भावनाका तरेलीहरु

अच्युत कुइकेल २०७८ माघ ८ गते १७:४१ मा प्रकाशित

 

सागरका छालहरु।

गन्दै बिते रातहरु।।

 

प्रभातको प्रहरैमा।

हराएछन साथहरु।।

 

अनुकुलताको खोजिमा ।

ठाउ फेर्छन माझहरु।।

 

तिम्रा नाममा मदहोश।

बनिरहे साझहरु।।

 

कर्तव्यको कथा सगै।

रित्तिदैछन प्यालाहरु।।

 

श्रमजीवी तडपिदैछन

नपाएर ज्यालाहरु।।

 

शिकारक खोजीमा छन।

निरंकुश व्याधाहरु।।

 

जोगिने प्रयासमा छन।

सिधा अनि सादाहरु।।

 

अच्युत कुइकेल

कागेश्वरी मनोहरा ४ डाछी काठमाण्डौं

 हाल बुटवल

२०७८।१०।७

प्रतिक्रिया