आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:२५
वासिङटन डिसी 00:40

अनधिकृत रुपमा प्रवेश गरि छद्म विच्छेदक( ह्याकर)ले ३ करोड डलर क्रिप्टो मुद्रा चोरे

इनेप्लिज २०७८ माघ ९ गते १६:१३ मा प्रकाशित

अनधिकृत रुपमा प्रवेश गरि छद्म विच्छेदक( ह्याकर)ले ३ करोड डलर क्रिप्टो मुद्रा चोरेको क्रिप्टो डटकमले जनाएको छ । क्रिप्टो डटकम अनुसार उनीहरुले बिटक्वाइन र इथरियममा ३० मिलियन डलर भन्दा बढी चोरी गरेको बताएका छन् ।

क्रिप्टो डटकमले गत बिहीबार अन्तर्जाल ( साइबर) अपराधीहरूले हप्ताको सुरुमा यसको सुरक्षा प्रणाली उल्लङ्घन गरेको बताए ।

क्रिप्टो डटकमका अनुसार “अनधिकृत रुपमा कुल ४८३६.२६ इथरियमर ४४३.९३ बिटक्वाइन र लगभग $ ६६२००  र अन्य मुद्राहरूमा निकास गरिएको ” प्रतिष्ठानले प्रकाशित गरेको छ ।

सबै ग्राहकहरूलाई चोरी भएका र हराएको रकमको लागि “पूर्ण रूपमा क्षतिपूर्ति दिएको” गरिएको क्रिप्टो डटकमले जानकारी दिएको समाचार सिबीएसन्यूजले प्रकाशित गरेको छ ।

प्रतिक्रिया