मेरिल्याण्डको चार्ल्स काउन्टीको घरबाट १२४ वटा सर्पहरू फेला ,मानिस मृत फेला परे
अमेरिकाको मेरिल्याण्ड राज्य चार्ल्स काउन्टीको एक घरबाट १२४ वटा सर्पहरू फेला पारिएको प्रहरीले जनाएका छन् । सर्प विशेषज्ञले सबै सर्पहरुलाई हटाएका छन् भने जहाँ मेरिल्याण्डका मानिस मृत फेला परेका थिए भनि एबीसी ७ ले समाचारमा उल्लेख गरेको छ ।
सर्पहरुलाई निकाल्न नर्थ क्यारोलाइनाबाट सर्प विशेषज्ञलाई बोलाईएको थियो । चार्ल्स काउन्टी स्थित उक्त घरमा डेभिड रिस्टन नामक व्यक्तिलाई बुधबार राती मृत फेला पारेका थिए ।
फेला पारिएका सर्पहरुमा अत्यधिक विषालु गोमन सर्प ,कालो माम्बा सर्प तथा रयाटलस्नेक (एक प्रकारको बिषालु सर्प )हरू फेला पारिएको थियो । काउन्टीका प्रवक्ता जेनिफर ह्यारिसले भनिन कि उनीहरूलाई हटाउन बाहिरी सहयोग चाहिन्छ।
“हाम्रो आफ्नै पशु आश्रयमा हामीसँग त्यस्तो प्रकारको विशेषज्ञता छैन त्यसैले हामीले जनावरहरूलाई हटाउन मद्दत गर्ने मानिसहरूलाई सम्पर्क गर्यौं,” ह्यारिसले भनिन ।
रिस्टनको मृत्यु कसरी भयो आधिकारिक रूपमा अझै अनुसन्धान भइरहेको छ तर धेरै स्रोतहरूले एबिसी७ न्यूजलाई सर्पले टोकेको प्रमाण भेटिएको बताउँछन भनि समाचारमा उल्लेख छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया