अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ७ लाख ३५ हजार संक्रमित,२,०२९ जनाको मृत्यु
दैनिक औसतमा ४५ % मृत्यु दर वृद्धि , अस्पताल भर्ना हुने ३६ % वृद्धि
अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७ लाख ३५ हजार ६ सय ५२ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट २ हजार २९ जनाको मृत्यु भएको छ । मृत्यु ज्यादा हुने राज्यहरुमा क्यालिफोर्निया,टेक्सस,फ्लोरिडा ,न्युयोर्क र इलिनोइस रहेका छन ।
गत जनवरी २० का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण दुई हप्ताको अवधिमा औसतमा २१ प्रतिशतले वृद्धि भएको छ ।
न्यूयोर्क टाइम्सले जनवरी २१ शुक्रबारको दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ८ लाख ६० हजार ३ सय १६ जनाको निधन भएको छ भने दैनिक औसतमा ४५ प्रतिशतले मृत्यु दर बढेको छ ।
न्यूयोर्क टाइम्सले दैनिक र दुई हप्ताको औसतमा उक्त तथ्यांक निकालेको हो ।
यसै गरी गत बिहिबारका दिन सम्म कूल ६ करोड ९३ लाख ५ हजार ५ सय ९८ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल १ लाख ५९ हजार ३ सय ४१ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा ३६ प्रतिसत वृद्धि भएको छ ।
यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६३.२ प्रतिशत पुगेको छ । अमेरिकामा १८ बर्ष भन्दा माथिकाले पूर्ण खोप ७३.७ प्रतिशतले लगाई सकेका छन् । यसैगरी १२ बर्ष माथिका उमेरकाले ७२.१ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६७.२ प्रतिशत पूर्ण खोप लगाई सकेका छन।
त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकाले पूर्ण खोप ८८.१ प्रतिशत लगाई सकेको सिडिसीले जनाएको छ ।
अमेरिकामा हाल सम्म कूल २० करोड ९८ लाख ४२ हजारलाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )लिनेको संख्या ८ करोड २४ लाख नाघेको छ ।
कूल जन संख्यामा अभिवर्धक खुराक लगाउनेको संख्या ३९.३ %, ६५ बर्ष भन्दा माथिकाले ६२.५ % ,१८ बर्ष भन्दा माथिकाले ४२.४ % र ५० बर्ष भन्दा माथिका ले ५३.९ % ले लगाएको सिडिसीले उल्लेख गरेको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया