अमेरिकामा कोरोना संक्रमण र मृत्यु दर आकासियो:पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट १,९७१ जनाको मृत्यु,७ लाख ५३ हजार संक्रमित,
मृत्यु ज्यादा हुने राज्यहरुमा क्यालिफोर्निया,टेक्सस,फ्लोरिडा ,न्युयोर्क र इलिनोइस रहेका छन्
अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७ लाख ५३ हजार ९ सय ९० पुगेको छ । यसै गरि कोरोना भाइरसबाट १ हजार ९ सय ७१ जनाको मृत्यु भएको छ । मृत्यु ज्यादा हुने राज्यहरुमा क्यालिफोर्निया,टेक्सस,फ्लोरिडा ,न्युयोर्क र इलिनोइस रहेका छन ।
गत जनवरी १९ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण दुई हप्ताको अवधिमा औसतमा २९ प्रतिशतले वृद्धि भएको छ ।
न्यूयोर्क टाइम्सले जनवरी २० ,२०२२ बिहिबारको दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ८ लाख ५७ हजार ६ सय ४४ जनाको निधन भएको छ भने दैनिक औसतमा ४८ प्रतिशतले मृत्यु दर बढेको छ ।
न्यूयोर्क टाइम्सले दैनिक र दुई हप्ताको औसतमा उक्त तथ्यांक निकालेको हो ।
यसै गरी गत बुधबारका दिन सम्म कूल ६ करोड ८५ लाख ५७ हजार १ सय १४ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल १ लाख ५८ हजार ६ सय ३८ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा ४२ प्रतिसत वृद्धि भएको छ ।
यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६३.१ प्रतिशत पुगेको छ । अमेरिकामा १८ बर्ष भन्दा माथिकाले पूर्ण खोप ७३.६ प्रतिशतले लगाई सकेका छन् । यसैगरी १२ बर्ष माथिका उमेरकाले ७२ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६७। १ प्रतिशत पूर्ण खोप लगाई सकेका छन।
त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकाले पूर्ण खोप ८८ प्रतिशत लगाई सकेको सिडिसीले जनाएको छ ।
अमेरिकामा हाल सम्म कूल २० करोड ९५ लाख ९ हजारलाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )लिनेको संख्या ८ करोड १० लाख नाघेको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया