टुक्का साहित्य समाजकाे आयोजनामा भदौरे लाेक छन्द मा टुक्का लेखन अभ्यास सम्पन्न !

इनेप्लिज २०७८ माघ ७ गते २३:५९ मा प्रकाशित

काठमाडाैं, टुक्का साहित्य समाज काे आयाेजनामा २०७८ माघ ५ गते बुधवार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-१५” अन्तर्गत भदौरे छन्द  (लाेक छन्द) मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका अध्यक्ष / प्रशिक्षक ताराप्रसाद चापागाईंकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ६१ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का” लेखनमा विविधता ल्याउने क्रममा छन्दमा टुक्का लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सञ्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिदै आएकाे छ ।

भदौरे छन्द (लाेक छन्द)
वर्षा ऋतुको उत्तरार्ध तथा शरद ऋतुको आगमनपूर्व गाइने वा शारदीय चाडहरुको आव्हान गरिने लोक छन्दलाई भदौरे छन्द भनिन्छ।
~ यो छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ भदौरे छन्द ८ अक्षर हुन्छन्।
~ भदाैरे छन्द काे सुत्र:-
~  २+२,२+२ = ८ अक्षर

अभ्यासका क्रममा सङ्कलन भएका भदौरे लाेक छन्दमा सिर्जना गरिएका टुक्काहरू
[१]
१.
हाँसी खुसी चाड हाम्राे
पीडा भुल्न अति राम्राे ।
२.
चाड पर्व आयाे भन्छन्
घर जाने दिन गन्छन्।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।

[२]
१.
हाँसी खुशी बस्नु साथी,
जित्नु पर्छ,दु:ख माथि ।
२.
माघी खाए,चाड मानी,
घिउ चाकु,मीठो जानी।
३.
आयौ तिमी, वर वर
जाने  छैन, परपर ।
४.
आँशु बग्छ,सधैं मेरो,
मोती दाना,सेरोफेरो।
५.
जाडो याम,पर्यो हिउँ,
कसो गरी,ताप दिउँ ।
✍️ शर्मिला श्रेष्ठ
भैंसेपाटी,ललितपुर।

[३]
आऊ बस बात मारौँ,
तिम्रो मेरो प्रीत सारौँ ।
✍️गंगा खड्का
बुढानिलकण्ठ, काठमाडाैँ ।

[४]
१.
पौष गयो माघ आयो
चिसो हावा पानी छायो।
२.
तिम्रो मन मेरो धन,
बैना बट्टा भैगो झन।
✍️ हरि नारायण चाैधरी (कबिताहरी)
सुन्दर हरैंचा नगरपालिका १ मोरङ

[५]
१.
हट्यो हिलो दिन खुल्यो,
चाड आयो मन भूल्यो ।
२.
सिम-सिम पानी पर्‍यो,
आँखाबाट आँसु झर्‍यो ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।

[६]
१.
धन्य भयो दिन हाम्रो
अरू भन्दा आज राम्रो ।
२.
कथा कति भन्नु अब
सुन्ने कोही छैन जब ।
३.
हाँसी खेली सधैँ बाचौँ
गाऔँ छम छम नाचौँ ।
४.
सुने मैले तिमी गयौ
पराइकी अब भयौ ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

[७]
हुस्सु हटी घाम लाग्यो
नित्य गर्ने काम जाग्याे ।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर, झापा।

[८]
पुस गयो माघ लाग्यो
हिउँ वर्षा जाडो जाग्यो।
✍️ कमला  देवकोटा
पाल्पा

[९]
हाँस्दै हाँस्दै साथ भयाै
रुवाएर किन गयाै ।
✍️ लक्ष्मी प्रसाद फुयाल

[१०]
भदाैरे यो छन्द राम्राे                                                     टुक्का सँगै मन हाम्राे।
✍️ दुर्गा वनवासी
झापा।

[११]
१.
माघ लाग्यो मध्य जाडाे
जिऊ छेक्ने छैन भाँडो।
२.
घर बस्यो आगो बाल्यो
राग ताप्दै तेल हाल्यो।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया

[१२]
१.
मन डुल्छ वायु सरी
बस्नु अब कसो गरी।
२.
रिम झिम पर्यो झरी
छैन गुड भिझ्यो चरी ।
३.
माया भए छिट्टै लाउँ
हैन भने छोडी जाउँ।
४.
याद तिम्रो आँखा भरी
हाँस्दै बाचौँ यसै गरि।
५.
माघ मास चिसो बढ्यो
मुटु भित्र ठण्डि गढ्यो ।
✍️ दुर्गा भट्टराई
मोरङ।

[१३]
१.
छैन माया, दया छैन
देश कस्तो, खै त चैन?
२.
सोच हो कि व्यक्ति ठुलो
बुझ्नु नत्र हुन्छौ लुलो ।
✍️ रचना शर्मा प्रतीक्षा
ललितपुर ।

[१४]
१.
रिम झिम,पर्छ झरी
आहा कति,दामी परी।
२.
चाेखाे माया,आजै लाउँ,
राम्रो सँग, हास्दै गाउँ।
३.
खेती गर्दा, आली लाई,
मिठा मिठा,गीत गाई
४.
चिसाे बढ्याे, पुस मास,
बाल बच्चा,भित्रै बास।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही  १४ बुटवल ।

[१५]
१.
फूल फुल्याे बारी भरी ,
आउ कान्छी मख्ख परी ।
२.
मन मेराे खुशी भयाे ,
बल्ल मेराे दशा गयाे ।
३.
तिम्राे घर गाउँ ठाऊँ ,
राम्राे लाग्याे घुम्न आऊँ ।
४.
बाटो माथि  घर मेराे ,
सबै हाम्राे सेराे फेराे ।
५.
टुक्का लेखाै मन खाेली ,
आज विदा आउँ भाेली ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर ।

[१६]
१.
भोको  रुन्छ मातृ माया
पूर्ण  भई  बसि  छाया ।
२.
प्रेम पूर्ण काव्य खेल
माला माल आउ झेल।
३.
स्वच्छ आभा कवि जान
प्रात  काल चले मान।
४.
प्यारा पढ्ने बानी परे
हल चल खुब गरे।
५.
हैन यो के  सब ताकि
राख्न आए काव्य फ्याकि।
✍️ अम्विका अधिकारी
झापा, विर्तामोड।

[१७]
१.
आज तिम्रो याद आयो ,
तिम्रै लागि मन धायो ।
२.
हाँस्नु धेरै तिमी यहाँ ,
भन जानू छ र कहाँ ।
३.
फुल जस्तै तिम्रो मन ,
लाग्छ अति राम्री झन ।
४.
मित्र हामी गरौं काम ,
धेरै थोरै हुन्छ दाम ।
५.
देश मेरो अति राम्रो ,
सधैंभरी छ नी हाम्रो ।
✍️ विक्रम तिरुवा सलिन
तिला ३ कुडारी जुम्ला

[१८]
१.
तातो चिया जाडो याम
ज्वानो मेथी गर्छ काम।
२.
लान्छ के हो? कफ खोकी
वैकुण्ठमा वाजा ठोकी।
✍️ मनोहरी पौडेल
गैडाकोट १ ।

[१९]
१.
झट्ट हेर्दा राम्री देखेँ
तिम्रो मीठो गीत लेखेँ।
२.
तिमी आयौ खुसी छायो
यो मनले गीत गायो।
✍️ परिक्रमा श्रेस्ठ
धरान- सुनसरी ।

[२०]
१.
चाड आयो माथ खायो
नभएको ऋण लायो ।
२.
देखासिकी गर्नै पर्ने
नत्र मरे तुल्य टर्ने ।
३.
आफ्नो लागि मात्र हैन
बाल सखा पनि छैन ।
४.
इच्छा पनि कति लाग्ने
अरू हेर्दा भएँ माग्ने ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक ।

[२१]
१.
आयो चाड हाम्रो पर्व
मान्छौ हामी गर्छौ गर्व ।
२.
चाड आइ गै नै गयो
ऋण बोकि बोझ भयो।
३.
ऋण तिर्न हुन्छ सारो
दुखी लाई झनै गारो ।
४.
भाइरस बड्दै गयो
डर त्रास अति भयो ।
✍️ बेदु न्यौपाने
काठमाडौ

[२२]
१.
वर्षा हट्छ हिलाे मैलाे,
खुल्छ नि पर्वकाे दैलाे।
२.
शारदीय ऋतु राम्रो
चङ्गा हुन्छ मन हाम्रो ।
✍️ मित्र उराठी गाैतम
तिलाेत्तमा न पा-२ ,रुपन्देही

[२३]
१.
आच्छु छुछु कति जाडाे
कैले जान्छ दिन चाडाे ।
२.
काम्दै बस्छु घर भित्र
भेट्नु छैन साथी मित्र ।
✍️ ल्युजर शर्मा
बाग्लुङ गल्काेट।

[२४]

दु:ख जति सबै भुल
मन चंगा पारि डुल ।

उठ अब फेरि जाग
हाम्रो भूमी फिर्ता माग ।
३.
मन मुटु दुवै खोल
सधैँ सत्य कुरा बोल ।
✍️ इन्दिरा देवकाेटा
कपिलवस्तु ।

[२५]
१.
सन्चो छैनौँ हामी यता,
कस्तो होला तिम्रो उता ।
२.
बिग्रि सक्यो, हाल चाल,
रोक्नु पर्छ, हडताल ।
✍️ भगवती दवाडी
झापा ।

[२६]
१.
सभ्य भइ बाच्न सिक
आफ्नै पन रच्नु ठिक ।
२.
तिमी हाँसे मन हाँस्छ
सुख आइ प्रीति गाँँस्छ ।
३.
प्यार पाए दुख भाग्छ
ज्ञानी मान्छे प्रीय लाग्छ।
✍️ तिला लेकाली
बेलबारी, माेरङ्ग ।

[२७]
१.
मुटु भरि तिम्रो माया
आँखा भरी रैछ छाया।
२.
एता उति सबै हेर
घुमी घुमी लाउ फेर।
✍️ सरस्वती श्रेष्ठ
इटहरी

[२८]
१.
काँस फुल्यो धान झुल्यो,
चाड आयो नभ खुल्यो।
२.
भान्साभित्र धुलो-पिठो,
खान जुर्छ राम्रो मीठो।
३.
सयपत्री बागभरि,
दीपावली खुशीसरि।
४.
भरी भयो धानसार,
वर्ष दिन यादगार।
✍️  म्यामराज राई
भोजपुर ।

[२९]
१.
चिसो धेरै भयो आज,
सर्दि को छ अब राज।
३.
देश तर्फ पनि हेरौँ,
दुष्ट लाई मिलि सेरौँ।
४.
मान्छे लड्दै बित्छ दिन,
बिनाकाम छैन छिन।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही-१८

[३०]
१.
किन यति दुख्छ छाती,
रुन घाम लुक्छ राति।
२.
यति पीडा कहाँ हुन्थ्यो,
आफन्तका आँखा रुन्थ्यो।
३.
घरि-घरि मायाँ भाँच्ने,
मरिसक्यो आशा बाँच्ने।
✍️ पौडेल विमुन्स
पोखरा कास्की

[३१]
१.
हिमालको हावा पानी
कति खुसी मेरी रानी।
२.
चौतारीमा बर रूख
किन मान्छ्यौ कान्छी दुख ।
३.
घाम देख्नु छैन राती
के भएर दुख्यो छाती।
४.
छहारीको मुनि छाया
तिम्रो मात्र लाग्छ माया।
✍️ गुणनिधि घिमिरे
पाँचथर मोरङ हाल अमेरिका

[३२]
१.
मन भित्र बाटो गरी
किन छुन्छौ घरीघरी ।
२.
आयो फेरि छुद्र पापी
गाउँ घर बाटो नापी ।
✍️ इश्वरी अधिकारी
लमजुङ्ग ।

[३३]
१.
छिटो छिटो खान लाको
थोरै व्यस्त थिएँ भाको।
२.
लाज लाग्छ मन भरी
यस्तै भन्छन् घरी घरी ।
३.
भोक साह्रै लाग्यो आज
भन्न पनि भयो लाज ।
४.
सेती पारी जान्न होला
जान्या छैन तर्न खोला।
५.
पछि पछि भन्दै गयो
आज पनि उस्तै भयो।
✍️ ललिता अभागी
सुनकोशी-५, सिन्धुली ।

[३४]
१.
देखिदैन गाउँ-घर
कुहिरो छ वरपर।
२.
शिशिरमा चिसो हावा
सिरेटोले दिन्छ धावा।
३.
पुँजीवादी लुटतन्त्र
जन्ता चुस्ने मूल मन्त्र।

देवताको मन्दिरमा
खिया लाग्यो जन्जिरमा।
✍️ अबजस चन्द्र
झापा ।

[३५]
१.
जीवनको चोखो माया,
जिन्दगानी घाम-छाया ।
२.
नेता जी को मीठो बोली,
भाखा सधै भोलि भोलि ।
✍️ रामजी लामिछाने
पाेखरा ।

[३६]
१.
लालुपाते फूल फुल्यो
वसन्तमा मन डुल्यो ।
२.
माया राख्न देऊ झोली
मुस्कुराउ मिठो बोली ।
✍️ रिजाल विनोद
बेलबारी- ०२, मोरङ ।

[३७]
१.
कालो जालो फार्न सब,
उषा लाली आऊ अब ।
२.
फूल दिएँ  काँडा भन्यौ,
सामु आए टाढा बन्यौ ।
३.
हिजो हात छुन पाएँ,
आज तिम्रै हुन आएँ ।
४.
रोइ रोइ बिते दिन,
आफ्ना टाढा हुन्छन् किन।
५.
हट्यो अब सारा डर,
आएँ मत तिम्रै घर ।
✍️ ऋषिराम खनाल
नवलपुर

[३८]
१.
आगो बल्यो तातो आयो,
याे मनमा खुसी छायो।
२.
चरि नाच्यो डाली डाली,
हामी मिलि दिउ ताली।
३.
सके सम्म मान दिऊ
फल पछि फिर्ता लिऊ।
✍️ अच्युत घिमिरे
ठुलाे दाेभान, भुटान।

[३९]
१.
पौष गयो माघ आयो,
जाडो अझै धेरै छायो।
२.
फूल माथि शीत परे,
लेक भरी हिऊँ  झरे।
३.
भेडी गोठ बेसी सारे,
ठेकी भरी मही पारे।
४.
राडी पाखि ऊँन तातो,
पाखा बारी फूल रातो।
५.
तोरी फूल्यो मौरी डुल्यो,
घार भरी मह हुल्यो।
✍️ होम प्रसाद न्यौपाने
धरान,सुनसरी ।

[४०]
१.
भिन्न नाम भिन्न काम ,
आयाे भिन्न परिणाम ।
२.
मिलिजुली गराै हाम,
खन्चुवा हाे हाम्रो नाम ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[४१]                          
अति राम्री डाँफे चरी
घेर्दै आई वरिपरी ।
✍️  संझना (कुसुम)
कास्की

[४२]
१.
तिमी धेरै टाढा बनि,
मुटु जल्याे दनदनी।
२.
सपनीमा तिमी देखेँ,
सम्झिएर टुक्का लेखेँ।
✍️ हिउँकला हाँसी खतिवडा
कैलाली ।

[४३]
भदौ मास झरी दर्क्यो,
कान्छी तिम्राे मन फर्क्यो ।
✍️ विवस पारदर्सी

[४४]
पुष माघ चिसो ठन्डी,
हैजा आए हान्न डन्डी।
✍️ काजी तामाङ्ग ग्यावा

[४५]
१.
मुटु काँप्याे बढ्दा जाडाे,
ताताे खाऊँ अब चाँडाे।
२.
न्यानाे लुगा लाऊँ अब,
सन्चाे हुन्न नत्र तब ।
✍️ भावना मन्जु
झापा- हाल -माेरङ

[४६]
माघ लाग्यो घाम चड्यो
प्रात:काल चिसो बढ्यो।
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ

[४७]
१.
बाेल बाेल, कान्छी नानी ,
किन हुन्छ्याै, पानीपानी?
२.
तिम्रो वाचा, खेर गयाे,
छातीमाथि , ढुङ्गा भयाे ।
३.
किन आज, लाग्छ यस्तो ?
भाेकालाई, मासु जस्तो ।
४.
मरी जाने, मान्छे चाेला,
किन लाेभ, गर्छ हाेला?
५.
जस्तोलाई, तस्तै भयाे ,
नाफा खाेज्दा, घाटा गयाे ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७,उपल्लो गाेहाेरे,गाेरखा।

[४८]
१.
सिमसिम पानी पर्यो ,
माथी बाट को हो ? झर्यो ।
२.
मन मेरो उतै सर्यो ,
राम्री देख्दा मन पर्यो ।
३.
मीठो बोली न्यानो माया
जिन्दगानी घाम छाया ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा

[४९]
१.
हैन राजा उठ अब,
जानू पर्छ लड्न सब।
२.
सक काम खाउँ भात,
लड्दा लड्डै लाग्यो मात।
३.
जुट्नु फुट्नु उस्को अर्जी,
बोल्दा पनि भन्छ मर्जी।
✍️ कमला पाण्डे पराजुली
झापा चारआली।

[५०]
चिसो बढ्यौँ मुटु काप्यो,
दिन भरी घाम ताप्यौँ ।
✍️ सुरेखा चाम्लिंग
भक्तपुर ।

[५१]
१.
आयो पर्व ल्यायो हर्ष,
खुसी छायो लौ यो बर्ष।
२.
किन गर्छौ ख्याल ठट्टा,
गरी दिन्छु बैना बट्टा।
✍️ नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।

[५२]
१.
कामभन्दा, कुरा ठुला,
गर्दै हिड्छ, छट्टु मूला ।
२.
जैले आयौ, जिन्दगीमा
परेँ म त, बन्धकीमा ।
३.
धोका अनि, जालझेल,
राजनीति, कस्तो खेल ?
४.
तिमी बस्ने, मुटु पनि,
बसेको छ, ढुङ्गा बनी ।
५.
गर्नुपर्छ, दु:खीलाई,
हाँस्न पनि, कन्जुस्याइँ ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

[५३]
१.
लेखौँ टुक्का, भरौँ हुक्का
भ्रष्टलाई हानौँ मुक्का।
२.
छैन काम, खोज्छ माम
अल्छी गर्छ, माग्छ दाम।
✍️ दीपक ठटाल जलन
दार्जिलिङ्ग ।

[५४]
१.
खेती बाट, छुट्टी मिल्यो,
हेर ओठ, हाँसो खिल्यो।
२.
शारदीय, पर्व आयो,
भद्रायोले, गीत गायो।
३.
सबै मिली , रमाउनु,
चाडपर्व, मनाउनु।
✍️ अरुण कुमार भुजेल
गोरूबथान कालेबुङ्ग,भारत।

[५५]
१•
अघिल्तिर राम नाम,
पछिल्तिर छलछाम।
२•
नेतासँग छल्न सिक,
कुर्सीतिर हौ नजिक।
३•
छैन केही लाज सर्म
लुटी खानु हो कि धर्म।
४•
अनौठोको मनोरोग,
सॅधै भत्ता उपभोग।
५.
दुनियाॅमा जस्तो देखेॅ,
यथार्थमा त्यस्तै लेखेॅ।
✍️ घनश्याम पौडेल
सृजना चोक, पोखरा।

[५६]
१,
दूरदर्शी बनौ सबै,
देश हाम्रो बन्छ कबै।
२,
हामी सबै मिलीजुली,
काम गरौ सबै खुली।
३.
स्वर्ग जस्तो देश हाम्रो,
विश्व सामु छ है राम्रो।
४.
दाजुभाइ बनी बसौँ,
मिल्न लाई हात कसौँ।
५.
जनता नै जाग्नु पर्यो,
नभए त देश सर्यो।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा।

[५७]
१.
अब कस्को भर पर्नु,
रुदै मैले खै के गर्नु।
२.
गयौ भने घात गरी,
रुनु पर्छ सधैँ भरी।
३.
जहाँतहीँ चित्रै चित्र,
माया हुन्छ मुटु भित्र।
४.
आए म त सबै त्यागी,
हेर बाबु  तिम्रै लागी।
✍️ लालीमाया थापा मगर
प्युठान।

[५८]
१.
तिम्रो मन देउ सानु
सबै कुरा मैले मानु ।
२.
कति राम्रा डाँडापाखा
हेर्छन् तेतै मेरा आँखा ।
३.
भन तिमी के पो गर्छौ
अघि मात्रै किन सर्छौ ।
✍️ नवीन जोशी
प्रदेस- ७, कैलाली

[५९]
१.
चाड पर्व आयो गयो
ऋण लाग्यो झुर भयो ।
२.
दुख माथी पिडा आयो
तन मन सबै खायो ।
३.
घर सधैं सफा राखौं
स्वस्थ हुन अब ताकाैं ।
✍️ तारा घिमिरे
सङ्खुवासभा ।

[६०]
१.
आज भोलि किन भन्छौ
उक्ति छान्दै सधै गन्छौ।
२.
ध्यान राख अघि बढ
सक्छौ बुझ नत्र पढ।
३.
देश आमा हुन हेर
सधै शान्ति लिई घेर।
४.
माटो खाने जुका आए
मार्ने पनि उक्ति पाए।
✍️ धनुष न्यौपाने
गुठिचौर-०४ जुम्ला बिगारे

[६१]
देवीको महिमा कति महान
भजन गाईन्छ सारा जहान।
✍️ रुपेश कु.सदाय
सिरहा-सखुवानन्कारकट्टी-३

>>> जय टुक्का! जय साहित्य!! <<<

प्रतिक्रिया