जनवरी ६ बिशेष समितिले ट्रम्पका पूर्व वकिल महा बिबादस्पद र षडयन्त्रकारी वकिल जुलियानी सहित ३ जनालाई हाजिर हुन् पत्र काट्यो
जनवरी ६ बिशेष समितिले पूर्व डोनाल्ड ट्रम्पका महा बिबादस्पद पूर्व वकिल रुडी जुलियानी सहित ३ जनालाई हाजिर हुन् पत्र काटेको छ ।
जनवरी ६ को दंगाको छानबिन गर्ने निर्माण भएको बिशेष समितिले व्यापक मतदाता जालसाजीको आधारहीन आरोपको आधारमा २०२० को चुनावलाई उल्टाउन खोज्ने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको असफल प्रयासमा मुख्य व्यक्तित्व रुडी जुलीयानीलाई मंगलबार समन जारी गरेको छ ।
षडयन्त्रकारी र वकिल पेशाको धर्म छोडेका जुलियानी बाहेक, समितिले ट्रम्पको तर्फबाट विभिन्न चुनावी जालसाजी षड्यन्त्रहरूलाई उत्तेजना तथा प्रोत्साहन गर्ने अन्य दुई वकिलहरूलाई पनि बोलाएका छन् । जसमा जेन्ना एलिस र सिडनी पावेल समेत परेकी छिन भनि सिएनएनमा समाचार प्रकाशित गरिएको छ ।
चुनाव पछि विलार्ड पाहुना घर (होटल )जुलियानीसँग काम गर्नेहरू मध्येका पूर्व ट्रम्प अभियान सल्लाहकार बोरिस एप्सटेनलाई पनि मंगलबार पेश गरिएको थियो।
“हामीले आज पेश गरेका चारजना व्यक्तिहरूले चुनावी धाँधलीको बारेमा निराधार सिद्धान्तहरू, चुनावी नतिजाहरू उल्टाउने प्रयासहरू वा पूर्व राष्ट्रपतिसँग प्रत्यक्ष सम्पर्कमा रहेका चुनावी मतगणना रोक्ने प्रयासमा थिए,” समितिको अध्यक्षता गर्ने मिसिसिपीका सांसद बेनी थम्पसनले मंगलबार एक विज्ञप्तिमा भने।
जुलियानीले पराजित भएका ट्रम्पलाई सत्य कुरा नभनेर हरेक दिन २० हजार डलर पारिश्रमिक लिएर चुनाव उल्टाउछु भनि झुटो आश्वासन ट्रम्पलाई भनेका थिए । बाइडेनलाई राष्ट्रपति हुन नदिन विभिन्न राज्यमा मुद्धा र दौडाहामा गएका थिए । उनले सबै उपाय लगाए र सर्वोच्चमा ६ जना रिपब्लिकनका न्यायाधिश हुँदा हुदै पनि बाइडेनको जीतको पक्षमा समर्थन गरे पछि जुलियानीको अझै मुख कालो भएको थियो ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया