शुक्रबार, जेठ १३ २०७९
काठमाडौं १९:०४
वासिङटन डिसी 09:19

बिरेनको ‘तिम्रो याद’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ माघ ७ गते ११:२० मा प्रकाशित

काठमाडौं – अमेरिकाको पेन्सलभेनिया निवासी गायक बिरेन रसाइलीको सुमधुर स्वरमा रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा संगीत गायक तथा संगीतकार सिडी विजय अधिकारीको संगीत  रहेको छ भने दिलिप घिमिरेको शब्द  रहेको छ।कवाली शैलीको यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा जीवन भट्टराई,अन्जना दुवाडी र अमिषा सुवेदी फिचर्ड छन्।उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।  प्रकाश धितालको निर्देशनमा बनेको भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया