आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:०९
वासिङटन डिसी 00:24

बाइडेनद्वारा संघीय न्यायाधीशमा बंगलादेश मूलकी मुसलमान महिलालाई मनोनयन

इनेप्लिज २०७८ माघ ७ गते ०:३१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले संघीय न्यायाधीशमा बंगलादेश मूलकी मुसलमान महिलालाई मनोनयन गरेको घोषणा गरेका छन् । नुसरत जहाँ चौधरी पहिलो बंगलादेशी अमेरिकी संघीय न्यायाधिशकी उम्मेदवार हुन्।

बाइडेनले गत बुधवार संघीय न्यायपालिकामा चौधरीको नाम मनोनयन गरेको घोषणा गरेका हुन् । सिनेटले पुष्टि अर्थात् अनुमोदन गरेमा संघीय न्यायाधीशको रूपमा सेवा गर्ने पहिलो मुसलमान (मुस्लिम) अमेरिकी महिला हुने छिन्। उनी संघीय न्यायपालिकामा मनोनीत हुने पहिलो मुसलमान अमेरिकी महिला पनि हुन्।

चौधरी न्यूयोर्कको पूर्वी जिल्लाको लागि अमेरिकी जिल्ला अदालतको लागि मनोनीत भएकी थिइन् । र संघीय बेंच(न्यायपिठ)मा मनोनीत हुने पहिलो बंगलादेशी अमेरिकी पनि हुन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार उनी संघीय न्यायाधिशमा नियुक्त हुने दोस्रो मुसलमान अमेरिकी हुनेछिन्।

विज्ञप्तिमा भनिएको छ, “यी छनोटहरूले राष्ट्रको अदालतले विविधतालाई प्रतिबिम्बित गर्ने कुरा सुनिश्चित गर्न राष्ट्रपतिको वाचा पूरा गर्न जारी राख्छ जुन एक देशको रूपमा हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो।”

चौधरी हाल अमेरिकी सिभिल लिबर्टी युनियन(नागरिक स्वतन्त्र संघ )को इलिनोइस बिभागमा कानूनी निर्देशक छिन् । यस अघि राष्ट्रिय एसिएलयु जातीय न्याय कार्यक्रमको उपनिर्देशकको रूपमा सेवा गरि सकेकी छिन् ।

उनले कनेक्टिकटको येल ल स्कूल (कानुन बिद्यालय),कोलम्बिया विश्वविद्यालय न्युयोर्क र प्रिन्सटन विश्वविद्यालय न्यूजर्सीबाट अध्ययन गरेकी छिन भनि एबिसीन्युजले समाचार लेखेको छ ।

एलायन्स फर जस्टिस एड्भोकेसी समूहका अनुसार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका उम्मेदवारहरू ८५% स्वेत थिए र तीमध्ये ७६% पुरुष रहेका थिए।

ह्वाइट हाउसका अनुसार आजसम्म बाइडेनद्वारा अनुमोदन भएका ७८ % महिलाहरू मध्ये ५३ % पिपुल अफ कलर (स्वेत बाहेक अन्य छालाका रङ)का मानिसहरू भएको जनाएको छ ।

 

प्रतिक्रिया