भ्वाइस अफ नेपालका फाइनलिस्ट आर्यन तामाङको ‘खुसी ‘ सार्वजनिक ( भिडियो )
द भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिस्ट आर्यन तामाङको सुमधुर स्वर रहेको गीत ‘खुसी ‘ सार्वजनिक भएको छ । रचनाकार अशोक खड्काको शब्द र संगीतकार निरोज लामाको कर्णप्रिय संगीत रहेको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । ‘खुसी ‘ नारीको गहना हो यसलाई सम्हाल्न माया गर्नेले सक्नु पर्छ, त्यही हो सच्चा माया भन्ने भाव व्यक्त गरेको छ गीतले । गीतको भावअनुसार भिडियोमा खुसी भन्ने एउटी रचनाकार केटीको खुशीलाई गायक आर्यनले बुझेर स्वीकार गरेको कथालाई देखाउने प्रयास गरिएको छ जसमा नयाँ कलाकार रोशन कालिकोटे र रविना थिङको अभिनय रहेको छ । अशोक खड्काको निर्देशन रहेको भिडियोमा सुशील बानियाको क्यामेरा र सुरेश राउतको सम्पादन रहेको छ ।
शब्द,संगीत र स्वरको उत्कृस्ट त्रिबेणी रहेको हुनाले यो गीतले स्रोता ,दर्शकको मन जित्नेमा प्रस्तुतकर्ता पुरन खड्का बिस्वस्त छन् ।
नेपाली संगीतमा प्रवासको योगदान
नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन , टेक्ससमा दैनिक प्रदर्शन हुने
म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै
न्यूयोर्कमा यसरी सम्पन्न भयो पाँचौं नेपाल डे परेड (तस्बिरहरु सहित)
अमेरिकामा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक डा. बडालले ल्याए आमाको सम्झनामा पुस्तक
प्रतिक्रिया