आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:४४
वासिङटन डिसी 00:59

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ७ लाख ५६ हजार संक्रमित, १,८८९ जनाको मृत्यु

अस्पताल भर्ना हुने दरमा ४७ % वृद्धि % दैनिक औसतमा ४३ % मृत्यु दर वृद्धि

इनेप्लिज २०७८ माघ ५ गते ११:४४ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७ लाख ५६ हजार ७ सय ५२ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट १ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ ।

गत जनवरी १८ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण दुई हप्ताको अवधिमा औसतमा ३८ प्रतिशतले वृद्धि भएको छ ।

न्यूयोर्क टाइम्सले जनवरी १९ ,२०२२ बुधबारको दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ८ लाख ५३ हजार ७ सय ४० जनाको निधन भएको छ भने दैनिक औसतमा ४३ प्रतिशतले मृत्यु दर बढेको छ ।

न्यूयोर्क टाइम्सले दैनिक र दुई हप्ताको औसतमा उक्त तथ्यांक निकालेको हो ।

यसै गरी गत मंगलबारका दिन सम्म कूल ६ करोड ७७ लाख ५ हजार ३ सय ३० जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल १ लाख ५६ हजार ८ सय ९४ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा ४७ प्रतिसत वृद्धि भएको छ ।

यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६३ प्रतिशत पुगेको छ । अमेरिकामा १८ बर्ष भन्दा माथिकाले पूर्ण खोप ७३.६ प्रतिशतले लगाई सकेका छन् । यसैगरी १२ बर्ष माथिका उमेरकाले ७१.९ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६७ प्रतिशत पूर्ण खोप लगाई सकेका छन

त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकाले पूर्ण खोप ८८ प्रतिशत लगाई सकेको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म कूल २० करोड ९३ लाख १२ हजारलाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )लिनेको संख्या ८ करोड लाख नाघेको छ ।

प्रतिक्रिया