प्रेमको भाइरस अडियो सार्वजनिक

इनेप्लिज २०७८ माघ ५ गते २०:३८ मा प्रकाशित

साहित्यकार सुरेन्द्र महर्जन अमरको प्रेमको भाइरस उपन्यासको अडियो सार्वजनिक भएको छ।कोरोना भाइरसको महामारीको समयमा लेखिएको एउटा मिठो कथा, रोगबाट बाँच्ने तरिका, रोगले मार्न नसकेको माया,रोगले मान्छेलाई शिक्षित बनाएको कथा सबै सबै एउटा उपन्यासमा समेटेर मिठो बनाइएको छ।मिठो उद्घोषण शितल तामाङको रहेको छ भने उक्त अडियोमा सन्तोष श्रेष्ठको संगीत पनि रहेको छ ।

चार भागमा रहेको उपन्यास एक, दुई, तीन र अन्तिम भाग चार रहेको छ । सुन्दा आनन्द लाग्ने कोरोना महामारीको भ्याक्सिन जस्तो यो अडियोले काम दिनेछ । एकै भाग लामो हुन्छ भनेर चार भाग गरेकोले सुन्ने स्रोतालाई झनै सजिलो भएको छ ।

प्रतिक्रिया