्रबार तिन बजे अफिस छुटेर घर फर्कन लाग्दा स्वास्थ्य मन्त्रालयको अगाडि साहित्यकार उज्वल जी.सी. दाजुलाई देख्न पुगे । उहाँको स्कुटरको पछाडि बसे । पुतलीसडक पुगेपछि मलाई खाजा खाएर जाऊ है भन्नु भयो । हुन्छ दाइ मैले भने । खाजा खान एउटा होटलभित्र पस्यौ । उज्वल दाइले त बियर पो मगाउनु भयो । बियर पहिलोपटक मलाई खान सिकाउनु भयो । पहिलो पटक मैले बियर खाएर घर कसरी पुगे होला अहिलेसम्म भन्ठानेको छु । घरमा बेलुका सात बजे पुग्दा सबैले खाना खाइसकेका रहेछन् । म चाहि खाना खान नसकेर ओछ्यानमा गएर सुत्न पुगे । भोलिपल्ट बिहान उठेपछि मलाई बुबाआमाले बियर कसले खुवायो भनेर सोध्नुभयो । मैले उज्वल दाइले खुवाउनु भएको भने।अबदेखि बियर कहिले पनि खान्न बुबा मैले भने । त्यसपछि बियर भने कहिलेकाही भोजभतेरमा जाँदा मात्रै खाने गर्दथे । २०७४ साल वैशाख महिनामा आफ्नो जन्मदिनमा बियर खाएर रमाइलो गरेपछि स्वास्थ्यको कारणले गर्दा वियर कोक फेन्टाजस्ता पेय पदार्थ खान छाडिदिए ।

मदन पुरस्कार पाएको कृतिहरुमा युवराज नयाँघरेको एकहातको तालीको, अमर न्यौपानेको सेतो धर्तीको, झमक घिमिरेको जीवन काँडा कि फूलको र राधा पौडेलको खलंगामा हमलाको कृतिहरु पढेर समीक्षा लेखेर कपन बानेश्वर, प्रतिनिधि द्वैमासिक, लोकभावना र अभिनव साहित्यिक पत्रिकामा प्रकाशित गरेको थिए । युवराज नयाँघरेले भोटाहिटीमा बोलाउनु भएर मदन पुरस्कार पाएको सङ्ग्रह मलाई दिनु भएको थियो भने अमर न्यौपानेको र झमक घिमिरेको लोक सेवा आयोगमा छदा पुस्तकालयबाट घरमा लगेर पढेर समीक्षा लेखेको साथै राधा पौडेलको कृति भोटाहिटीमा किनेर पढेर समीक्षा लेखिदिएको थिए । झमक घिमिरेलाई पूर्व मन्त्राी गोकर्ण बिष्टले नगद पुरस्कार सहित सम्मान गर्दा नेपाल प्रज्ञा प्रतिष्ठानमा म र संगै काम गर्ने अञ्जना तिमल्सीना बहिनी संगै प्रज्ञा भवनमा गएका थियौ र समीक्षा प्रकाशित भएको अभिनव साहित्यिक अर्धवार्षिक पत्रिका झमक घिमिरेको हातमा दिन पाएको थिए । झमक घिमिरे हाँसेर मख्ख परेकी थिइन् भने उनको आमाले पनि हाँस्दै मलाई नमस्कार गर्नुभएको थियो ।

रेडियोनेपालमा पहिलोपटक एस.एल.सी. को नतिजाको प्रतिक्षा गरेर बस्दा २०४० सालको जेठ महिनामा म र साहित्यकार भाञ्जा शान्त बस्नेत शनिबारको दिन पुगेर बासुदेव मुनाल दाजुसंग र सूर्यकुमारी पन्त दिदीसंग भेटेका थियौ । बासुदेव मुनाल दाजुले हामी भेट्न पुग्दा बालकार्यक्रम रेकर्ड गर्दै हुनुहुन्थ्यो रचना जी.सी. ले गाउनु भएको तारा बुट्टे जुनेली यो रातमा बोलको गीत बजिरहेको थियो त्यही गीत बेलुका घरमा रेडियो खोलेर सुनेको थिए । रेडियोनेपालमा मैले पारिश्रमिक पहिलोपटक २०४४ सालमा खानेपानी संस्थानमा काम गर्दा रेडियोनेपाल पुगेर लिएको थिए । पारिश्रमिक लिन जाँदा गायीका दिदीहरु सावित्री शाह र मिरा राणाले पारिश्रमिक दिने शाखा मलाई देखाउनु भएर यो भाइको पारिश्रमिक दिनु है भनेर सहयोग गर्नु भएको थियो । पारिश्रमिक भने पैतिस रुपैँया पाएको थिए । बालमन्दिर नक्शालबाट प्रकाशित हुने बालक पत्रिकामा पनि मेरो २०४५ सालतिर प्रकाशित भएको परिश्रमको फल मिठो हुन्छ शीर्षकको बालकथाको पैतिस रुपैँया नै पारिश्रमिक पहिलो पटक पाएको थिए । गोरखापत्रमा पहिलो पटक प्रकाशित भएको कविताको भने पचाँस रुपैँया २०४० सालमा पाएको थिए । नेपाल बाहिर बस्नु हुने कवि ताराप्रसाद चापागाईले दुई लाइनको कविता लेख्नु भएको दुई लाइनको कवितालाई के भन्दा ठिक होला भनेर फेसवुकमा प्रश्न गर्नु भयो मैले एकछिन सोचेर टुक्का नाम राख्नु होला भन्न पुगे र उहाँले दुई हरफको कवितालाई टुक्का नाम राख्नुभयो । दुई हरफको कविता टुक्का लेखेर फेसबुकमा राख्न थाल्नुभएपछि धेरैले लेखेर फेसबुकमा राख्न थाले र विभिन्न पत्रिकामा टुक्का प्रकाशित गर्न थाले ।

२०५१ सालतिरको कुरो हो म कर्मचारी सञ्चयकोषमा सञ्चयकोष सापटी लिन जाँदा मेरो नाम थाहा पाउनु भएर गीतकार त्रिविक्रम पाण्डेजीले तपाईको नाम त रेडियोनेपालमा फर्माइस गीतमा धेरै सुनिन्छ नि भन्नु भयो । हजुर हो फर्माइस गीत कार्यक्रममा निकै पत्र पठाउने गर्थे मैले मलाई गीतहरु सुन्न ठूलो सोक भएर मैले भने । गोरखापत्रमा सम्पादकलाई चिठी पनि तपाईको बेला बेलामा पढ्ने गर्थे उहाँले भन्नु भयो । तपाईको नाम के हो नि भनेर मैले सोधे । मेरो नाम त्रिविक्रम पाण्डे हो उहाँले भन्नु भयो । तपाईले रचना गर्नुभएको राजेशपायल राईले गाउनु भएको गीत फैलियो माया दुबो सरी निकै रेडियोनेपालमा बजिरहन्छ नि मैले भने । राजेशपायल राई मैले लेखेको यो गीत गायर प्रसिद्ध हुनुभयो उहाँले भन्नुभयो।उहाँले एउटा फैलियोमाया दुबोसरी गीतको सङ्ग्रह र एउटा सिडी मलाई दिनुभयो । गीतको सङ्ग्रहको मैले समीक्षा लेखेर एउटा साहित्यिक पत्रिकामा प्रकाशित पनि गरे।

२०५२ सालमा नयाँबसपार्कबाट दिउँसो दुईबजे छुट्ने साझा बस चढेर चितवन जाँदै गर्दा धार्केतिर पुगेपछि खाजा खान भनेर बस रोक्यो । खाजा खान भनेर बस रोकेपछि होटलमा खाजा खान सबै बसबाट झ¥यौ र होटलमा गएर खाजा खान लाग्यौ । खाजा खान लाग्दा मैले एउटा यात्रुसंग गफ गर्न थाले । उहाँको परिचय पनि मागे । परिचय माग्दा उहाँले मेरो नाम किरणचन्द्र रायमाझी हो भन्नुभयो । तपाईको घर चितवनको गुञ्जानगर हो मैले सोधे । उहाँले मेरो घर गुञ्जानगर हो कसरी थाहा पाउनु भयो नि भन्नु भयो । मैले तपाईसंग २०४७ तिर पत्रमित्र गरेको थिए नि मेरो नाम अरुण नदी खत्री हो उहाँलाई बताए । उहाँ र म निकै खुशी भयौ पत्रमित्र साथीहरु भेट भएर चिनाजानी गर्न पाएकोमा । हाम्रो भेट भएको छब्बीस वर्ष पुरा भएपछि मैले उहाँको नाम फेसबुकमा सर्च गरेर फेला पारे र फेसबुकको मेसेन्जरबक्सबाट उहाँलाई फोन पनि गरे । तपाईको सम्झना मलाई आज हाम्रो साझा बस चढेर २०५२ सालमा चितवन जान लाग्दा भेट भएको छब्बीस वर्ष बितेपछि मलाई आयो नि मैले भने । उहाँ अहिले नेपाल बाहिर जर्मनीमा बसेर काम गर्नु हुदो रहेछ नेपालको सरकारी उपसचिव पदको जागिर छाडेर जर्मनी गएको एक्काइस वर्षभयो नि मैले उहाँले मलाई भन्नु भयो ।

२०७५ असार महिनामा पहिलोपटक कुराकानी हुन सकेको गीतकार विष्णुबाबु देवकोटाले मलाई २०७८ मंसिर ४ गते शनिबारको दिन बेलुका मोबाइलबाट फोन गर्नु हुंदा तपाईको नाम धेरै राम्रो छ नाम जस्तै तपाईको हृदय पनि चोखो पवित्र छ भन्नु हुंदा मलाई खुशी लाग्यो । नदीको सम्बन्धमा मैले नयाँ गीत रचना गरेको छु रामकृष्ण ढकालले गाउँदै हुनुहुन्छ भनेर गीतका हरफ मलाई सुनाउनु भयो र एकजना चर्चित साहित्यकारले रेडियोमा कुराकानी हुंदा तपाईलाई सम्झनु भएको थियो अरुण नदी खत्रीजस्ता साहित्यकारलाई राज्यले उचित सम्मान गरेमा धेरै राम्रो हुने थियो अन्तर्वार्तामा भन्नुभएको कुरा मलाई सुनाउनु हुंदा मैले नदी उपनाम जानेरै राख्न पुगेछु भन्ठाने कोही कोहीले मलाई तपाईको घर नेपालको पूर्वमा हुनुपर्छ भन्ने गर्छन् अरुण नदी पूर्वमा भएकोले तपाईको घर त पूर्वकै जिल्लामा होला नि भन्दछन् । गीतकार विष्णुबाबु देवकोटाको राम अविरलले लिनु भएको अन्तर्वार्ता रेडियोनेपालको गीतको कथा कार्यक्रममा एकपटक मैले सुन्न पाएको थिए । उहाँका गीतहरु पनि बेला बेलामा सुन्ने गर्छु । उहाँ अहिले जागिरको सिलसिलामा बर्दियामा हुनुहुदो रहेछ । मेरो बुबा पनि २०३८ देखि २०४६ सम्म आठ वर्ष बर्दियामा जागिरको सिलसिलामा बस्नु हुंदा म पाँच पटक पुगे । बर्दियामा बस्दा त्यतिखेर बिजुली नबल्दा रेडियोमा व्याट्री हालेर मैले बालकार्यक्रम र महिला कार्यक्रम सुन्ने गर्दथे मेरो रचनाहरु प्रशारण पनि हुन्थ्यो । रचनाहरु रेडियोनेपालमा हुलाकबाट पठाउने गर्दथे ।

२०७६ माघ महिनामा साहित्यकार तथा नेपाली सेनाका पूर्व रथी नेपाली सेनामा जागिर खानु भएको मेरो दाजुहरुको साथी बलदेवराज महतले सामाखुसीतिर आउनु हुंदा मलाई भेटेर उहाँका केही कृतिहरु दिन फोन गर्नु भयो । सामाखुसी रानीबारीको पुलनेर म उभिरहेको हुन्छु भन्नु भयो । उहाँले त्यसो भन्नुभएपछि म पनि लुगा फेरेर हिँड्दै दश मिनेटमा त्यहाँ पुगे । करिब पन्ध्र मिनेट जति उभिएरै गफ ग¥यौ । उहाँले दिनु भएको कृतिहरु हातमा राखेर उहाँसंग उभिएको फोटो मेरो मोबाइलले त्यहाँ उभिरहेको अर्को मान्छेलाई हाम्रो फोटो खिचिदिनु होला भन्दै दिए । फोटो खिचिदियो । पहिला पहिला उहाँसंग बेला बेलामा विवाह ब्रतबन्धको भोजमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा जाँदा भेट हुन्थ्यो र पहिलोपटक भेट हुंदा मेरो पूर्व प्रधानसेनापती दाजु राजेन्द्र क्षत्री र पूर्व उपरथी दाजु रमिन्द्र क्षत्रीले चिनाजानी गराइदिनु भएको कुरा म कहिल्यै बिर्सन सक्दिन । उहाँ पनि म जस्तै साहित्यकार हुनुभएकोले उहाँसंग मलाई दाजुहरुले चिनाजानी गराइदिनु हुंदा धेरै खुशी लागेको थियो।

नेपाल सरकारीका विशिष्ट श्रेणीका पूर्व सचिव दिपेन्द्रविक्रम थापासंग एकदिन म अफिसबाट घर फर्कदै गर्दा रत्नपार्कको आकाशे पुलमा भेट हुन पुग्यो । उहाँलाई आकाशे पुलको माथि उभिरहनु भएको देखेपछि मैले दुई हात जोडेर नमस्कार गरे । सरको घरमा म एकपटक पुगेको थिए सरसंग भेट हुन सकेन नि । सरले हामीलाई स्टाफ कलेजमा तालिममा भाग लिन जाँदा खरिदार र नायब सुब्बा पदको तालिममा पढाउनु भएको थियो नि त्यतिबेला सर स्टाफ कलेजमा नै काम गर्नु हुन्थ्यो नि भने । उहाँले त्यहाँ काम गर्दा मैले पढाइरहन्थे भन्नु भयो । एकपटक सरसंग विश्वनिकेतनमा लोक सेवा आयोगको परीक्षामा खटिदा पनि सरसंग मेरो भेट भएको थियो म सम्झिरहन्छु भने । पछि उहाँ नेपाल सरकारको प्रविधिक सेवाका सहसचिवमा खुलामा परीक्षा दिएर नाम निकालेर आउनु भयो र सहसचिवबाट सचिवमा बढुवा भएर उमेरको हदले अवकाश हुनु भयो ।उहाँले मेरो त पेन्सन आउदैन नि भन्नु भयो । सरले गाउनु भएको गीत र भजन बेला बेलामा रेडियोनेपालमा सुनिरहन्छु भने मैले आफ्नो नाम पनि बताए ।

दायित्व साहित्यिक पत्रिकाले २०६१ वैशाख महिनामा निजामती साहित्यकार विशेषाङ्क प्रकाशित गरेको थियो । त्यो विशेषाङ्कको लागि मैले पनि आफूले चिनेका निजामती साहित्यकारहरु रचना मागेर रामप्रसाद पन्त दाइलाई रक्षा मन्त्रालयमा लगेर दिएको थिए । रचना निस्केपछि को को निजामती कर्मचारीहरु साहित्यकार रहेछन् भनेर थाहा पाउन सकियो । एकसय चौध जना निजामती साहित्यकारहरुका रचना प्रकाशित भएको थियो । बाँकी छुटेका निजामती साहित्यकारहरुका रचना अर्को अङ्कमा प्रकाशित भयो । मधुपर्कलाई पनि मैले निजामती साहित्यकार विशेषाङ्क निकाल्नु प¥यो भनेर सुझाव दिए तर मधुपर्कले र अन्य साहित्यिक पत्रिकाहरुले आजसम्म निजामती साहित्यकार विशेषाङ्क निकाल्न सकेको छैन । वन तथा भूसंरक्षण मन्त्रालयभित्र पसेपछि निजामती साहित्यकार उपसचिव खिलनाथ बस्ताकोटीको नेम प्लेट देखेर भेटेर परिचय गरे । भेटेर परिचय गरेपछि उहाँ ज्यादै खुसी हुनुभयो । उहाँले त हाम्रो भविष्य पनि हेर्ने गर्नु भएको रहेछ मेरो भविष्य पनि हेरिदिनु भयो । मलाई ज्यादै खुसी लाग्यो । अहिलेसम्म उहाँसंग मेरो सम्बन्ध गाढा नै रहेको छ ।

साहित्यकार गोविन्द कुसुम सरसंग पनि उहाँ उपसचिव हुनुभएदेखि उहाँको कथा बेला बेलामा मधुपर्क र गरिमामा पढेर पर्यटन विभागमा पसेर उहाँसंग भेट गर्दथे । अहिले उहाँ नेपाल सरकारको सचिव तथा लोक सेवा आयोगको सदस्यबाट निवृत्त हुनु भएको छ । उहाँको श्रीमती गायिका तेजलक्ष्मी ध्वजुसंग पनि मैले २०५४ सालमा स्टाफ कलेजमा ना.सु. पदमा ३० दिने तालिम संगै लिएको थिए ।

२०५३ सालमा रक्षा लेखा नियन्त्रक कार्यालयबाट मन्त्रालय परिवर्तन गरेर युवा, खेलकूद तथा संस्कृति मन्त्रालयमा मेरो सरुवा भयो । सरुवा भएर गएपछि श्रीकृष्ण गौतम सर विशेष सचिव पदमा हुनुहुन्थ्यो । युवा, खेलकूद तथा संस्कृति मन्त्रालयमा म डेढ वर्ष मात्रै बसे । युवा, खेलकूद तथा संस्कृति मन्त्रालयबाट भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सरुवा भएर गएपछि दायित्व वाङ्मय प्रतिष्ठानले बेला बेलामा सम्मान तथा कृति विमोचन कार्यक्रम गर्दा म पनि पुग्दथे । श्रीकृष्ण गौतम सरलाई पनि देख्ने गर्दथे । उहाँ पनि म जस्तै साहित्यमा रुचि राख्ने हुनु हुदो रहेछ भने त्यति खेर बल्ल मैले थाहा पाए । २०७१ साल मंसिर महिनामा मेरो आमाको निधन भएपछि किरिया बस्दा दिनहुं कान्तिपुर दैनिक पत्रिका पढ्ने गर्दथे । कान्तिपुर दैनिक पत्रिकामा श्रीकृष्ण गौतम सरको फोटो समवेदनामा देख्न पुगे । मर्निङ वाक गरिरहदा बाटोमा ट्रकले किचेर उहाँको निधन भएको रहेछ भनेर समवेदनामा लेखिएको रहेछ । भूमिसुधार तथा व्यवस्था मन्त्रालय र भूमिसुधार तथा व्यवस्थापन विभागमा बसेर काम गर्दा बेला बेलामा जिल्लाबाट विजयगोविन्द श्रेष्ठ सर काज लिएर आउने गर्नु हुन्थ्यो । उहाँलाई मैले मेरो नाम बताउदा मेरो रचनाहरु मधुपर्कमा र अरु विभिन्न पत्रिकामा पढ्न पाइरहन्छु भन्नु भयो र मलाई उहाँको एउटा कृति सागरका कथाहरु नामक २०६० सालमा प्रकाशित भएको लघुकथासङ्ग्रह दिनु भयो । लघुकथासङ्ग्रह पढेर धीरकुमार श्रेष्ठ दाजुले निकाल्नु हुने शब्दाङ्कुर मासिक पत्रिकामा समीक्षा लेखेर छपाए । उहाँको साहित्यिक नाम विजय सागर रहेछ मेरो अरुण नदी भने जस्तै ।

गीतकार श्रीपुरुष ढकालसंग मेरो पहिलोपटक २०४८ सालतिर रेडियोनेपालमा पारिश्रमिक लिन जाँदा भेट भएको हो । बेला बेलामा उहाँ रेडियोनेपालमा आफ्ना गीतहरु रेकर्ड गर्न पुग्ने गर्नुहुन्थ्यो । बेला बेलामा उहाँसंग मेरो भेटघाट हुने गर्दथ्यो । २०५५ सालतिरको कुरा हो म भूमिसुधार विभाग कुपण्डोलमा हुंदा सानेपामा उहाँको घर खोज्दै पुगे । उहाँसंग भेट हुन सकेन उहाँ अफिस जानु भएको रहेछ । भाउजुसंग भेट भयो र एकघण्टा जति बसेर चिया पिएर गफ गरे । २०६६ प्रकाशित भएको उहाँको जुनले पनि पोल्दो रै छ गीतसङ्ग्रहको समीक्षा लेखेर मैले शब्दसिन्धु पत्रिकामा प्रकाशित गरे । उहाँले लामो समय राष्ट्रिय अनुसन्धान विभागमा सेवा गर्नु भयो । सेवाबाट निवृत्त भएपछि लोक सेवा आयोगको सदस्य पनि हुनुभयो । मैले पनि लोक सेवा आयोगमा सात वर्ष दुई महिना वसेर सेवा गरेको थिए । मैले लोकसेवा आयोग छाडेपछि उहाँ सदस्य हुनुभयो । बेला बेलामा लोक सेवा आयोग पस्दा उहाँसंग भेट्ने गर्दथे । साहित्यकार दिदी रञ्जुश्री पराजुलीको बालकथासङ्ग्रह रमाइलो हवाईयात्रा स्वदेश प्रकाशनबाट प्रकाशित भएपछि मलाई कतै समीक्षा लेखेर दिनुहोला नि भनेर ऋषिराम पाण्डेजीले दिनु भएको थियो । २०७७ कार्तिकको मुनामा मैले लेखेर दिएको समीक्षा प्रकाशित भयो । समीक्षा प्रकाशित भएपछि रञ्जुश्री पराजुली दिदीलाई फेसबुकमा दिदीको बालकथासङ्ग्रहको समीक्षा मुनामा प्रकाशित भयो नि भनेर खिचेर फेसबुकमा राखेर जानकारी गराए । दिदीले मलाई धन्यबाद छ म नेपालबाहिर छु नेपाल आएपछि अवश्य भाइलाई भेट्नेछु भन्नु भयो । रञ्जुश्री पराजुली दिदीसंग मेरो साहित्यिक कार्यक्रमहरुमा भेट हुने गर्दथ्यो तर कुराकानी भने हुन सकेन । मेरो दिदीलाई पनि उहाँदे पद्यकन्या कलेजमा पढाउनु भएको रहेछ भन्नु कुरा दिदी मार्फत् थाहा पाए ।

२०४७ सालमा न्यूरोडको पिपलबोटमा अफिसबाट घर फर्कदै गर्दा एकछिन पत्रिका हेर्नतिर लागे । पत्रिका हेर्दै गर्दा महालेखा परीक्षकको कार्यालयमा काम गर्नु हुने मित्र बौद्धराज अर्यालजीले मलाई चिन्नु भयो अरुणजी ? भनी प्रश्न गर्नु भयो । मैले कता कता देखेको जस्तो लाग्छ भने । म को हुं त उहाँले भन्नु भयो ? तपाईलाई बबरमहलतिर देखेको हुनुपर्छ नाम त अहिले मेरो मनमा आउन सकेन भने । म बौद्धराज अर्याल आकाश हुं उहाँले भन्नु भयो । त्यतिखेर म भवन विभागमा काम गर्थे । भवन विभाग र महालेखा परीक्षकको कार्यालय बबरमहलमा संगसंगै थियो । त्यसपछि हाम्रो सम्बन्ध बढ्दै गयो । कपिलबस्तुबाट निस्कने ज्ञानमञ्च पत्रिकामा उहाँका सामान्य ज्ञान सम्बन्धी रचनाहरु प्रकाशित भैरहन्थ्यो मेरो पनि भैरहन्थ्यो । पत्रिका आनन्दवाग कपिलवस्तुबाट मनौज पौडेल प्रगतिले निकाल्नु हुन्थ्यो र हुलाकबाट हामीलाई पठाइदिनु हुन्थ्यो । एकपटक निजामती साहित्यकार विशेषाङ्कको लागि उहाँसंग रचना माग्न जाँदा रमा दुलाल मेडमलाई चिनाइदिनु भयो । रमा दुलाल मेडमले पनि कविता लेखेर मलाई दिनुभयो । अहिले बौद्धराजजी र रमा दुलाल मेडमसंग फेसबुकमा साथी बनेर मेसेन्जरमा कहिलेकाही कुराकानी भैरहन्छ।

२०४७ सालमा म भवन विभागमा जागिर खादा महालेखा नियन्त्रकको कार्यालयको साथीहरु तोमलाल सुवेदी विनयी र सहकुल खड्कालाई भेट्न जाँदा शान्तराज सुवेदी प्रतिक्षा सरसंग मेरो परिचय भयो । उहाँको नाम गोरखापत्रमा सम्पादकलाई चिठ्ठीमा पिपल्स क्याम्पस पकनाजोलको ठेगानामा देखिरहन्थे।मैले पनि सम्पादकलाई चिठ्ठी गोरखापत्रमा बेला बेलामा पठाएर छापिन्थ्यो । उहाँले २०४९ तिर हुलाक अधिकृतमा नाम निकाल्नु भएको थाहा पाए।उपसचिव र सहसचिवमा लिखित परीक्षा दिएर नाम निकाल्नु सफल हुनुभयो।अहिले उहाँ विशिष्ट श्रेणीको सचिव पदबाट सेवानिवृत्त हुनुहुन्छ । उहाँले जम्मा पच्चीस वर्षमात्र निजामती सेवामा जागिर खानु भएको रहेछ । अहिले फेसबुकमा हाम्रो कुराकानी भैरहन्छ।२०७६ सालमा राष्ट्रकविलाई जन्मदिनको शुभकामना दिन जाँदा नेपाल टेलिभिजनले मेरो पनि राष्ट्रकविसंग बसेको फोटो खिचेर धेरैले नेपाल टेलिभिजनमा देख्न पाएका थिए । शान्तराज सरले पनि अरुणजीलाई आज राष्ट्रकविसंगै नेपाल टेलिभिजनमा देख्न पाइयो नि भन्नु भयो।अर्को वर्ष राष्ट्रकविलाई हामी कसैले जन्मदिनको शुभकामना दिन पाएनौ।

२०४६ सालतिर मैले राष्ट्रिय वाणिज्य बैंकमा काम गर्दा दायित्व साहित्यिक पत्रिका लिन भनेर डिल्लीबजारमा बेला बेलामा जान्थे।दायित्व पत्रिकाको सम्पादक दाजु रामप्रसाद पन्तसंग उहाँको कोठामा गएर भेटेर दायित्व पत्रिका पढ्न लैजान्थे।विनोद नेपाल बैगुनीको कविता मुक्तक पनि प्रकाशित हुन्थ्यो राष्ट्रिष्य वाणिज्य बैंक गुलरिया बर्दियाको ठेगानामा मैले विनोद नेपाल बैगुनी दाजुको ठेगानामा पत्र बेला बेलामा पठाउथे।मेरो बुबा पनि गुलरियामा नै हुनुहुन्थ्यो त्यतिखेर।म पनि वर्षको एकपटक गएर दुई तीन महिना बसेर काठमाडौं फर्कन्थे।२०५५ सालतिर भूमिसुधार कार्यालय चितवन काजमा जाँदा बिनोद नेपाल दाजुको घरको फोन नम्बर पत्ता लगाएर फोन गरे।उहाँ म बसेको ठाउँमा आउनु भएर मलाई मोटरसाइकलमा लिएर उहाँको घरमा लैजानुभयो र भाउजुसंग चिनाजानी गरे । पछि २०७६ तिर उहाँ सामाखुसीमा मेरो घरमा एकदिन आएर मलाई भेट्नु भयो।

२०५२ सालको मेरो पुरानो झापाको पत्रमित्र कुमार बजगाई फेसबुकमा साथी हुनुहुन्छ।२०७८ साल वैशाखमा काठमाडौं आउन लाग्नुहुंदा मलाई फेसबुकको मेसेन्जसरमा म भोलि काठमाडौं आउदैछु हजुरसंग भेट्न सकिएला नि भन्नु भयो । भेट्न सकिन्छ तर अहिले कोरोना बढेको बेला भेट्न डराउनु पनि पर्छ मैले भने । त्यतिबेला उहाँ काठमाडौं आउनु भएर मलाई भेट्न भ्याउनु भएन।मंसिर १० गते फेरि काठमाडौं आउनु हुंदा मलाई भेट्नु भयो । करिब दश मिनेटजति गफ ग¥यौ । भोलि डा. रविन्द्र समीरलाई भेटेर झापा फर्कन्छु उहाँले भन्नु भयो ।

साहित्यकार दाजु प्रकाश सायमीलाई लामो समयपछि मैले २०७८ मंसिर महिनामा फोन गर्दा उहाँले नदी भाइले सम्झेर मलाई फोन गर्दा ज्यादै खुसी लाग्यो। नदी भाइले मलाई बेला बेलामा सम्झदै गर्नु पर्यो भन्नु भयो।नेपालगंजको वरिष्ठ साहित्यकार दिदी किरण आचार्यसंग मैले २०६६ तिर पहिलोपटक उहाँको जन्मदिनमा मुस्कानको टेलिफोन डायरीमा फोन नम्बर पत्ता लगाएर फोन गरेर जन्मदिनको शुभकामना दिदा निकै खुशी हुनुभयो । म त्यतिबेला लोकसेवा आयोगमा थिए । उहाँले नदीजीले काठमाडौंदेखि सम्झेर जन्मदिनको शुभकामना दिदा म खुशी छु भन्नु भयो । अहिले उहाँसंग फेसबुकमा कुराकानी भैरहन्छ । उहाँको नयाँ कवितासङ्ग्रह निस्केको छ रे । पढ्न पाए भने पढेर समीक्षा अवश्य नै लेख्छु ।

२०७६ सालमा भुधरा उपाध्याय, आशा लिम्बु र इन्दिरा दिक्षितलाई साहित्यकार मित्र कृष्ण बजगाईले फोन नम्बर दिनु भएर मलाई भेट्न छुट्टा छुट्टै दिनमा मेरो घरमा आउनु भयो र उहाँहरु तीनैजनाले मलाई आ–आफ्ना कृतिहरु दिनु भयो । समीक्षा हिमाली गुराँस, गोरखापत्रमा र मधुपर्कमा प्रकाशित पनि भयो । साहित्यिक क्षेत्रमा लागेपछि धेरैलाई मैले चिन्ने अवसर मिलेको छ र मलाई पनि धेरैले चिन्न सकेका छन् ।

२०५१ सालतिरको कुरा हो रक्षा लेखा नियन्त्रकको कार्यालयमा मैले काम गर्दा धरहराको अगाडि दिउँसो साढे एकबजेतिर खाजा खान भनेर निस्कदा सदावहार गीतका गायक अरुण थापालाई देखेर चिने । नेपाल टेलिभिजनमा उहाँका गीतहरु सुन्न पाउदा उहाँको अनुहार चिन्ने अवसर मिल्यो र मैले देख्नेबित्तिकै चिनेर तपाई गीत गाउने अरुण थापा होइन भने । उहाँले हाँसेर हो भाइ भन्नुभयो । अर्कोदिन उहाँलाई मैले कान्तिपथमा देख्न पुग्दा तपाईले गाउनु भएको गीत मलाई साह्रै मन पर्छ नि भने । मेरा गीतहरु मन पराइदिनु भएकोमा धन्यवाद छ भाइलाई उहाँले भन्नुभयो । कहिले काही रत्नपार्कबाट हिँडेर अफिसतिर जाँदा महांकालको मन्दिरमा पसेर जान्थे र महाँकालको मन्दिरनेर बेला बेलामा गायक प्रेमध्वज प्रधानलाई पनि देख्न पुग्थे । उहाँलाई देख्ने बित्तिकै मैले उहाँको अनुहार चिनेर नमस्कार दाइ भन्दा नमस्कार फर्काउनु हुन्थ्यो । दाइले गाउनु भएका गीतहरु रेडियोनेपालमा निकै सुन्न पाउछु नि मैले भने । उहाँले हाँसेर खुशी लाग्यो भाइसंग चिनाजानी गर्न पाउदा भनेर मेरो नाम सोध्नु भयो मैले आफ्नो नाम बताए । २०६६ सालतिरको कुरा हो सिंहदरबारभित्र पसेर अर्थ मन्त्रालयमा विशेष काम परेर जाँदा गायक दिपक खरेलको नेम प्लेट देखेर भेट्न मन लाग्यो र भेटेर गफ गरे । दाइका गीतहरु निकै राम्रा छन् सुनिरहन मन लाग्छ मैले भने । उहाँले धन्यवाद छ भाइलाई भन्नु भयो । २०६८ साल फागुन महिनामा तन्नेरी प्रकाशनले विशेष सम्मान नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्दा उहाँसंग मैले पनि सम्मान थाप्ने अवसर पाएको थिए।

२०६३ सालतिरको कुरा हो लोक सेवा आयोग कमलपोखरीमा मैले काम गर्दा मदन पुरस्कार बिजेता निलम कार्की निहारिकाले मलाई उहाँको हवन कथासङ्ग्रह दिनु भएको थियो । कथासङ्ग्रह पढेर समीक्षा लेखेर अच्युतरमण अधिकारी दाइले निकाल्नु हुने उन्नयन साहित्यिक पत्रिकालाई बिहान अफिस जान लाग्दा पद्यकन्या कलेजमा पसेर भेटेर हातैले लेखेर दिएको थिए।उन्नयन पत्रिकामा हवन कथासङ्ग्रहको समीक्षा प्रकाशित पनि भयो । निलम कार्की निहारिकाको मदनपुरस्कार पाएको कृति योगमाया भने मैले पढ्ने अवसर पाएको छैन।राजकुमार वगरले दिनु भएको गीतसङ्ग्रहको समीक्षा पनि लेखेर दिएको थिए प्रकाशित पनि भयो । राजकुमार बगर र निलम कार्की निहारिकाले मलाई धन्यवाद दिनु भयो।

२०४८ सालतिरको कुरा हो भवन विभाग ववरमहलमा काम गर्दा अहिले नेपाल टेलिभिजनमा समाचार प्रशारण गर्नु हुने गजुरधन राई पनि भवन विभागमा नै काम गर्नु हुन्थ्यो । बेला बेलामा रातको नौ बजेपछि रेडियोनेपालमा प्रशारण हुने फर्माइस गीत कार्यक्रममा मेरो नाम सुन्ने गर्नु हुन्थ्यो र मलाई भोलिपल्ट अफिसमा भेट हुंदा अरुण खत्री नदी सामाखुसीबाट सुन्न पाइरहन्छु फर्माइस गीतमा रेडियोनेपालमा भन्नु हुन्थ्यो उहाँले त्यसो भनेपछि मलाई ज्यादै खुशी लाग्दथ्यो।

बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशमा मैले बेला बेलामा पत्र लेखेर पठाइरहन्थे । पत्रको साथमा मेरो भावना मुक्तक पनि लेखेर पठाइरहन्थे । परदेशीको सन्देश कार्यक्रममा भोजपुरको नवराज राईले मेरो लागि एउटा सुझाव दिनु भएको थियो अरुण नदी खत्रीले अबदेखि अरुण कोशी खत्री भनेर लेख्न थाल्नु होला भन्ने बारेमा।नदीभन्दा कोशी ठूलो पनि हो भन्नु भएको थियो।मैले मलाई धेरैले अरुण नदी खत्री भनेर नै चिनिसके अरुण कोशी खत्री भनेर मैले नाम फेरे भने अरु नै भन्ठान्छन् भनेर जवाफ दिए।

नेपालमा गणतन्त्र आउनु अगाडि मसंगै एस.एल.सी. दिदा बर्दियामा ट्युसन पढ्ने मित्र गोपाल दहित मन्त्री हुंदा म भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा थिए । आफूसंगै पढ्ने साथै मन्त्री भयो भन्दै म उसलाई जनसंख्या तथा वातावरण मन्त्रालयमा पुगेर भेटे।उसलाई देख्नासाथ नमस्कार मन्त्रीज्यू भने । हामी त संगै पढेका साथी हौं नि कहाँ मलाई नमस्कार गर्नु भएको हात मिलाउ न उसले भनेर हात मिलाउन पुग्यौ।

२०४६ सालतिरको कुरा हो शनिबारको दिन दिउँसो अंकुर समूहले दरबार हाइस्कूलमा कवि गोष्ठी गर्ने गर्दथ्यो । कवि गोष्ठीमा शान्ति प्रिय, मोदनाथ सादा, प्रमोद स्नेही,रमेश सागर,यज्ञनिधि दाहाल दाजुहरु आउने गर्नु हुन्थ्यो।यज्ञनिधि दाहाल दाजुले रेडियोनेपालमा साहित्य संसार कार्यक्रम जदौ भनेर चलाउने गर्नु हुन्थ्यो। दरबार हाइस्कुलमा पढाउने पनि गर्नु हुन्थ्यो।म पनि बेला बेलामा शनिबारको दिन अफिस विदा हुने भएकोले पुगेर आफ्नो कविता सुनाउने गर्दथे । एउटा अङ्क अंकुर नामको साहित्यिक पत्रिका पनि निस्केको थियो।

मेरो पत्रमित्र वरिष्ठ साहित्यकार मनु ब्राजाकीसंग पहिलोपटक पचासको दशकमा रेडियोनेपालमा गजलकार दाजु ज्ञानुवाकर पौडेलको कार्यकक्षमा भेट हुन पुगेको थिए । उहाँले आफ्ना रचनाहरु कुनै पनि पत्रिकामा दिनु हुंदा पहिला पारिश्रमिक लिने गर्नुहुन्थ्यो रे।उहाँ कथा र गजलमा निकै सिपालु हुनुहुन्थ्यो । म्याग्दीको पत्रमित्र रेखाकौशल रेग्मीसंग पनि ज्ञानुवाकर दाजुको कार्यकक्षमा पहिलोपटक भेट हुन पुगेको थियो।पत्रमित्र गोविन्दराज शिवाकोटी बेहोसी, यमन्तराज निरौला,नारायण कटुवाल आकाश, नारायण पौडेल दिलवाला, विजयकुमार श्रेष्ठ दिन,तेजराज खतिवडा, ज्ञानमन्जरी राणा, ताराकान्त सिग्देल लगायत अन्य कतिपय मित्रहरु अहिले मसंग सम्पर्कमा हुनुहुदैन।

२०४५ देखि हुनुपर्छ ठाउँ ठाउँमा साहित्यिक कार्यक्रम हुंदा हप्ताको एक वा दुई दिन म पुग्दथे।धेरैजसो साहित्यिक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार र शनिबार हुने गर्दथ्यो।शुक्रबार अफिसबाट फर्कदा पुग्दथे भने शनिबार घरबाट खाना खाएर नुहाइधुवाइ गरेर पुग्दथे।तर हिजोआज भने कोभिड–१९ को डरले स्वास्थ्यलाई ध्यानमा राखेर साहित्यिक कार्यक्रममा पुग्ने गरेको छैन।कोही कोही साहित्यिक कार्यक्रममा आउनेहरुलाई धेरै ठाउँमा पुगेको देख्दथे।कोही कोहीले कार्यक्रम सकिएपछि खाजाको प्याकेट दिदा दुईटा देखि चारवटासम्म खाजाको प्याकेट लिएर आफ्नो झोलामा राखेर घरमा लैजाने गरेको पनि मैले देखे।

२०६२ सालमा गोश्वारा हुलाक कार्यालय सुन्धारा काठमाडौंमा पत्रमित्र साथीहरुलाई चिठ्ठी खसाल्न जाँदा रामेछापबाट शिशिर बसन्त पत्रिका निकाल्नु हुने कथाकार कुमार काफ्लेसंग पहिलोपटक भेट हुन पुगेको थियो।शिशिर बसन्त पत्रिकाको मलाई सल्लाहकार बनाउनु भएको थियो । त्यसपछि सामाखुसीमा आउनु भएर कवितावाचन पनि उहाँले गर्नु भयो र २०७३ सालमा हजार सपना उपन्यास निकाल्नु हुंदा मैले शुभकामना लेखेको थिए त्यस उपन्यासको बाहिर । २०५५ सालतिर कवि निबन्धकार भिष्म उप्रेती राष्ट्रिय कविता महोत्सवमा प्रथम हुनुहुंदा उहाँको अन्तर्वार्ता नै मैले पहिलोपटक लिन पाएको थिए र मणिराज सिंहले निकाल्नु भएको ज्ञानश्री पत्रिकामा उहाँको अन्तर्वार्ता पहिलोपटक प्रकाशित भएको थियो।

२०५१ सालतिरको कुरा हो मेरो कार्यालयको बाहिर सुन्धारामा म उभिइरहदा एकजनाले मलाई नमस्कार छ भन्नु भयो।मैले नमस्कार फर्काए । तपाईलाई साहित्यिक कार्यक्रममा मैले देखेको हुनुपर्छ उसले भन्यो।मैले होला पक्कै पनि भने।तपाईको नाम चाहि के हो नि भन्यो।मेरो नाम अरुण नदी खत्री हो भने । तपाईका रचनाहरु विभिन्न पत्रिकामा पढ्न पाइरहन्छु र रेडियोनेपालमा सुन्न पनि पाइरहन्छु उसले भन्यो । खुशी लाग्यो मलाई मैले भने । उसले मलाई एकसय रुपैँयाको खाचो थियो दिन सक्नु हुन्छ भन्यो मैले एकछिन सोचेर मसंग अहिले एकसय रुपैँया छैन भएको भए दिन्थे भने । हस् त म लाग्छु है उसले भनेर आफ्नो बाटो हिँड्यो।केही समयपछि त्यही मान्छेलाई मैले प्रज्ञा भवनमा कार्यक्रममा जाँदा देख्नु प¥यो । प्रज्ञा भवनमा उसले मलाई पनि देख्यो । उ पनि मसंग बोलेन म पनि उसंग देखेर पनि बोलिन।

पूर्व मुख्यसचिव लिलामणि पौड्याल सरसँग २०५० सालतिर रक्षा लेखा नियन्त्रकको कार्यालयमा संगै बसेर काम गर्दा कहिले काही मैले बालकविता बालकथा लेखेर देखाउदथे । उहाँले मेरो कथा कविता मन पराउनु हुन्थ्यो । लेख्न कहिल्यै नछोड्नु लेख्दै जानु भन्ने गर्नुहुन्थ्यो । पूर्व सचिव युवराज भुसाल सरसंग भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा २०६२ सालमा ६ महिना जति संगै बसेर काम गर्दा बेला बेलामा आफूले लेखेको कविता लघुकथा देखाउने गर्दथे । भुसाल सरको बुबाको नाममा निस्केको कविराज भुसाल स्मृति ग्रन्थको नेपाल राष्ट्र बैंकको बैंकर्स क्लब थापाथलीमा शनिबारको दिनमा विमोचन हुंदा म पनि पुगेको थिए । स्मृति ग्रन्थ एकप्रति मैले पनि लिएको थिए । कविराज भुसाल स्मृति ग्रन्थको समीक्षा लेखेर शब्दाङ्कुर मासिक पत्रिकामा प्रकाशित गरेपछि भुसाल सरलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा लगेर दिदा खुसी मानेर मलाई धन्यवाद दिनु भएको थियो ।

पूर्व मुख्यसचिव भोजराज घिमिरेसरको अन्तर्वार्ता मैले एकपटक रेडियोनेपालमा अफिस जानुभन्दा अगाडि बिहान सुनेको थिए अन्तर्वार्ता ईश्वर थापाले लिनु भएको थियो । अन्तर्वार्ता सुनेपछि उहाँ पनि साहित्यकार तथा गीतकार हुनुहुदो रहेछ भनेर थाहा पाउन सके । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर उहाँसंग भेटेर उहाँको गजलसङ्ग्रह लिएर शब्दाङ्कुर मासिक पत्रिकामा प्रकाशित भएपछि पत्रिका अर्को दिन लगेर उहाँलाई दिए । २०७८ साल मङ्सिर महिना २३ गतेका दिन दार्चुला जिल्लाको सुरेन्द्र बडुले मलाई पहिलोपटक फोन गर्नु भएको थियो । फोनमा मेरो नाम निकै पत्रिकामा देख्न पाइरहन्छु साहित्यलाई तपाईले धेरै माया गर्नु भएको छ तपाईको जीवनी हामीले लेख्नै पर्छ र तपाईलाई राष्ट्रले सम्झनै पर्छ पनि भन्नु भयो ।

 

अरुणबहादुर खत्री “नदी”

सामाखुसी मार्ग, ९३५÷५४,
काठमाडौं (नेपाल)
मोबाइल ९८४१७९७६६४

 

 

 

प्रतिक्रिया