न्यूयोर्कमा घरेलु घटनामा प्रहरी मारिए पछि सादा पोशाक लगाएका प्रहरी इकाई पुनर्स्थापना गरिने : नगर प्रमुख एरिक एडम्स
न्यूयोर्क शहरको घरेलु घटनामा समस्या समाधान गर्न गत शुक्रबार हार्लेममा पुगेका प्रहरी मारिए पछि सादा पोशाक लगाएका प्रहरी इकाई पुनर्स्थापना गरिने नगर प्रमुख एरिक एडम्सले बताए ।
न्यूयोर्क शहरका नगर प्रमुख एडम्सले आइतवार उच्च दर्जाको हिंसात्मक घटनाहरूको शृङ्खला पछि शहरले कसरी प्रतिक्रिया दिने भन्ने बारे चर्चा गरे ।
शहरले “तुरुन्तै” “परिमार्जित सादा पोशाक लगाएका प्रति बन्दुक इकाई(एन्टी गन युनिट )को नयाँ संस्करण पुनर्स्थापित गर्नेछ,” एडम्सले सीएनएनको डाना बासलाई “स्टेट अफ द युनियन” नामक कार्यक्रममा अन्तर्वार्ताको क्रममा भने ।
सादा पोशाक प्रहरी ईकाइहरूलाई पुरानो प्रहरी अभ्यासको रूपमा केहीले आलोचना गरेका छन । र , न्यूयोर्क प्रहरी विभागले २०२० मा त्यस्ता धेरै अधिकारीहरूलाई पुन: नियुक्त गरेको थियो।
यद्यपि, नयाँ वर्षमा कार्यभार सम्हालेका एडम्सले भने कि उनको टोलीले “उचित विश्लेषण गरेको छ र अब हामी यसलाई प्रयोग गर्न जाँदैछौं।”
न्यूयोर्क प्रहरी विभागका २२ बर्षिय प्रहरी अधिकारी हार्लेममा शुक्रबार साँझ घरेलु घटनाको जवाफ दिंदा उनीलाई गोली हानी मारिए पछि एडम्सले बढ्दो अपराध र बन्दुक हिंसालाई सम्बोधन गर्ने आवश्यकतालाई जोड दिँदै सप्ताहन्त बिताएका छन्।
साथै २७ बर्षिय प्रहरी अधिकारी विल्बर्ट मोरा गम्भीर अवस्थामा थिए र शल्यक्रिया गरिएको थियो।
एडम्सले आइतवार भने कि उनी “अझै पनि मुख्य रूपमा उही अवस्थामा छन्।”
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया