आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:३३
वासिङटन डिसी 00:48

एनआरएनए अमेरिकाले एमसीसी सम्बन्धि बहस कार्यक्रम गर्ने

इनेप्लिज २०७८ माघ ८ गते १८:११ मा प्रकाशित

एनआरएनए अमेरिकाले एमसीसी सम्बन्धि बहस कार्यक्रम गर्ने भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाले एमसीसीसँगको सम्झौता प्रक्रियामा उठिरहेका विभिन्न सवाललाई आम समुदाय बिच प्रस्ट बनाउन सबै पक्षका विचारलाई स्थान दिँदै बहस कार्यक्रम गर्दै आएको छ ।

जनबरी २३ तारिख आइतबार एमसीसीसँग सम्झौता गर्दा कानुनी रूपमा के कस्ता विषय बस्तु रहेका छन् र त्यसले के कस्तो प्रभाव पार्न सक्छ भन्ने सन्दर्भमा विषय विज्ञ र पक्ष–विपक्षमा देखिएका सबैलाई समेटेर बहस कार्यक्रम आयोजना गर्न लागिएको छ ।

नेपालको सार्वभौमसत्ता, संविधान र कानुनी पक्षसँग एमसीसी सम्झौताका बुँदाहरूले कानुनी रूपमा चुनौती र दूरगामी प्रभाव पार्छन् की पार्दैनन् भन्ने विषयमा विज्ञहरूले तथ्यपरक भएर आफ्ना रायहरू दिनुहुनेछ ।

कार्यक्रममा एमसीए नेपालका प्रमुख कानुन विज्ञ राजीव दाहाल, एक्स्ट्रनल कानुनविद् सेमान्त दाहाल, प्रा डा उत्तम गौली ,त्यसै गरी गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, पूर्व अध्यक्ष डाक्टर केशव पौडेल, गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व सल्लाहकार परमाणु वैज्ञानिक डाक्टर यादव पण्डित, सञ्चार कर्मी शैलेश श्रेष्ठ लगायत विभिन्न सङ्घ संस्था र सामाजिक अभियन्ताहरु कार्यक्रममा सहभागी हुनुहुनेछ ।

कार्यक्रम जुम बैठकबाट गरिने छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराईले कार्यक्रमका परिकल्पनाकार र सञ्चालकको रूपमा रहनु हुनेछ ।

उपाध्यक्ष भट्टराईले जुम बैठकमा सबैलाई सहभागी हुन सार्वजनिक रूपमा नै आह्वान गरिएको बताउनु भयो ।

zoom id : 844-3376-2223  passcode : 794846

प्रतिक्रिया