अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ७ लाख २१ हजार संक्रमित,२,१६२ जनाको मृत्यु
कूल ४ करोड ४१ लाख ९१ हजार जनाले कोरोनालाई जितेका छन्
अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७ लाख २१ हजार ६ सय ५८ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट २ हजार १ सय ६२ जनाको मृत्यु भएको छ ।
गत जनवरी २१ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण दुई हप्ताको अवधिमा औसतमा ११ प्रतिशतले वृद्धि भएको छ ।
न्यूयोर्क टाइम्सले जनवरी २२ शनिबारको दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ८ लाख ६४ हजार १ सय ८२ जनाको निधन भएको छ भने दैनिक औसतमा ४४ प्रतिशतले मृत्यु दर बढेको छ ।
न्यूयोर्क टाइम्सले दैनिक र दुई हप्ताको औसतमा उक्त तथ्यांक निकालेको हो ।
यसै गरी गत बिहिबारका दिन सम्म कूल ७ करोड १ लाख ३० हजार ६ सय ५० जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल १ लाख ५९ हजार १ सय ८८ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा ३० प्रतिसत वृद्धि भएको छ ।
यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६३.३ प्रतिशत पुगेको छ । अमेरिकामा १८ बर्ष भन्दा माथिकाले पूर्ण खोप ७३.८ प्रतिशतले लगाई सकेका छन् । यसैगरी १२ बर्ष माथिका उमेरकाले ७२.१ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६७.३ प्रतिशत पूर्ण खोप लगाई सकेका छन।
त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकाले पूर्ण खोप ८८.२ प्रतिशत लगाई सकेको सिडिसीले जनाएको छ ।
अमेरिकामा हाल सम्म कूल २१ करोड २१ हजारलाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )लिनेको संख्या ८ करोड ३० लाख नाघेको छ ।
कूल जन संख्यामा अभिवर्धक खुराक लगाउनेको संख्या ३९.५ %, ६५ बर्ष भन्दा माथिकाले ६२.७ % ,१८ बर्ष भन्दा माथिकाले ४२.६ % र ५० बर्ष भन्दा माथिका ले ५४.१ % ले लगाएको सिडिसीले उल्लेख गरेको छ ।
अहिले सम्म कूल ४ करोड ४१ लाख ९१ हजार ५ सय १२ जनाले कोरोनालाई जितेका छन् ।
नेपाली संगीतमा प्रवासको योगदान
नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन , टेक्ससमा दैनिक प्रदर्शन हुने
म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै
न्यूयोर्कमा यसरी सम्पन्न भयो पाँचौं नेपाल डे परेड (तस्बिरहरु सहित)
अमेरिकामा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक डा. बडालले ल्याए आमाको सम्झनामा पुस्तक
प्रतिक्रिया