शुक्रबार, जेठ १३ २०७९
काठमाडौं १८:१३
वासिङटन डिसी 08:28

क्यालिफोर्नियाका पूर्व गभर्नर तथा अभिनेता आर्नोल्ड श्वार्जनेगर बहु-वाहन दुर्घटनामा परे ,तर कुनै चोटपटक लागेन

इनेप्लिज २०७८ माघ ८ गते १२:५० मा प्रकाशित

बिश्व प्रसिद्ध चलचित्र अभिनेता र क्यालिफोर्नियाका पूर्व गभर्नर अर्नोल्ड स्वार्जनेगर गत शुक्रबार साँझ लस एन्जलसमा बहु-वाहन दुर्घटनामा परेका छन् । तर उनले आफूलाई कुनै चोट पटक नलागेको उनका एक प्रतिनिधिले पीपल म्यागजिन (पत्रिका)लाई बताए ।

“उनि ठीक छन् , उनको चिन्ता अहिले घाइते महिलाको लागि हो,” प्रतिनिधिले भने।

दुर्घटना अपरान्ह ४:३५ बजे भएको थियो । पश्चिम सनसेट बलुभर्ड र एलेनफोर्ड एभिन्यू(मार्ग)मा उक्त दुर्घटना भएको लस एन्जलस प्रहरी विभागले एक समाचार विज्ञप्तिमा बताएको छ ।

“पश्चिम लस एन्जेलस क्षेत्रका अधिकारीहरू घटनास्थलमा आइपुग्दा, चारवटा गाडीहरू दुर्घटनामा परेको कुरा पत्ता लाग्यो,” प्रहरीले भने।

एक महिलालाई टाउकोमा चोट लागेको कारण अस्पताल लगिएको थियो, एलएपीडीले भन्यो। मदिरा वा लागूपदार्थको कारण सवारी साधनको दुर्घटना नभएको प्रहरीले बताएको समाचार सिएनएनले लेखेको छ ।

७४ बर्षिय श्वार्जनेगर रिपब्लिकनबाट २००३ मा चुनाव जितेका थिए भने २००६ मा पुन निर्वाचित भएका थिए । उनले २०११ मा कार्यालय छोडेका थिए ।

अस्ट्रियामा जन्मेका चलचित्र स्टार(प्रसिद्ध )कलाकार सन् १९६८ मा अमेरिका आएका थिए । जहाँ उनले शारीरिक सुगठन अन्तर्गत मिस्टर युनिभर्स, मिस्टर ओलम्पिया र मिस्टर वर्ल्ड प्रतियोगिता जितेका थिए ।

उनले “कोनान द बार्बेरियन,” “द टर्मिनेटर,” र “टोटल रिकल” नामक चलचित्रमा पनि मुख्य भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया