फेवातालमा तैरीरहेको अबस्थामा भेटीए विदेशी नागरीक भिडियो सहीत

इनेप्लिज २०७८ माघ ७ गते ०:०३ मा प्रकाशित

फेवातालमा आज विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन् । ती पुरूष बेलायतको नागरिक रहेको साथमा भेटिएको झोलामा रहेको पासपोर्टबाट थाहा भएको कास्की प्रहरीले जनाएको छ।

डिएसपी सुन्दर तिवारीका अनुसार पासपोर्टमा नाम मार्क सुट र उमेर ४६ वर्ष उल्लेख छ । उनी २०१९ मै नेपाल आएको थाहा भएपनि अन्य जानकारी नखुलेको तिवारीले जनाए ।

पोखरा २२ अँधेरीखोला नजिकै पूर्वी फेवातालमा तैरिरहेको अवस्थामा मार्क भेटिएका थिए । दिउँसो साढे १२ बजेतिर डुंगा चालक रामचन्द्र परियारले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । शव सड्न लागेको अवस्थामा थियो ।

प्रहरी प्रवक्ता तिवारीका अनुसार शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शरीरमा बाहिरी चोटपटक नरहेको र पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने डिएसपी तिवारीले जनाए ।

प्रतिक्रिया