भर्जिनियामा आफ्ना छोराछोरीले विद्यालयमा मुखावरण लगाउनु परेमा ‘हरेक बन्दुक भरी र तयार’ ल्याउने धम्की दिएपछि महिलामाथि मुद्दा
भर्जिनियामा आफ्ना छोराछोरीले विद्यालयमा मुखावरण (मास्क )लगाउनु परेमा ‘हरेक बन्दुक भरी र तयार’ ल्याउने धम्की दिएपछि महिलामाथि मुद्दा लगाईएको छ ।
भर्जिनियाको प्रहरीका अनुसार एक महिलाले बिद्यालयको संचालक समिति बैठकमा आफ्ना बच्चाहरूलाई बिद्यालयमा मुखावरण (मास्क) लगाउन आवश्यक भएमा गोली भरिएको बन्दुकहरू देखाउने दाबी गरेपछि आरोप लगाइएको छ।
विभागको सामाजिक संजाल (फेसबुक -अनुहार किताव )पृष्ठमा प्रकाशन गर्दै अधिकारीहरूले भने कि लुरेकी ४२ वर्षीया अमेलिया किंगलाई शुक्रबार दिउँसो बिद्यालयको सम्पत्तिमा मौखिक धम्की दिएको आरोप लगाइएको छ ।
एक न्यायाधीशले उनलाई ५ हजार डलरको असुरक्षित जमानतमा रिहा गरे। समितिले कोभिड-१९ न्यूनीकरण उपायहरूमाथि बहस गरिरहेको थियो । साथै समितिले बढ्दो ओमिक्रोको लहरले महत्त्वपूर्ण सामुदायिक संक्रमण वृद्धि भै रहेको अवस्थामा नयाँ रिपब्लिकनका गभर्नर ग्लेन यंगकिनले मुखावरण लगाउन अनिवार्य नहुने भने कार्यकारी आदेशहरू घोषणा गरेका थिए ।
बैठकको सार्वजनिक टिप्पणी खण्डको समयमा चार पृष्ठ काउन्टीका बासिन्दाहरू मध्ये एकको प्रतिक्रिया द्वन्द्वात्मक भयो भनि सिएनएनले समाचार लेखेको छ ।
“मेरा बच्चाहरु सोमबार मुखावरण (मास्क )लगाएर विद्यालय आउने छैनन्,” किंगले समितिलाई भनिन । “ठीक छ? त्यो हुने छैन। र ,म प्रत्येक हरेक बन्दुक भरेर र तयार ल्याउँछु … म सबैलाई भेट (कल )गर्नेछु …।”
त्यसपछि उनीलाई दिइएको तीन मिनेट समय सीमा नाघेको कारण उनको बोल्ने पालो काटियो , र उनले जवाफ दिइन्, “म सोमबार सबैलाई भेट्नेछु।”
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया