अमेरिकामा बेरोजगारी दाखिला फेरी बढ्यो ,२ लाख ८६ हजारले गरे दाखिला
अमेरिकामा बेरोजगारी दाखिला फेरी उच्च भएको छ । गत बर्ष अक्टोबर देखि अहिले २ लाख ८६ हजारले बेरोजगारी दाबि गरि कागजात पेश गरेका छन् ।
नयाँ बेरोजगारी दाबी दायर गर्ने कामदारहरूको संख्या फेरि अप्रत्याशित रूपमा बढेको श्रम विभागले आफ्नो साप्ताहिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
केही महिनाहरूमा भन्दा उच्चतम स्तरमा वृद्धि भएको जनाएको छ ।
विभागले देशव्यापी रूपमा २,८६००० नयाँ फाइलिङ(दाबी दायर )हरू गरिएको बताएको छ । अक्टोबर यता सबैभन्दा धेरै र फेरि २,५६००० को पूर्व महामारी लाई भन्दा उछिनेको जनाएको छ ।
अधिकांश विश्लेषकहरूले प्रतिवेदनले लगभग २,२५००० नयाँ दाबीहरू देखाउने अपेक्षा गरेका थिए भनि युपीआईले समाचार लेखेको छ ।
गत नोभेम्बर र डिसेम्बरमा ऐतिहासिक स्तरमा तल झरेको बेरोजगारी दाबीहरू घटेको महिनौं पछि यो वृद्धि भएको हो। दुई पटकमा दाबी दाखिला (फाइलिङ)को संख्या २००,००० भन्दा तल झरेको थियो जुन १९६९ पछिको सबैभन्दा कम संख्या थियो।
बिहीबार प्रतिबेदन (रिपोर्ट )गरिएको नयाँ दावीहरूको संख्या लगभग ५५,००० दाखिला ((फाइलिङ)अघिल्लो हप्ताको तुलनामा बढेको छ, विभागले भन्यो। चार-हप्ताको उपलब्ध तथ्याङ्कहरू अनुसार औसतमा २,३१,००० हो जुन अझै पनि महामारीको स्तरभन्दा धेरै तल छ।
बिहीबारको प्रतिवेदनले बेरोजगारी दर गत हप्ताको लागि हाल बेरोजगारी बीमा सङ्कलन गर्ने कामदारहरूको हिस्सा १.२% रहेको बताएको छ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया