एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना पुष्टि

इनेप्लिज २०७८ माघ ९ गते ११:०० मा प्रकाशित

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अध्यक्ष ओली पछिल्लो सार्वजनिक कार्यक्रममा उपस्थित हुन सकेनन्।

आज एमालेको पत्रकार सम्मेलन हुने भनिएकोमा अध्यक्षलाई कोभिड संक्रमण भएपछि स्थगित भएको हो।सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरेका थिए।

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन्।ओलीलाई पहिलो पटक संक्रमण पुष्टि भएको हो।

अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएको जानकारी एमालेले केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत दिने भएको छ।अध्यक्ष ओली पछिल्लो सार्वजनिक कार्यक्रममा भने गएका थिएनन्।

प्रतिक्रिया