नेपाली समाज लबकको बार्षिकोत्सवमा रक्तदान कार्यक्रम
अमेरिकाको टेक्सस राज्यको नेपाली समाज लबकले आफ़्नो ८ औ बार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली समाज लबकले हरेक बार्षिकमा विभिन्न सांस्कृतिक र खेलकुद कार्यक्रम गर्दै आएको संस्थाले यस पटक ओमिक्रोन कोरोना भाइरसको कारण रक्तदान कार्यक्रम मात्र गरिएको संस्थाका अध्यक्ष चिकित्सक प्रकाश श्रेष्ठले ईनेप्लिजलाई बताए ।
गत जनवरी २२ शनिबारका सम्पन्न रगतदान कार्यक्रममा कूल १३ जनाले रक्तदान गरेका थिए । १६ जना रगतदान गर्न आएका रक्तदाता मध्ये ३ जनाले रगत दान गर्न योग्य नभएको कारण कूल १३ जनाले रक्तदानमा भाग लिएको डा श्रेष्ठले बताए ।
यस समयमा सबैतिर रगतको अभाव भएकोले नेपाली समाज लबकले गरेको यस पुन्य कामले रगत चाहिएका बिरामीहरुलाई ठूलो मद्दत हुने बताए ।
स्वास्थ्यको दृष्टिले पनि रगत दान गर्नु राम्रो हुन्छ भने उनले रगत दान गर्ने सबैलाई धन्यबाद दिन चाहेको बताए ।
समाज सेवा सबै भन्दा ठूलो धर्म भएकोले यस्ता मानवीय सेवामा नेपाली समाज लबकले सदैव लागि रहन कटिबद्ध रहेको जनाए संस्थाले हालसालै समाज सेवा अन्तर्गत नेपालको बझाङ्गको बिकट तथा दुर्गम स्थानमा छात्रवृति कोष स्थापनाको समेत गरि ६ हजार डलर प्रदान गरेको डा श्रेष्ठले बताए । स्मरण रहोस चिकित्सक श्रेष्ठ एनआरएनए अमेरिकाको स्वास्थ्य समिति विभागका अध्यक्ष पनि हुन् ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया