मिसिगनकी एउटी महिलाले रद्धि ई-डाक (इमेल स्पाम फोल्डर)जाँच गर्दा ३० लाख डलरको चिट्ठा जितिन
अमेरिकाको मिसिगनकी एउटी महिलाले रद्धि ई-डाक (इमेल स्पाम फोल्डर)जाँच गर्दा ३० लाख डलर फेला पारेकी छिन । उक्त महिलाले आफूलाई आएको कुनै बिधुतिय डाक अर्थात् हराएको सन्देश आफ्नो इमेल स्प्याम फोल्डर (बिधुतिय रद्धि डाक )जाँच गरिरहेकी थिइन् ।
ओकल्यान्ड काउन्टीकी ५५ वर्षीया लौरा स्पीयर्सले मिशिगन चिट्ठा अधिकारीहरूलाई बताइन् कि उनले मिसिगन लटरी डटकममा डिसेम्बर ३१ को मेगा मिलियन्स नामक चिट्ठा किनेकी बताइन ।
“मैले मेगा मिलियन्स ज्याकपोट नामक चिट्ठा धेरै ठूलो राशीको वृद्धि हुदै गएको सामाजिक संजाल (फेसबुक)मा एउटा विज्ञापन देखे, त्यसैले मैले मेरो खातामा गए र टिकट किनें,” स्पीयर्सले भनिन ।
“केही दिन पछि, म कसैको हराएको बिधुतिय डाक (इमेल )खोज्दै थिए, त्यसैले मैले मेरो बिधुतिय डाक (इमेल) खातामा स्प्याम फोल्डर( रद्धि बिधुतिय डाक सञ्चय )जाँच गरें।
स्पीयर्सले भनिन ,मिशिगन चिट्ठाबाट आएको सन्देशमा उनको आँखा पर्यो । त्यतिबेला मैले लटरी (चिट्ठा)बाट एउटा बिधुतिय डाक (इमेल) देखेँ र मैले पुरस्कार जितेको देखे ,उनले भनिन। मैले पढेको कुरामा विश्वास गर्न सकिन । त्यसैले मैले बिधुतिय डाक (इमेल)मा सन्देश पुष्टि गर्न मेरो चिट्ठा खाता भित्र प्रवेश गरे ।
अझै पनि मलाई स्तब्ध पार्ने कुरा हो कि मैले साँच्चै ३ मिलियन अर्थात् ३० लाख डलर जिते ,उनले भनिन्।
उनको पुरस्कार रकमले उनलाई चाँडै अवकाशको योजना बनाउन अनुमति दिने उनले बताइन भनि युपीआइले समाचार लेखेको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया